बरगाछी–रानी क्षेत्र सौन्दर्यकरण : हुर्केका बिरुवा यथावत राख्नुपर्ने माग

<span class='c1'>बरगाछी–रानी क्षेत्र सौन्दर्यकरण : हुर्केका</span> <span class='c2'>बिरुवा यथावत राख्नुपर्ने माग</span>

इन्दु साह
विराटनगर । विराटनगरमा बरगाछी–रानीसम्म कोशी राजमार्गको मेडियन स्ट्रिप्स क्षेत्रमा घेराबेरासहित बिरुवा रोप्ने अभियानमा पुराना बिरुवा यथावत राखिनुपर्ने माग गरिएको छ । महानगरपालिका हरियानी योजना अनुसार बिरुवा रोप्ने क्षेत्रको माटो हटाउने काम सुरु गरेसँगै जागिसकेका बिरुवा संरक्षण हुनुपर्ने आवाज उठेको हो ।

केहि महिनादेखि विभिन्न संघ संस्थाले विरुवामा दैनिक पानी हाल्दै आएका थिए । अहिले महानगरले माटो हटाउने क्रममा उक्त बिरुवा समेत हटाउन थालेपछि त्यसको आलोचना सुरु भएको हो । महानगरपालिका सरसफाई शाखाका प्रमुख पुनम दाहालका अनुसार भएका विरुवा त्यस स्थानमा उपयुक्त नभएकोले डटाउनु पर्ने हुन्छ । तर, नागरिकले यी यावत कुराहरु नबुझी टिप्पणि गर्दा उक्त योजनालाई निरन्तरता चुनौति खडा गरेको बताउँछन् ।

यदि नगरवासीको साथ सहयोग भए केहि महिना भित्र यो योजना सफल हुने दाहालको दावी छ । महानगरले थालेको कतिपय योजना अधुरै हुने गरेकोले नगरवासीले उक्त योजनामा विश्वास नगरेको देखिन्छ । अहिले जागिसकेका बिरुवा समेत महानगरपालिकाले नै रोपेको थियो । पहिले रोपेका बिरुवा अहिले उपयुक्त छैन भन्दा एउटै कार्यका लागि दोहोरो खर्च हुने देखिन्छ ।

विभिन्न प्रकारको आकर्षक बुट्यान प्रजातिका बिरुवा लगाउने महानगरको उद्देश्य रहेको छ । मेडियन स्ट्रिप्समा रहेको माटो हटाएर प्राङगारिक मल प्रयोग गरेर बिरुवा रोप्ने र हुर्कन उपयुक्त बनाउने तयारी गरिएको छ । अहिले भएका विरुवा समेत महानगरले हटाई उक्त डिभाईडरमा उपयुक्त हुने विरुवा लगाउन खोजेको छ । भएका विरुवाहरु दिगो नहुने भएकोले हटाईरहेको बताउने गरिएको छ ।
योजना अनुसार नमुनाको रुपमा जेठ अन्तिम भित्र ३ वटा मेडियन तयार पारिने छ । महेन्द्र चौकमा रहेको तिन डिभाईडरलाई नमुनाको रुपमा तयार गरेर पहिलो चरणमा बिरुवा रोपिने भएको हो । बरगाछी–रानीसम्म ४६ वटा बिरुवा रोप्ने ब्लक रहेका छन् । विराटनगर महानगरपालिकाले निजी क्षेत्रको सहयोगमा यो काम गर्ने भएको हो ।

यसका लागि बैकर्स संघ कोशीले संयोजन साझेदारी गर्दै आएको छ । संघकै नेतृत्वमा आर्थिक स्रोत परिचालन समिति गठन गरिएको छ । मेडियन क्षेत्रमा फरक–फरक विरुवा लगाउने महानगरको उद्देश्य छ । महानगरपालिकामा हालसम्म ९ लाख ६५ हजार रकम जम्मा भईसकेको छ । हालस्म्म एनआईएमबी, नेपाल बैंक लिमिटेड, एनआईसी एशिया, जीवन विकास लघुवित्त वित्तीय संस्था, कुमारी बैंकले रकम जम्मा गरेका छन् । बरगाछी–रानीमा पर्ने ४६ मेडियनमा ५५ लाख ७१ हजार ४७६ रुपैँया लागत अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्