महत्वकांक्षी भित्र रुमलिएको ‘डिग्री माइला’को शैक्षिक प्रमाणपत्र

<span class='c1'>महत्वकांक्षी भित्र रुमलिएको ‘डिग्री</span> <span class='c2'>माइला’को शैक्षिक प्रमाणपत्र</span>

सुजता लिम्बू
विराटनगर । ‘बाउले नपढेर दु:ख पाए,
मैले पढेर दु:ख पाए ।’

चलचित्र डिग्री माईला हेरिसकेपछि कवि एवम् निर्देशक उपेद्र सुब्बाले लेखेको कविता झट्ट सम्झनामा आयो ।
चलचित्रका पात्र डिल्लिाराम भुजे अर्थात ‘डिग्री माईला’ (दयाहाङ) को जीवन र यो कविताका हरफ मिल्दोजुल्दो छ ।
बाले गाउँमा चोया काडेर कमाएको पैसा जोहो गर्दै सहरमा पढ्न पठाएको छोरा हातमा डिग्रीको प्रमाणपत्र बोकेर ठूलोठूलो गफ गर्दै भौतारिएको एक शैक्षिक बेरोजारीको मुख्य कथा हो ।

गाउँमा बाले दु:खै गरेर भएपनि डिग्री गरेका डिल्लिरामको घमण्ड शैक्षिक प्रमाणपत्रको मात्रै छैन । ठूलाठूला कुरा र महत्वकांक्षा पनि छ ।
रामबाबु गुरुङद्धारा निर्देशित चलचित्र ‘डिग्री माइला’मा शैक्षिक संस्थामा हुने रानजीतिलाई औँल्याउन खोजिएको छ ।
त्यति मात्रै होइन, स्वार्थको धरातलमा उभिएर खोलिएका शैक्षिक संस्था व्यक्ति केन्द्रिकृत हुँदा शैक्षिक बेरोजगार उत्पादन गर्ने एउटा थलो भएको विषयलाई निर्देशक गुरुङले चलचित्र मार्फत देखाउन खोजेका छन् ।
ओखलढुंगाको रुम्जाटारको भूगोललाई चलचित्रमा समेटिएको छ ।
त्यही ठाँउको एउटा शैक्षिक संस्थालाई आधार टेकेर बनेको चलचित्रमा अँग्रेजी भाषाको शिक्षक अभावका कारण महिना दिनदेखि पढाई चलेको हुँदैन ।
काठमाडौंदेखि निरिक्षकको भूमिका निर्वाह गरेर आएकी (ऋचा शर्मा) ले एक सातामा अँग्रेजी शिक्षक नियुक्ति गर्न अल्टिमेट दिएर हिँड्छिन् ।
त्यही समय अँग्रेजीमा मास्टर्स सकेर दम्भका साथ गाउँ फर्किएका डिल्लिरामलाई क्याम्पसका अध्यक्ष, वडाध्यक्ष लगायतले शिक्षक नियुक्तिका लागि कुरा अगाडी बढाएका हुन्छन् ।
त्यसका लागि लस्कर लागेर क्याम्पस संचालक समितिका पदाधिकारीहरु डिल्लिरामको घरसम्म नै जागिरको अफर दिँदै पुगेका हुन्छन् ।
तर, ठूलाठूला गफ र महात्वकांक्षाका कुराले घरैमा आएको जागिर लत्याउछन् ।
गगन चुम्ने महत्वाकांक्षी पोको बोकेर `बा´ले दिएको बस भाडा लिएर काठमाडौं फर्किएका डिग्री होल्डर डिल्लिराम त्यहाँ पनि आफूले चाहको जस्तो जीवन पाउन सक्दैनन् ।
काठमाण्डौमा दुई वर्षसम्म पनि चाहेको जस्तो नभएपछि तुहेका सपना र आंकाक्षा बोकेर जन्मथलो फर्किएका डिल्लिरामको स्थानमा अँग्रेजी शिक्षक आइसकेको हुन्छ ।
कमेडी धार हुँदै बगेको चलचित्रमा धेरै हसाउदै गर्दा कुनै–कुनै दृश्यले मन भक्कानिन्छ ।
माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनयमा खासै खोट लगाउने ठाँउ छैन । चलचित्रले प्रेममा नयाँ स्वाद भने देखाएको छ । डिल्लिरामका हरेक स्वभावलाई सामान्य लिएर बेहिसाब प्रेम गरेको दृश्य छ ।
अर्को पाटो के नि छ भने प्रेमी (आँचल शर्मा) आफ्नो सपनालाई बेहिसाब प्रेम गर्छन् यता, पे्रमिका आफ्नो बुवाको प्रतिष्ठालाई तर पनि आफ्नै लयमा उनीहरु बीचको प्रेम बगिरहेको नै छ ।
अन्य चलचित्र भन्दा फरक रुपमा देखिएका दयाहाङ बाले एउटै लुगामा दैनिकी चलाउदै गर्दा ढिँडो खाएरै भएपनि डिल्लिराम टाईसुटमा सझिएर हिँड्छन् ।
त्यसो त चलचित्रले एउटा व्यक्तिको मात्रै होइन, सिंगो समाजलाई चित्रण गरेको छ ।
शिक्षा क्षेत्रको एउटा मुद्दा सरल भाषामा चलचित्र मार्फत उठान गरेको छ । शिक्षा क्षेत्रमा सुधार हुनुपर्ने र स्थानीय शिक्षकलाई नियुक्ति गर्नुपर्ने विद्यार्थीको मागलाई सामान्य लिएको दृश्यले दर्शकको दिमाग ताउँछ ।
आफ्नो स्वार्थमा उठेको आन्दोलनको जग स्वार्थ पुरा भएपछि बीचैमा भत्काउने कोशिस गरिएको ‘रिल’ का दृश्यले ‘रियल’मा स्वार्थका अगाडी तुहेका अनेक आन्दोलन लाई झस्काइदिन्छ ।
अलकित खड्किएको विषय, शिक्षक नियुक्तिको विषयमा उठेको किचलो जायज हो या होइन भन्ने विषयलाई चलचित्रले खुलेर प्रस्तुत गर्नु नसक्दा खासै कथाले न्याय पाएको छैन ।
शैक्षिक संस्थाको प्राङगणमा विद्यार्थीले आत्मदह गरेपछि घटनाले कस्तो रुप लिन्छ ? भन्ने प्रश्नको उत्तर नै नपाई चलचित्र अन्त्य हुँदा पक्कै डिग्री माइला २ आउने अनुमान दर्शकहरुले लगाएका छन् ।
यद्यपि चलचित्र नराम्रो छैन । कमेडी थुप्रै छन् । विषयमा गम्भिरता उत्तिनै छ । गुण्डा र नायकबीचको द्वन्द्व छैन । तर, विकृति विरुद्धको द्वन्द्व, विचारको द्वन्द्व भने समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्