विराटनगरमा सडकमा फोहोर फ्याँक्नेलाई बढार्न लगाउँदै महानगर

विराटनगरमा सडकमा फोहोर फ्याँक्नेलाई बढार्न लगाउँदै महानगर

इन्दु साह
विराटनगर । घर, कोठा, पसलमा उत्पादन भएको फोहोर सडकमा जथाभावी छरेर फ्याँक्ने व्यापारीलाई विराटनगर महानगरपालिकाले बढारेर उठाउन लगाएको छ । बजार क्षेत्रमा व्यापार गर्ने व्यापारीहरुले पसलमा उत्पादन हुने फोहोरजन्य वस्तु सडकमा फ्याँक्ने क्रम नरोकिएपछि महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाले अनुगमन सुरु गरेको हो ।

व्यापारी तथा व्यवसायिक कारोबारका क्रममा उत्पादन हुने फोहोर व्यवस्थापनको प्रारम्भिक कार्यको जिम्मेवारी व्यापारी नै हुने गर्दछन् । मानौं कुनै पसलमा आएर कसैले लेज खरिद गरेर उभिएर खायो, खाईसकेपछि त्यसको प्लाष्टिक सडकमा फ्याँक्नु अगाडी पसलले फोहोर राख्ने डस्टबिन देखाउनु पर्ने हुन्छ । त्यो फोहोर महानगरपालिकाले उठाएर बिसर्जनस्थलमा पु¥याउँछ । घरमा उत्पादन भएको फोहोर बिसर्जनस्थलसम्म पु¥याउने काम मात्रै महानगरपालिकाले गर्छ । व्यक्तिका घरमा वा पसलमा उत्पादन भएको फोहोर उठाउने काम भने स्वयम्को हुन्छ । जस्तै घरको भान्सामा तरकारी केलाएर फोहोर डस्टपिनमा राखिन्छ । त्यस्तै पसलमा समेत उत्पादन हुने फोहोरलाई सुरक्षित गरेर राख्नुपर्ने मान्यता रहेको शाखाका प्रमुख पुनम दाहाल बताउँछन् ।

जति भन्दा पनि फोहोर जथाभावी फ्याँक्ने शैली नहटेपछि महानगरपालिकाले अनुगमन गरेर फोहोर देखिए तत्काल बढार्न लगाउने र उठाउन लगाउन थालेको हो । शाखा प्रमुख दाहालका अनुसार पसलमा उत्पादन भएको फोहोर कुनै निश्चित बन्द भाँडामा राखिए, सडक सफा हुनेछ । सडकमा त्यहि फोहोर छरिएर सार्वजानिकस्थान फोहोरमैला हुने बुझाई छ । महानगरपालिकाले बिहीबार विराटनगरका धेरै व्यापारीलाई आफ्नो पसल अगाडीको फोहोर उठाउन लगाएको दावी छ ।

फोहोर उत्पादन कर्ताले बोरा, कार्टुन या डस्टविनमा राख्नु पर्ने अनिवार्य शर्त रहेको सरसफाई ब्यवस्थापन शाखा सुपरभाईजर किरण न्यौपानेले बताउँछने । सार्वजानिक स्थानमा राखेका डस्टविन चोरी भएको , कतिपय फुटाएर बिगारेको, प्याड, डाइपर जस्ता हानिकारक फोहोर हाल्ने गरेकोले दुर्गन्ध भएर हटाइएको न्यौपानेको भनाई छ । महानगरपाकिलाले अब अनिवार्य फोहोर सदस्यता कार्ड बनाउनुपर्ने शर्तसहितका सुचना जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्