मिडिया काउन्सिल कि आम सञ्चार परिषद् विधेयक ?

<span class='c1'>मिडिया काउन्सिल कि आम</span> <span class='c2'>सञ्चार परिषद् विधेयक ?</span>

काठमाडौं । मिडिया काउन्सिल विधेयक २०८० को नाम आम सञ्चार परिषद् विधेयक राखिएको विषयले अन्यौलता सिर्जना भएको छ।

मंगलबार विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयक, २०८० माथिको दफावार छलफलमा समिति सदस्य कृष्ण प्रसाद सिटौलाले पहिला ‘प्रेस’ हटाएर ‘मिडिया’ भएको विधेयक अहिले आएर ‘आम सञ्चार’ भन्दा अन्योलता हुने भएकाले यसबारे स्पष्ट रुपमा बुझाउनुपर्ने धारणा राखे ।

उनले भने, ‘पहिला प्रेस हटाएर मिडिया राखियो र हामीलाई मनाइयो । अहिले आएर आम सञ्चार भएको छ । आम सञ्चार परिषद् विधेयक भनेपछि मास मिडियाका रुपमा जाने भयो । तर यस्तो अन्योलता हटाउनुपर्छ ।’सिटौलाको सवालमाथि उत्तर दिदैँ सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अङ्ग्रेजी शब्दको ठाँउमा नेपाली शब्दको प्रयोग भएको भन्दै नाम फरक देखिए पनि सार एउटै भएको बताए ।

उनले भने, ‘नाम फरक देखिए पनि त्यसको सार एउटै हो । एउटा भाषाको प्रयोग भएको ठाँउमा अर्को भाषा प्रयोग भएको मात्र हो । किनभने आम सञ्चार परिषद् विधेयक भनेपनि त्यो काउन्सिल विधेयक नै हो । अङ्ग्रेजी शब्दको ठाँउमा नेपाली शब्दको प्रयोग भएको हो । सबैलाई समेट्ने हिसाबले यो आएको हो ।’ तथापी, मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बैठकमा मिडिया काउन्सिल विधेयकको नामलाई आम सञ्चार परिषद् विधेयक राख्ने विषयमा लगभग सहमति जुटेको छ ।

समिति सदस्यहरूले मिडिया काउन्सिल नाम अंग्रेजीबाट भएको भन्दै नामलाई नेपालीकरण गर्नका लागि भनेर संशोधन प्रस्ताव समेत हालेका थिए । बैठकमा पनि बोल्दै सदस्यहरूले सो नामलाई नेपालीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्