विराटनगरमा जनसख्याको एक तिहाईले पनि गरेनन् स्वास्थ्य विमा, कुन वडामा कति विमित ?

<span class='c1'>विराटनगरमा जनसख्याको एक तिहाईले पनि गरेनन् स्वास्थ्य</span> <span class='c2'>विमा, कुन वडामा कति विमित ?</span>

विराटनगर । विराटनगर महानगरपालीकाको जनसख्या २ लाख १४ हजार ६६३ जना छन् । तर त्यो जनसख्याको हिसावले हेर्ने हो भने, विराटनगर महानपालीकामा एक तिहाई नगरवासीले पनि स्वास्थ्य विमा गरेका छैनन् । नेपाल सरकारले सबै नागरिकलाई केही स्वास्थ्य सेवा निःशुल्क उपलव्ध गराउनुका साथै लक्षित वर्गका लागि थप सेवाको व्यवस्था गरेको छ । स्वास्थ्य सेवामा क्रमशः पहुँच बढेको भए पनि सबैलाई समेट्न भने सकिएको छैन ।

नेपालको अन्तरिम संविधान, २०६३ ले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । यसै अनुसार नेपाल सरकारले सबै नागरिकलाई केही स्वास्थ्य सेवा निःशुल्क उपलव्ध गराउनुका साथै लक्षित वर्गका लागि थप सेवाको व्यवस्था गरेको छ । स्वास्थ्य सेवामा स्वास्थ्य विमा मार्फत क्रमशः पहुँच बढाउन लागेता पनि सबैलाई समेट्न भने सकिएको छैन ।
विराटनगरमा १९ वटा वडा छन् । तर यहाँ स्वास्थ्य विमादेखी टाढा छन् नगरवासी । स्वास्थ्य विमा बोर्ड कोशी प्रदेशका अनुसार प्रदेश राजधानी विराटनगरमा आर्थिक बर्ष २०८० ÷८१ सम्म ४१ ह्जार ३ सय ९१ जना मात्रै विमित छन् । जस मध्ये सबैभन्दा बढी विराटनगर महानगरपालिका वडा नम्बर ३ मा स्वास्थ्य विमित छन् । जहाँ अहिले सम्म ५ हजार ३ सय २७ जना स्वास्थ्य विमित छन् भने सबैभन्दा कम विराटनगर वडा नम्बर १८ मा रहेका छन् । जहाँ ६ सय ४ जना मात्रै स्वास्थ्य विमित रहेका छन् ।

कुन वडामा कति छन् स्वास्थ्य विमित ?
१ नम्बर वडामा २६२५
२ नम्बर वडा १२१३
३ नम्बर वडा ५३२७
४ नम्बर वडा ५१०३
५ नम्बर वडा ३१३८
६ नम्बर वडा १७२१
७ नम्बर वडा १८२२
८नम्बर वडा २३५६
९ नम्बर वडा १५३९
१० नम्बर वडा २२९४
११ नम्बर वडा २५८१
१२ नम्बर वडा ३५६८
१३ नम्बर वडा १४३८
१४ नम्बर वडा ७८१
१५ नम्बर वडा २०६२
१६ नम्बर वडा १५७७
१७ नम्बर वडा ८३८
१८ नम्बर वडा ६०४
१९ नम्बर वडा ८०४

्विराटनगरको १९ वटै वडामा १९ जना स्वास्थ्य विमा सहयोगीहरुले घर घरमा पुगेर स्वास्थ्य विमाको लागी विमित गर्ने गरेका छन् । तर नगरवासीमा उचित जनचेतना हो या झन्डटिलो प्रक्रियाका कारण स्वास्थ्य विमा गर्नबाट पछि परेका छन् । यसको प्रत्यक्ष असर र प्रभाव भने स्वास्थ्योपचारका समयमा घरपरिवारले नै ठूलो मात्रामा खर्च गर्नुपरेको अवस्था छ । यसरी व्यक्तिले गर्ने खर्च मूलतः औषधि किन्नमा हुने गर्छ । साथै, सरकारको स्वास्थ्य क्षेत्रमा हुने लगानीको विद्यमान व्यवस्थाले स्वास्थ्य सेवा प्रदायकहरूको उत्पादकत्व, गुणस्तर र दक्षता बढाउन उत्प्रेरित गर्न सकेको छैन ।
राष्ट्रिय स्वास्थ्य बीमा नीतिले न्यूनतम सुविधाबाट वञ्चित समूहका सदस्यको स्वास्थ्य सेवामा प्रभावकारी पहुँच बढाउने उद्देश्य हासिल गर्न सहयोग पु¥याउने हिसावले ल्याएको विमा सेवामा भने जस्तो लक्ष्य प्राप्ती गर्न भने सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्