गमलामै सुके, विराटनगर शहरका सुन्दर रहर

<span class='c1'>गमलामै सुके, विराटनगर</span> <span class='c2'>शहरका सुन्दर रहर</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका सौन्दर्यकरणका लागि सडकका दुई किनारामा फूल रोपिएको छ । पोल गाडेर वा पोलको सहारामा गमलाको राख्ने ठाउँ बनाएर फूल रोप्ने रहरले शहरको सौन्दर्यता झल्काउने लक्ष्य राखिएको थियो । विराटनगरको तीनपैनी चोकदेखि ट्राफिक चोकसम्मको मेन रोडमा फुटपाथ क्षेत्रलाई समेत असजिलो नहुने गरि गमलामा रोपिएका फूल भने अहिले सुकेर लत्रक्क झुण्डिएका छन् ।स्याहार अभावमा गमलाको फूल मात्रै सुकेका छैनन्, महानगरपालिकाको बजेट सुकेको छ, त्यति मात्रै नभई शहरलाई सुन्दर बनाउने सरकारको रहर समेत सुकेको छ ।

विराटनगर महानगरपालिकाले १६८ वटा पोलमा ३३६ फूल रोपिएका गमला राखेको थियो । जसमध्ये केहि गमला नै हराएका छन्, केहि फुटेका छन्, केहिको फूल जेनतेन जाँगेका छन् त केहि सुकेर लत्रेका हुन् । फूलसहितको गमला राख्न महानगरपालिकाले ६३ हजार ७०० बजेट खर्च भएको देखाएको छ । गमलामा हप्ताको एक दिन पानि हाल्ने गरिएको शहरी स्वास्थ्य तथा सरसफाई व्यवस्थापन महाशाखा प्रमुख पुनम दाहालको भनाई छ । उनका अनुसार राखेको मध्य केहि गमला घामले फुटेको बताएका छन् । गमला हराएको भन्ने कुरा चाँहि सत्य नभएको उनी दावी गर्दछन् ।

दैनिक रुपमा नियमन भइरहेको छ गमलामा भएको फोहोरको सरसफइ पनि गरिरहेको महाशाखा प्रमुख दाहालको भनाई भने गमलामा सकेर लत्रेका फूलको बोटले पुष्टि हुने आधार दिदैंन । यस्तै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रदेश सांसद केदार कार्कीबाट बिनियोजन बजेटबाट डिएसपी रोडदेखि सातघुम्ती मोडसम्म राखेका फलामे पोलसहितका गमलाको अवस्था पनि उस्तै छ । शहर सुन्दर बनाउने भन्दै राखिएका गमलाले थप सौन्दर्य बिगार्दै गएको नगरवासीले प्रतिक्रिया दिएका छन् । बजेट सक्ने मात्रै ध्यान्नले गरिएका कामको रेखदेख नहुँदा फूल जाग्न नसकेका हुन् ।

केहि पोलमा स्टेन्ड मात्रै छ, गमला छैन । विराटनगरलाई सुन्दर बनाउने भन्दै महानगरका तत्कालिन मेयर भीम पराजुली, उप–प्रमुख इन्दिरा कार्की र तत्कालीन प्रशासकीय अधिकृत एकदेव अधिकारीले मेनरोडका बिजुलीका पोलमा गमलासहित फूल राख्ने अभियानको उद्घघााटन गरेकका थिए । महानगरले विराटनगरको सोन्दर्य बढाउन बि.सं.२०७७ सालमा गमला राख्ने अभियान सञ्चालन गरेको थियो । धेरै गमला त अहिले पोलमा देखिँदैनन् । भएका गमलामा समेत अहिले सुकेको झार र फोहोरमात्रै देख्न सकिन्छ । जुन दिन गमला राखियो त्यस दिनदेखि संरक्षणमा ध्यान नदिँदा गमलामा सुकेको झारले फोहोर पारिरहेको स्थानीय बताउँछन् । तर, शहरी स्वास्थ्य तथा सरसफाई व्यवस्थापन महाशाखा प्रमुख दाहाल फूलको हेरचाहमा कमी नभएको जिकीर गर्न भने छोड्दैनन् ।

विराटनगरमा पछिल्लो समय मेनरोडका आसपास सडकमा सिमेन्टबाट बनेका गमलामा साना बुट्यान प्रजातीका बिरुवा रोपिएको छ । गत वर्षात्मा रोपिएका धुपी प्रजातीका बिरुवा आगामी गर्मिको मौसममा पानीको पर्याप्तता नभए सुक्ने निश्चित छ । किनकी विराटनगरको उच्च तापक्रममा सिमेन्टका गमला ताप्दा पानी नपाएका बिरुवा जाग्लान् भन्ने शंका त्यसै काट्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्