सिक्दासिक्दै अस्ताए विराटनगरका सुशान्त

<span class='c1'>सिक्दासिक्दै अस्ताए</span> <span class='c2'>विराटनगरका सुशान्त</span>

विराटनगर । ‘केहि सिकिहालौं भन्ने मनसाय प्रेरित थियो’ बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका आफ्ना भान्जा सुशान्तलाई सम्झदैं मामा अर्जुनबिक्रम खड्काले भने–सिकाई उचाईमा थियो, परिणाम आउनु पूर्व नै दैव लाग्यो ।
सरकारले को–पाइलट सुशान्तसहित जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । देश शोकमा रहेको बेला विराटनगरले सुशान्तसहित तीनजना नगरवासी गुमाएको पीडावोध गरेको छ । को–पाइलट सुशान्तसहित जहाजमा कार्यरत एरोनोटिक इन्जिनियर अश्विन निरौला र सुरक्षा प्रमुख सागर आचार्य विराटनगरवासी थिए ।

पुर्ख्यौली थलो ओखलढुंगाको सुनकोशी गाउँपालिका– ७ का २८ वर्षीय को–पाइलट कटुवाल विराटनगर–३ आयल निगमपूर्वका वासिन्दा थिए । बुवा ओमबहादुर कटुवाल र आमा रन्जनाको काखमा हुर्केका सुशान्तले विराटनगरको ए–वन क्वालिटी स्कुल, विराट साइन्स प्लस टु पढेका थिए । मामा खड्काका अनुसार साउथ अफ्रिकामा उनले पाइलट अध्ययन गरेका हुन् । नेपाल फर्केपछि सौर्यमा आवद्ध थिए ।

‘सिक्दासिक्दै अस्ताउनुभयो भान्जा’ मामाले स्मरण गर्दै भने–पढ्दापढ्दै केहि न केहि सिक्ने ईच्छा देखिन्थ्यो । सानैदेखि पाइलट बन्नुपर्ने सपना बोकेकाले दिदी–भिनाजु पनि ईच्छाको भरथेग बनिदिनु भएको थियो । सुशान्तले कुनै बेला विराटनगरको ओरेक नामक गैरसरकारी संस्थामा समेत ईन्टर्न गरेका थिए । उनकी माइजु मेनुका खड्कामार्फत सुशान्त ओरेकमा सामाजिक कार्य अन्तर्गत केहि समय बिताएका हुन् । ‘भान्जालाई सिक्नुपर्ने अभिप्रेरणा दिदी–भिनाजुले नै दिनु भएको थियो, लगनशीलताले उहाँको सिकाई उचाईउन्मुख भईरहेको बेला नै अस्ताउनुभयो’ खड्काले भने–हाम्रा लागि भान्जा सम्झनामा मात्रै रहनुभयो ।

बुबा ओमबहादुर कटुवाल अवकाश प्राप्त पूर्व जिल्ला शिक्षा अधिकारी हुन् । विराटनगरमा स्थायी बसोबास भएका कटुवाल केही वर्षअगाडि जागिर सकिएपछि भक्तपुरको राधेराधे क्षेत्रमा अस्थायी रूपमा सरेका थिए । तर, विराटनगरको घर भने अझैसम्म यथावत राखिएको छ । परिवार, ससुराली र आफन्त समेत काठमाण्डौं गएपछि कटुवालले पनि काठमाण्डौंमा अस्थायी बसोबासको प्रवन्ध मिलाएका हुन् ।

हालसम्म नेपालमा भएका मुख्य दुर्घटनाहरू
–वि.सं. २०११ कालिङ एयरको विमान बाराको सिमरामा दुर्घटना, २ जनाको मृत्यु
–वि.सं. २०१२ इन्डियन एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना, १४ जनाको मृत्यु
–वि.सं. २०१४ इन्डियन एयरलाइन्सको विमान ललितपुरमा दुर्घटना, २० जनाको मृत्यु
–वि.सं. २०२६ नेपाल वायु सेवा निगमको विमान मकवानपुरमा दुर्घटना, ३५ जनाको मृत्यु
–वि.सं. २०२६ नेपाली सेनाको विमान काभ्रेको पाँचखालमा दुर्घटना, ३१ जनाको मृत्यु
–वि.सं. २०३८ नेपाल वायुसेवा निगमको विमान विराटनगरमा दुर्घटना, १० जनाको मृत्यु
–वि.सं. २०४९ थाइ एयरवेजको विमान दुर्घटना, ११३ जनाको मृत्यु
–वि.सं. २०४९ पाकिस्तान एयरलाइन्सको विमान ललितपुरमा दुर्घटना, १६७ जनाको मृत्यु
–वि.सं. २०५० एभरेस्ट एयरलाइन्सको विमान चितनमा दुर्घटना, १९ जनाको मृत्यु
–वि.सं. २०५५ लुम्बिनी एयरवेजको विमान घोरेपानीमा दुर्घटना, १८ जनाको मृत्यु
–वि.सं. २०५६ मा नेकोन एयरको विमान काठमाडौंमा दुर्घटना १५ जनाको मृत्यु
–वि.सं. २०५९ सांग्रिला एयरको विमान पोखरामा दुर्घटना १८ जनाको मृत्यु
–वि.सं. २०६३ तारा एयरको विमान जुम्लामा दुर्घटना ९ जनाको मृत्यु
–वि.सं. २०६३ श्री एयरलाइन्सको विमान ताप्लेजुङको घुन्सामा दुर्घटना २४ जनाको मृत्यु
–वि.सं. २०६७ तारा एयलाइन्सको विमान ओखलढुंगामा दुर्घटना २२ जनाको मृत्यु
–वि.सं. २०६७ अग्नि एयरको ड्रोनियर जहाज मकवानपुरमा दुर्घटना १४ जनाको मृत्यु
–वि.सं. २०६८ बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना १९ जनाको मृत्यु
–वि.सं. २०६९ अग्नि एयरको विमान मुस्ताङमा दुर्घटना १५ जनाको मृत्यु
–वि.सं. २०६९ सीता एयरको विमान काठमाडौंमा दुर्घटना १९ जनाको मृत्यु
–वि.सं. २०७० नेपाल एयरलाइन्सको विमान अर्घाखाँचीमा दुर्घटना १८ जनाको मृत्यु
–वि.सं. २०७२ फागुनमा तारा एयरको विमान म्याग्दीमा दुर्घटना २३ जनाको मृत्यु
–वि.सं. २०७२ फागुनमा एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना २ जनाको मृत्यु
–वि.सं. २०७४ जेठ गोमा एयरको विमान लुक्लामा दुर्घटना दुईजनाको मृत्यु
–वि.सं. २०७४ जेठ नेपाली सेनाको विमान बाजुरामा दुर्घटना एकजनाको मृत्यु
–वि.सं. २०७४ फागुन २८ गते, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना ५१ जनाको मृत्यु
–वि.सं. २०७५ जेठ ०२ गते, सिमिकोट पासमा मकालु एयरको विमान दुर्घटना दुईजनाको मृत्यु
–वि.सं. २०७५ भदौ २६ गते, नुवाकोटको मेधाङ–मैलुङपाखामा, अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु
–वि.सं. २०७५ फागुन १५ गते, ताप्लेजुङको फुङलिङ नगरपालिका १० तारेढुंगा भीरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु
–वि.सं.२०७९ माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना हुँदा ७२ यात्रुको मृत्यु
–२०७९ साल जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयर विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु
–२०८१ साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइसेन्सको विमान दुर्घटना हँुदा १८ जनाको मृत्यु, एक जना बाँच्न सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्