प्रसिद्ध तीर्थस्थल पाथीभरामा भक्तजनको घुँइचो, शनिबार मात्रै छ हजार बढीले गरे दर्शन

प्रसिद्ध तीर्थस्थल पाथीभरामा भक्तजनको घुँइचो, शनिबार मात्रै छ हजार बढीले गरे दर्शन

इशु पन्त
विराटनगर । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ) मा चैते दशैंको छेक पारेर पूजापाठका लागि पुग्ने भक्तजनको घुँइचो लागेको छ । गत शनिबार एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका थिए ।

चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढ्दो क्रममा रहेको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ । त्यसमा पनि नवरात्री (नौराथा) को अवसरमा भक्तजन अधिक जाने प्रचलत रहेको छ ।

स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन् । भक्तजनको चाप बढेपछि सहज रूपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाउँदै आइएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको तथ्याङ्क समितिले सार्वजनिक गरेको छ । भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा पुगेका थिए । यस्तै मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छ हजार एक सय एक, फागुनमा १७ हजार नौ सय १२ भक्तजन पाथीभरा पुगेका छन् ।

पाथीभरा मन्दिरमा पाथीभराको दर्शन गर्न चैत महिनामा मात्र ५२ हजार चार सय ५५ जना भक्तजन पुगेका थिए । चैत शुक्ल पञ्चमी अर्थात् नयाँ वर्षलाई लक्ष्य गरेर भक्तजनहरू दर्शन गर्न मन्दिर पुगेका हुन् । पाथीभरा जान ताप्लेजुङ सदरमुकाम फुङलिङ्ग हुँदै काफ्लेपाटीसम्म सवारी साधन पुग्छ । जहाँ काफ्लेपाटीबाट ठूलो फेदी पुग्न १.२ किलोमिटर र ठूलो फेदीदेखि मन्दिर पुग्न ३ किलो मिटर छ । पाथीभरा क्षेत्र समितिले भक्तजनको सरलताको लागि व्यवस्थापक कर्मचारीदेखि स्वास्थ्यकर्मीसम्म नियुक्त गरेको छ। भक्तजनलाई आवतजावत गर्दा स्वास्थयमा भबितव्य आऊने समस्याको मध्यनजर गरेर मन्दिरको आधा बाटोमा अर्थात् मुख्य ठूलो फेदी अवस्थित प्राथमिक स्वास्थ्य सेवा केन्द्र राखिएको छ।

स्वास्थ्यकर्मी उमानाथ पौडेलका अनुसार प्रायः बालबालिकाहरुमा कोल्ड डाइरिया र वृद्धवृद्धाहरुमा हाइ प्रेसर, लो प्रेसर र सुगरले गर्दा हाई अल्टिट्यूड सिकनेस अर्थात् लेक लाग्ने समस्या आउने गरेको छ । सामान्य मान्छेलाई उचाइमा जाँदा अक्सिजन कमी हुनाले र चिसो भएका कारण लेक लाग्ने सम्भावना बढी हुन्छ। त्यस समयमा मानिसलाई असहज हुँदा भरियाले बोकेर सेवा केन्द्र ल्याउने र जटिल अवस्था हुँदा आफैँ पनि अक्सिजनको सिलिन्डर बोकेर माथि मन्दिर जाने गरेको उनी बताउँछन्।

उनले लेक नलागोस् भनेर एसिटाजोलामाइडऔषधि अक्सिजन कमी हुने भक्तजनलाई हिड्नु अगावै सेवन गर्न सुझाव दिएका छन्। टाढा टाढाबाट आएका भक्तजनलाई चिसो र उचाई भएको कारण बाक्लो न्यानो लुगा लगाउन , चिसो पानी, रेड बुल, मदिरा सेवन नगर्न साथै यहाँ भएका लालीगुँरास नटिप्न अनुरोध गरेका छन् । दुई हजार ७०० मिटरसम्मको मात्रै लागीगुराँस स्वथ्यकर हुने दावी उनेको छ । त्यस भन्दा माथिको लालीगुराँस जस्तै देखिने भएप्नि विषयुक्त प्रजातिको चिमालो र पोटालाङ्गो फूल भएको हुनाले त्यसको गन्धले ३० मिनेट पछि वान्ता हुने टाउको दुख्ने र लेक लाग्ने लक्षण देखा पर्न सक्ने उनी बताउँछन्।

स्वास्थयकर्मी पौडेलका अनुसार परम्पारगत हिसाबले अनुहारमा सातु दल्ने , अदुवा र मकै बोक्ने चलन छ । कतिपय तीर्थयात्रीले अनुहारमा सातु दलेर हिड्नु हुन्छ र त्यो गर्नु नहुने उनी बताउँछन्। खाली पेट यात्रा गर्दा ग्यास्ट्रिक हुने सम्भावना भएका कारण हिडन अफ्ठयारो हुन्छ र अनुहारमा सातु नदलेर तातो पानीमा घोलेर खाँदा अझै फुर्तिलो हुने सुझाव छ ।

मुखमा अदुवा लिँदा पिरोपनले स्यालिबरी पातलो बनाउने र मुख सुख्खा नहुने भएकाले हिड्न सहज हुने उनी बताउँछन्न । उनका अनुसार चैतमा मात्रै लेक लागेर मुटु धड्कन कम भएर दुई जनाको मृत्युको भएको छ । पाथीभरा क्षेत्र समितिको व्यवस्थापक कर्मचारी कुलराज विष्टका अनुसार ताप्लेजुङदेखि मन्दिरसम्म ३० जना व्यवस्थापक कर्मचारी रहेका छन् । पाथीभरामा छिमेकी मुलुक भारतको दार्जीलिङ,सिक्किम र दिल्ली साथै मलेसियाबाट समेत भक्तजनहरू आऊने गरेको पाथीभरा व्यवस्थापन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्