मिस पवीको अनुभव : टिकटकबाट भोट माग्दा पानीको धारा काटि दिए

मिस पवीको अनुभव : टिकटकबाट भोट माग्दा पानीको धारा काटि दिए

काठमाडौं । २०७८ सालतिर संसार कोरोना महामारीको सामना गर्दै थियो । अचानक आएको नौलो महामारीका कारण शिक्षादेखि कलासम्म सबै क्षेत्र अस्तव्यस्त थिए । विद्यालयमा बिदा भएपछि डडेलधुराकी मिस पवी अर्थात पवित्रा साकीको दैनिकी थियो-बिहान उठ्ने, खाना खाएर गाईबाख्रा लिएर गोठालो जाने ।’ फर्किएर आमालाई घाँस दाउरा गर्न सघाउने ।’

कामसँगै पवी सामाजिक सञ्जालमा पनि अभ्यस्त थिइन । फेसबुक,टिकटक खुबै चहार्थिन । अरुको भिडियो र फोटो देखेर आफू पनि त्यस्तै बन्ने परिकल्पना गर्थिन् । विस्तारै उनले त्यही सिक्दै गइन । टिकटक एकाउन्ट खोलिन र भिडियो अपलोड गर्न थालिन् । प्रयोगकर्ता सबैले चर्चित कलाकार र सेलिब्रेटीहरुले लिप्सिङ र गीतमा आधारित भएर टिकटकमा भिडियो बनाउँथे । तर गाउँले जीवन बिताइरहेकी पवी गाउँले परिवेश र मौलिकतामा रमाइ रहेकी थिइन । त्यसैक्रममा उनले सुदूरपश्चिमको पहाडी जिल्लामा बोलिने ‘ठेट’ डोटेली भाषामा आफैं बोलेर टिकटक बनाउन थालिन् ।

मौलिक डोटेली भाषा र बोल्ने शैली टिकटकमा यतिधेरै चर्चित भयो कि उनको गाउँले जीवन विस्तारै फरकतिर मोडियो । टिकटकको भिडियोले कला क्षेत्रका सेलिब्रेटीहरुको मन तान्यो । जसका कारण छोटो समयमै उनीकला क्षेत्रमा प्रवेश गर्ने अवसर पाइन् । उनले डोटेली भाषालाई नेपालभर फैलाइनन् नै सुदूरपश्चिमको मौलिक सौन्दर्यलाई पनि लाखौं माझ परिचित गराइन् । ‘टिकटक स्टार’का रुपमा चिनिएपछि मिस पवीलाई काठमाडौंबाट म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा अफर आउन थालेको सुनाउँछिन । ‘अहिलेसम्म४० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छु । केही विज्ञापनमा पनि काम गरिरहेकी छु र ठूलो फिल्मको नि अफर आएको छ,’ उनले भनिन् ।

सपना थियो ‘सेफ’बन्ने तर मोडियो बाटो
टिकटकमा छाउने मिस पवीअहिले टेलिभिजनको पर्दामा देखिन थालेकी छन् । उनले अभिनय गरेका भिडियोहरु ठूलो पर्दा गुञ्जिन्छन् ।‘ठ्याक्कै कतिम्युजिक भिडियोमा काम गरेंभनेर काउन्ट गरेको छैन । तर ४० भन्दाबढी त पुग्यो होला,’उनले भनिन । चर्चित हाँस्य टेलिशृंखला ‘मेरीबास्सै’ लगायतका चर्चित धारा वाहिक नाटकहरुमा काम गरिसकेको उनले सुनाइन । उनको सपना थियो होटल म्यानेजमेन्ट पढेर ‘सेफ’बन्ने । तर,अहिले त्यो सपना मानसपटलबाट हराएको उनको अनुभव छ । मनोरञ्जनका लागि गाउँबेसी गर्दा टिकटक बनाइरहने उनले एकदिन आफ्नी आमासँग भनिन्,‘ए मम्मी मेरा त हिट्टा हिट्टा खुट्टाथगिगया भन्या ब..’ उनले आमालाई जिस्क््याउँदै बनाएको टिकटकलाई लाखौंले मन पराइदिए ।जसको उत्प्रेरणाले अरु गाउँले परिवेश र लवजमा भिडियोहरु बनाएर अपलोड गर्न थालिन ।

विस्तारै उनी टिकटक स्टारको रुपमा परिचित हुन थालिन ।उनलाई काठमाडौंबाट म्युजिक भिडियोका अफर आउन थाले । तर उनलाई गाउँलेहरुसँग लड्नपर्ने चुनौती थपियो । ‘नेपालमा पनि यस्तो भाषा बोलिन्छ र ?,’ ‘कुन ठाउँको भाषाहो नि यो ?’ भनेर कमेन्ट आउथें । उनले बनाउने भिडियोमा उनी सबैलाई रिप्लाई दिन्थिन सुदूरपश्चिमको डोटेली भाषा हो भनेर । सुरुमा टिकटक बनाइ रहँदा गाउँका मान्छेहरुले अपाच्य आलोचना गर्ने गरेका थिए । उनले भनिन् ‘सुरु सुरुमा त खुब नराम्रो भन्ने गर्थे । फलानीको छोरी खत्तमभइ, बिग्रिएर सकिएभन्थे । अहिले छोरी होस् त पवी जस्तो होस् भन्छन् । यसो भन्दा गर्व लाग्छ ।’कुनै बेला आफूलाई टिकटकर भन्दा चित्त दुख्ने भएपनि अहिले आफूलाई गर्व गर्छिन् । उनी भन्छिन्, ‘पहिले पहिले मान्छेहरुले टिकटके भन्थे । अनि चित्त दुख्थ्यो । म मात्र टिकटकबाट कला क्षेत्रमा प्रवेश गरेको होइन् नि । अहिले जसरी यो क्षेत्रमा आए एकदमै गर्व लाग्छ ।’

‘सिने क्षेत्रमा थरी थरीका मान्छेहरु भेटिने रहेछन्’
मिस पवीलाई मोबाइलको क्यामरामा टिकटक बनाउनु र ठुला क्यामराको अगाडि अभिनय गर्नुमा खासै फरक लाग्दैन । कला क्षेत्रमा छोटो समयमै चर्चा कमाएकी र धेरै डिमाण्ड भएकी उनी निर्देशकको ह्यारेसमेन्टबाट बच्नुपर्ने चुनौती देख्छिन् । हालै एक पोडकास्टमा भनेको कुरा सम्झिँदै उनी भन्छिन्,‘यो सामाजिक दुनियाँमा अनेक थरीका मान्छेहरु हुनेहरु रहेछन् ।अनुभव गर्दै, सिक्दै र सचेत भएर अघि बढिरहेको छु ।’

मिस पवीसँग विभिन्न खाले अनुभवहरु छन् ।एक जनाले आफूलाई सामाजिक सञ्जालमा ब्ल्याकमेल गर्न खोजेको अनुभव पनि छ । ‘मैले यो कुरा हालै एक पोडकास्टमा भनेको थिएँ,त्यो एकदमभाइरल भयो । धेरैले नराम्रो तरिकाले पनि बुझिदिनुभयो । त्यो मान्छेलाई म राम्रोसँग चिन्दैन थिएँ,उसले चाहिँ चिन्दो रहेछ । केहीसम्म ह्यारेसमेन्ट भएको अनुभव गरेँ,’ उनी भन्छिन्,‘तर, म त्यस्ता मानिससँग नजिक हुन नपाउँ जस्तो लाग्छ । यस कुरामाम सचेत छु ।’

मौलिक भाषा र गाउँठाउँ चिनाउने यात्रा रोकिँदैन
मिस पवी टिकटकबाटै राम्रो ख्याति कमाउन सफल भए पनि आम्दानी गर्न नसकेको बताउँछिन् । आफ्नो क्षेत्रको भूगोल र भाषाको प्रचारप्रसारका लागि मात्र आफू टिकटक बनाउने गरेको सुनाउँछिन । म्युजिक भिडियोमा आएको अफर अर्को सफलता भएको उनको बुझाइ छ । जहाँ भएपनि आफ्नो भाषा र भूगोलको प्रचार गर्न नहिच्किचाउने मिस पवीको सोच छ । तर टिकटक बन्द भएपछि सामाजिक सञ्जालमा भिडियो कम मात्रामा राख्ने गरिएको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘खासगरी एउटा विकट क्षेत्रका छोरीचेलीको जीवन यसरी व्यथित हुन्छ भन्ने सन्देश दिन खोज्थें । हाम्रो डोटेली भाषाको प्रचारप्रसार गर्न पाएआज सबैले हाम्रो भाषा सजिलै ठम्याउँछन् । खुशी लाग्छ ।तर म जहाँ पुगेपनि यो कामगर्न छाडदिन । भाषा र मौलिकता हराउन दिने छैन ।’ युवा पुस्ताले संस्कृति र आफ्नो भाषा बिर्सिरहेका बेला आफूले केही हदसम्म त्यसको संरक्षणमा टेवा पुर्याएको भाषाका जानकारहरुबाट प्रतिक्रिया आउँदा खुशी लाग्ने गरेको उनले सुनाइन् । सरकारले टिकटक बन्द गरिसकेको अवस्थामा आफ्नै यूट्यूब च्यानल अनि ब्लग मार्फत् डोटेली भाषा अनि गाउँ ठाउँलाई प्रवर्धन गर्ने योजनारहेको उनले सुनाइन ।

अनि पानीको धारा काटियो
डडेलधुराको भागेश्वर क्षेत्र कांग्रेसको गढ मानिन्छ । मिस पवीत्यही परिवेशमा हुर्केकी हुन् । गत वर्षको प्रतिनिधि सभाको निर्वाचनमा त्यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार बनेका गुल्मीका सागर ढकालको पक्षमा मत माग्दै उनले केही टिकटक बनाएकी थिइन । ‘आफूजस्तै युवालाई प्रोत्साहित गर्न भोट मागेको थिएँ । तर केही व्यक्तिहरुले समस्या पार्न खोजे । धम्क्याउने भाषामा प्रतिक्रिया दिए,’उनले भनिन् । ‘सागर ढकाल पनि चुनाव लड्न आएका छन् भन्ने सुनें । अनि धेरै टिकटक प्रयोगकर्ताहरुले सागरको बारेमा टिकटक बनाइदिनु भनेको आग्रहलाई स्वीकारेको थिएँ । त्यसमा मेरो आग्रह पूर्वाग्रह केही थिएन । सागरलाई मैले भेटेको पनिथिएन । केहीअ गुवाहरु किन सधैं एउटै व्यक्तिवा नेतालाई भोट दिने ? यस पटक युवा नेतालाई जिताउनुपर्छ भनेपछिभिडियो बनाएँ,’उनी भन्छिन्, ‘सागरको पक्षमा भिडियो आएपछि गाउँलेहरुले विरोध गरेका थिए । कतिसम्म गरेभने अर्कै दलमा रहेका हाम्रै आफन्तहरुले हाम्रोघरको धारामाआउने खानेपानी नआउने बनाइदिए ।खानेपानी बन्द गरिदिए।’

ढकालका पक्षमा टिकटक मार्फत् भोट माग्दा कतिपयले आफ्नो क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई समर्थन गरेको भन्दै असन्तुष्टि पोखेका थिए । चुनावी मैदानमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका प्रतिष्पर्धी बनेका ढकाल पराजितभए । २५ हजार ५ सय ३४ मत ल्याएर देउवा संसद सदस्यमा सातौं पटक निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका ढकालले १३ हजार ४२ मत ल्याएकाथिए । हारे पनि उनले पाएको मत परिमाण सम्मानजनक मानियो । ढकालले पाएको मतमा आफ्नो पनि भूमिका रहेको पवीको ठम्याइ छ ।

नेपाली कला क्षेत्रमा जमिरहेकी मिस पवीलाई अहिले फिल्मबाट पनि अफर आउन थालेको छ । सायद छिट्टै उनी फिल्मको पर्दामा पनि देखिनेछिन् ।
उनलाई काठमाडौंबाट धेरै कुरा सिक्नु छ । कलाक्षेत्रमा आउने उतारचढाव चिर्दै सिक्दै अगाडि बढ्नु छ । उनलाई आफ्नो पहिचान, वेशभूषा र संस्कृतिलाई जोगाउनु छर प्रवर्धन गर्ने इच्छा छ । ‘टिकटकले चिनायो यात्रा तय गरिदियो । अब यो यात्रालाई निरन्तरतादिनेछु । टिकटर मिस पवी होइन एक कलाकार र एक अभियन्ता बनेर चिनाउनु छ,’उनले भावी योजना सुनाइन । -नेपाल न्यूज बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्