राष्ट्रियसभा निर्वाचन जित्ने म्याराथन दौडमा`कृष्ण प्रसाद सिटौला’

राष्ट्रियसभा निर्वाचन जित्ने म्याराथन दौडमा`कृष्ण प्रसाद सिटौला’

सुजता लिम्बू
विराटनगर । राजीनितक दौडमा हार र जितको लडाइको मैदानबाट अझै ‘ब्याक’ हुन नसकेका नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सांसद बन्ने दौडमा पुनः मैदानमा उत्रिएका छन् ।

उनले आज अर्थात सोमबार विराटनगरस्थित कोशी प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार मनोनयन दर्ता गराएका छन् । यसअघि प्रतिनिधिसभा निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग दुईपटक पराजित भएका उनी राष्ट्रियसभा सदस्य हुँदै अध्यक्ष बन्ने म्याराथन दौडमा छन् । त्यसो त अन्य नेताहरुको भनाई अनुसार शिर्ष नेताहरुमा उनको प्रभाव राम्रै भएका कारण पनि अध्यक्ष बन्ने निश्चित नै जस्तो देखिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ । त्यही रिक्त हुने पदमा सिटौला पुग्ने चान्स धेरै भएको चर्चा समेत चुलिएको छ । त्यसो त शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको कारण पनि नेकपा माओवादी केन्द्रले सिटौलालाई सहयोग गर्ने र पार्टी भित्र पनि उनको दर्बिलो उपस्थिति हुने हुँदा उनलाई राष्ट्रिय सभा निर्वाचनको यात्रामा त्यति असहज नहुने नेताहरु नै बताउछन् ।

२०६२/०६३ को जनआन्दोलनपछि सिटौला सधैँजसो सहमति, सहकार्य र एकताको नारालाई कार्यान्वयन गर्ने राजनीतिक नेतृत्वको सहायक भूमिकामा रहेका उनले प्रारम्भमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई सहयोग गरे थिए । दोस्रो पटक सुशील कोइरालालाई र अहिले शेरबहादुर देउवालाई सहयोग गरिरहेका छन् । गृहमन्त्री समेत बनिसकेका सिटौलाले २०६२/०६३ को जनआन्दोलनपछि २०७० सालको संविधानसभा निर्वाचनमा मात्रै विजयी बनेका थिए । ०६५ सालमा माओवादीका पूर्ण सिंह राजवंशीबाट पराजित बनेका सिटौलाले ०७० मा भने उनै राजवंशीलाई पराजित गरेका थिए । त्यस यता, २०७५ मा राप्रपका राजेन्द्र लिङ्देनसँग उनी पराजित भएका थिए । भने २०७९ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको सहयोगमा सिटौलालाई साविककै निर्वाचन क्षेत्र झापा–३ बाट पराजित गरे ।
हार र जितको स्वाद चाख्दै राजनीतिक यात्रालाई अगाडी बढाइरहेका सिटौलालाई अहिले कांग्रेस सभापति देउवाले राष्ट्रिय सभाको उम्मेदवार बनाएका छन् ।

नेपालको राजनीतिक विकास क्रममा संसदबाट नयाँ ढङ्गले अगाडी जानु आवश्यक रहेको र सबै दलहरुको बिचमा नयाँ समझदारी निर्माण गरेर मुलुकसामु उपस्थित चुनौतीको सामना गर्न नीतिगत तबरबाट संयुक्त भएर जानु आवश्यक देखेको उनले बताए ।
जनताको हितमा काम गर्न र साझा दृष्टिकोण लिएर संसद अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।
उमेरको खुड्किलाले ७७ औँ वर्षमा प्रवेश गरेको सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने सम्भावना धेरै रहेको गठबन्धन दलका नेताहरु बताउछन् । त्यसका लागि उनले आगामी माघ ११ गते हुने निर्वाचनमा विजयी हासिल गर्नुपर्ने हुन्छ ।

विजयी हुने सम्भावना कति ?

कोशी प्रदेशको मतभारको आंकलन अनुसार सिटौलाका लागि जित हासिल गर्नु खासै चुनौती देखिदैन । गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपासँग कोशीमा सहज बहुमत छ । गठबन्धन दलसँग ४ हजार ५३६ मतभार रहँदा एमालेको मतभार ५ हजार २५८ मात्रै छ । यसकारण पनि सिटौलाको संसदीय यात्राले सफल गन्तव्य भेट्न सहज देखिन्छ ।

यदि राजनीतिमा कुनै खालको उत्तरचढाव नआए राष्ट्रियसभा अध्यक्षको पदमा सिटौलाको स्थान लगभग पक्का जस्तै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्