बेलायतबाट ट्रान्सपोर्ट\ट्राफिक इन्जिनियरिङ्गमा मास्टर गरेका विराटनगरका युवाले गर्दैछन् ट्राफिक लाइटमा एआई प्रयोग

<span class='c1'>बेलायतबाट ट्रान्सपोर्ट\ट्राफिक इन्जिनियरिङ्गमा मास्टर गरेका विराटनगरका</span> <span class='c2'>युवाले गर्दैछन् ट्राफिक लाइटमा एआई प्रयोग</span>

विराटनगर । विराटनगरको बरगाछीमा प्रदेश सरकारले जडान गरेको ट्राफिक लाइट सञ्चालनमा छ । त्यस बाहेक विराटनगर महानगरपालिकाले नगरका पाँच स्थानमा ट्राफिक लाइट जडान गरिरहेको छ । यसको भौतिक प्रगती करिब ९५ प्रतिशत सम्पन्न भएको छ ।
कन्चनबारी, घाँस चौक, रोडशेष, जलजला, तीनपैनीमा जडान भईरहेका ट्राफिक लाइटमा  एआई प्रयोग गरेर सिस्टम अपडेट गर्न सकिने सम्बन्धित क्षेत्रका विज्ञको दावी छ ।

अब यसको प्राविधिक पक्षको अडिट बाँकी छ । त्यसपछि सिस्टमलाई कसरी अपरेटिभ गराउने भन्ने विषय बढ्छ । ई–थ्री यार्सा जेभी काठमाडौंले ट्राफिक लाइट स्टलेशन गर्ने संरचना निर्माण सकेर जडानको काम समेत अन्तिम चरणमा पु¥याएको हो । यसको प्राविधिक परीक्षणको काम समेत सँगैसँगै भईरहेको छ ।

निर्माण कम्पनी र विराटनगर महानगरपालिकासँग ट्राफिक लाइट जडान सिस्टमको कन्सल्ट्यान्ट इन्जिनियर बिवेक सिंह छन् । उनी बेलायतबाट ट्रान्सपोर्ट/ट्राफिक इन्जिनियरिङ्गमा मास्टर सकाएर विराटनगर फर्केका हुन् । उनले विराटनरमा डिजी निर्माण कन्सल्टेन्ट इन्जिनियरिङ्ग कम्पनी सञ्चालनमा ल्याएका छन् । जसको कार्यालय विराटनगर–१३ रानीपथमा रहेको छ ।
भारतबाट बी.टेक गरेर बेतायतबाट मास्टर अध्ययन सकाएका सिंहका अनुसार अहिले जडान भईरहेको सिस्टम मोवाइल एप्स र वेवबाट कन्ट्रोल गर्न मिल्छ । ट्राफिक जनशक्ति फिल्डमा उपस्थित हुनुपर्छ भन्ने छैन । तर, ट्राफिक लाइटसँगै सिसी क्यामराको फुटेज भने रियल टाइममा हेर्न पाइदैन ।

मानौं, कुनै सवारीले ट्राफिक भाइलेन्स ग¥यो त्यसका लागि सिसी क्यामरा फुटेज मेमोरीमा रहन्छ । त्यसलाई लिएर कम्प्यूटरमा हेर्नुपर्ने हुन्छ । तर, सिसी टिभीले क्याप्चर गरेको फुटेजलाई सफ्टवेयरमा अपडेट गरेर सर्भरमार्फत सिस्टममा पु¥याउन अझै केहि काम गर्नुपर्ने इन्जिनियर सिंहको भनाई छ । भन्छन्–क्यामराले क्याप्चर गरेको फुटेज सर्भरमार्फत कन्ट्रोल रुमसम्म पुग्न केवल कनेक्ट हुनुपर्छ, त्यसपछि फिल्डमा के भईरहेको छ भन्ने कुरा सर्भरले लिएपछि त्यहाँ आर्टिफिसियल इन्टलिजेन्स प्रयोग हुन्छ । यसो हुँदा तत्काललै ट्राफिक भाइलेन्समा कुन सवारी संलग्न छ भन्ने कुरा जानकारी हुन्छ ।

इन्जिनियर सिंहका अनुसार अहिले ट्राफिक लाइटसँगै जडान भएका सिसी क्यामराले भिडियो क्याप्चर गर्छ र सिस्टमले सवारी काउन्टिन गर्छ । तर, रियल टाइम ट्राफिक भाइलेन्स थाहा हुँदैन । यद्यपी मोवाइल एप्स र वेवमा भने अहिले पनि हेर्न मिल्छ ।

कसरी सेट हुन्छ ट्राफिक लाइट टाइम ?
इन्जिनियर सिंहका अनुसार विराटनगरमा जडान भईरहेको ट्राफिक लाइट केहि एड्भान्स छ । जसले कुन मोडबाट कति सवारी आईरहेको छ भन्ने कुरा काउन्ट गर्न सक्छ । जसका आधारमा कुन रुटका लागि कति टाइम सेट गर्ने भन्ने कुरा राख्न मिल्छ ।

यसका लागि सिस्टम अडिट ट्राफिक लाइट सञ्चालनमा आउनु अगाडी नै गरिने छ । जस्तै जलजला चौकमा चारतर्फको मोड छ । तीनपैनी–ट्राफिक चौक र रंगेली रोड–हनुमानदास रोड । यसमा कुन मोडबाट कुन समयमा कति सवारीको फ्लो हुन्छभन्ने कुराको इन्जिनियरिङ्ग अध्ययन पहिले हुनेछ । उनले थपे–ट्राफिक नेचर पनि समय अनुसार फरक छ । बिहानको समयमा उत्तरबाट दक्षिण र पश्चिमबाट पूर्व सवारीको फ्लो बढी होला । तर, साँझमा दक्षिणबाट उत्तर र पूर्वबाट पश्चिम फ्लो बढी हुन्छ ।

सेवाप्रवाहका कार्यालयहरुको अवस्थितिलाई समेत ट्राफिक लाइट टाइम प्रणाली म्याच गराउनु पर्ने हुन्छ । त्यसमा पनि कुन स्थानमा कुन समयको फ्लोलाई व्यवस्थापन गर्दा आवागमन सहज हुन्छ भन्ने अध्ययन पनि जरुरी हुन्छ । सबै कुराको अध्ययन गरिसकेपछि टाइमिङ्ग सेट हुन्छ, ३० सेकेण्ड राख्ने की ६० सेकेन्ड ।

कसले गर्छ कन्ट्रोल ?
महानगरपालिका क्षेत्रमा एउटा पनि ट्रापिक लाइट नभईरहेको बेला बरगाछीमा प्रदेश सरकारले जडान गरिदियो । त्यसपछि महानगरपालिकाले गत आर्थिक वर्षकै बोलपत्र आह्वानका आधारमा पाँच ठाउँमा ट्राफिक लाइट जडान गरिरहेको छ । सवारी आवागमन व्यवस्थापनको जिम्मेवारी ट्राफिक प्रहरीलाई हुन्छ । महानगरपालिकाले सबै सिस्टम तयार पारेर योजना हस्तान्तरण गरेपछि ट्राफिकलाई जनशक्ति व्यवस्थापनको दवाव पर्ने देखिन्छ । भर्खरै सरुवा भएर आएका जिल्ला ट्राफिक प्रहरीका प्रमुख राजन लम्सालले पाँच ठाउँका ट्राफिक लाइटमा दशजना थप जनशक्ति आवश्यक पर्ने बताए । महानगरपालिकाले हस्पिटल चौकमा समेत ट्राफिक लाइट जडान गर्ने योजना राखेको छ । त्यहाँ पनि थप दुईजना आवश्यक पर्ने देखिन्छ । बरगाछीमा रहेको लाइटका लागि थप दुईजना ।

तर, यससँग जानकार रहेका इन्जिनियर सिंहका अनुसार जनशक्ति फिल्डमा खटिने गरि ट्राफिक लाइट जडान हुनु भन्दा सिस्टममा चल्ने गरि प्रविधिको प्रयोग बढाउनु पर्छ । जसका लागि अहिले भईरहेको केवल कनेक्सनलाई ट्राफिक लाइटको सिसी टिभीमा कनेक्ट गराउनुपर्छ । सर्भरमार्फत ट्राफिक प्रहरीमा कन्ट्रोल राख्नुपर्छ । एआईमार्फत गरेर तत्काल सवारीको अवस्था विश्लेषण गर्ने मेकानिजम प्रयोग गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्