महाशिवरात्रिमा विराटनगरका शिवालयमा भक्तजनको घुँइचो (फोटो फिचर)

<span class='c1'>महाशिवरात्रिमा विराटनगरका शिवालयमा भक्तजनको</span> <span class='c2'>घुँइचो (फोटो फिचर)</span>

इन्दु साह\इशु पन्त
विराटनगर । महाशिवरात्रिको अवसरमा विराटनगरभित्र रहेका शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको घुइँचो बिहानैबाट लागेको छ। शुक्रबार महाशिवरात्रिको अवसरमा महानगरभित्र मुख्यतः विराटनगर ७ को देवकोटास्थित बनसखण्डी शिव मन्दिरमा पूजा आराधनाका लागि भक्तजनहरूको भीडभाड रहेको छ। बनसखण्डी मन्दिरमा शिवपूजा विशेष रुपमा गरिदैं आएको छ । बनसखण्डी मन्दिर र दर्शकलाई सुरक्षा प्रदान गर्न महानगर प्रहरी, जनपद प्रहरी खटिएका छन्।

बनसखण्डी मन्दिरसँगै बरगाछी चौकमा रहेको श्रीश्री १००८ बाबा बासुकीनाथ महादेव मन्दिर, विराटनगर ६ स्थित श्री बाबा गरिबनाथ शिव मन्दिर, श्री विराटेश्वर मन्दिर, विराटनगर १३ स्थित श्री सिद्धेश्वर महादेव मन्दिरमा श्रद्धालु भक्तजनको घुँइचो रहेको छ।

श्रीबाबा बासुकीनाथ मन्दिरमा महाशिवरात्रिको दिन भगवान शिवजीको शुभविवाह गर्ने चलन चलाइएको छ । यस मन्दिरमा महाशिवरात्रिको दिन उल्लेख्य संख्यामा भक्तजनको उपस्थिति हुन्छ । भक्तजनको उल्लेख्य संख्यामा उपस्थिति हुने हुँदा सुरक्षाकर्मी समेत परीचालन गरिएको छ ।

विराटनगर–३ बरगाछीस्थित बासुकीनाथ मन्दिरदेखि पैदल यात्रा गर्दै विराटेश्र मन्दिरसम्म शिवजीको जन्ति लग्ने चलन रहेको छ ।

बाबा बासुकीनाथको प्राचीन मन्दिर भारतको झारखण्डमा रहेको छ। बिराटनगरका बासिन्दा समेत हजारौँ संख्यामा भारतको झारखण्ड जाने गरेका थिए । त्यसैले उक्त मन्दिरको नाममा १५ वर्ष अगाडि यो मन्दिर निर्माण गरिएको हो ।

पहिले बासुकी नाथको दर्शनको लागि भारत जाने चलन क्रमशः कम हुँदै गएको छ ।
आध्यात्मिक महत्व
महाको अर्थ ‘महान्’ र रातिको अर्थ ‘अज्ञानताको रात’ हो । जब अज्ञान र अन्धकारको रात हुन्छ, तब शिव आउने विश्वास गरिन्छ । शिव र शक्ति दुई मूल शक्ति छन् । शिव भनेको आदि शक्ति हो । प्रकृतिलाई चढाउने शक्ति हो ।
शिवमा दुई अक्षर छन्, शिव । ‘शि’ भनेको चेतना र ‘व’ भनेको जान्नु हो । त्यो महाचेतनालाई जान्न प्रयत्न गरिने सबैभन्दा अनुकूल र शानदार दिन शिवरात्रि हो । शिवको मूल अर्थ कल्याणकारी हो । जसले कल्याण गर्छ । जसले हाम्रो उद्धार र उपकार गर्छ, जसले हामीभित्रको कमीकमजोरी र तुच्छतालाई हटाउँछ । त्यो शिव हो । यही उनको लीला स्मरण शिवरात्रिको दिन गरिन्छ ।
किन मनाइन्छ शिवरात्रि ?
शिवसँग रात शब्द जोडिएको छ । किनभने उनले अज्ञानको कालो रातमा संसारमा आउने विश्वास गरिन्छ । जब मानवसहित सारा संसार अज्ञानताको रात अर्थात् मायाको नियन्त्रणमा आउँछ, जब पाँच विकृतिको प्रभावले सबै आत्मा अपवित्र हुन्छन्, जब हामीले पवित्रता र शान्तिको साँचो धर्मलाई बिर्सिन्छौं । तब आध्यात्मिक वास्तविक पहिचान हराउँछ । यस्तो समयमा मात्र भगवानले हामीलाई जगाउन, सम्पूर्ण मानवताको उत्थान गर्न र सम्पूर्ण विश्वमा शान्ति, पवित्रता र प्रेमको सत्य धर्मको पुनः स्थापना गर्न सामान्य शरीरमा प्रवेश गर्ने पूर्वीय दर्शनले भन्छ ।

हाम्रो जीवनमा पनि दुई शक्तिले काम गरेको हुन्छ । एउटा प्राण शक्ति र अर्को जीवन शक्ति । प्राण शक्तिलाई बिस्तारै उठाएर महाप्राणमा माथिल्लो चेतनासँग जोड्न शिवरात्रि अत्यन्त महत्वपूर्ण छ ।

भनिन्छ, शिवरात्रिको रातमा हाम्रो आत्मा र प्रकृतिको दूरी घटेको हुन्छ । प्रकृतिको ऊर्जासँग जीवनको ऊर्जा मिसिएको हुन्छ । त्यसकारण अरुबेला प्रकृतिबाट टाढा जाने ऊर्जाको लय, गति वा तरंग यतिखेर नजिक आइरहेको हुन्छ । त्यसकारण शिवरात्रिमा उत्सव मनाउँदा ऊर्जावानको अनुभूति हुन्छ ।

हामीसँग अनेकौं प्राणशक्तिको रुप छ । शरीरमा पनि धेरै किसिमका अग्नि छन् । कागनि, देहाग्नि, प्राणग्नि ।

यी अग्निलाई हामी त्यो रात आगो तापेर भित्रको अग्निलाई जगाउँछौं । जसकारण यो पर्व निकै महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्