विराटनगर । विराटनगर महानगरपालिकालाई सुशासन, न्याय, सेवा प्रवाह, जनजीविका र विकास निर्माणसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराइएको छ ।
विराटनगर नागरिक अभियानको टोलिले बिहीबार प्रमुख नागेश कोइरालालाई ध्यानाकर्षण पत्र बुझाउँदै बृहत्तर विकास र नागरिकको दैनिक व्यवहारिक समस्या टार्न सुझाव दिएको हो ।
नागरिक अभियानका बसन्त अधिकारीले बुझाएको ध्यानाकर्षण पत्रमा रणनैतिक महत्व बोकेका दिर्घकालिन कार्यक्रम तथा योजनामार्फत आर्थिक, सामाजिक, सास्कृतिक लगायतका क्षेत्रमा महानगरवासीको जीवनस्तर उकास्न भूमिका रहोस भन्ने अपेक्षा गरेको छ । यसका महानगरपालिका र वडा कार्यालयको नागरिक वडापत्रलाई व्यवस्थित गरी सेवाग्राहीले बुझ्ने भाषा, सहजै पढ्न सक्ने ढाँचा र प्रारुपको बनाई वडापत्रसम्बन्धी निर्देशिका, २०६९ बमोजिम व्यवस्थित गर्न माग गरिएको छ ।
महानगरपालिका कार्यालयले सूचना संकलन, भण्डारण र प्रवाहलाई छिटोछरितो र सहज गर्न आधुनिक सूचना तथा संचार प्रविधीको प्रयोग र त्यस अनुरुपको संरचना बनाउनुपर्ने माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम अनुसार महानगरपालिकाले नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
यसैगरी पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरपालिकाभित्र आवश्यक पूर्वाधार सम्बन्धी निती तथा कार्यक्रममा नै समाविष्ट गर्न तत्काल प्रारम्भ गर्न माग गरिएको छ । जनस्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पार्ने सडकछेउमा खुल्ला बिक्री वितरण भइरहेको अस्वस्थकर खाना, खाजाको विक्रीवितरणमा रोक लगाउन उत्पादन, प्रशोधन, ढुवानी, भण्डारण र बिक्री–वितरण स्थलमा सरसफाइको कमीलाई कडाईकासाथ नियमन, जरिवाना र प्रोत्साहनको विधी मार्फत खाद्य पदार्थमा स्वच्छता तथा गुणस्तर नियमन गर्न भनिएको छ । खाद्य ऐन २०२३ ले निर्देशित गरे बमोजिम आवश्यक कार्य तत्काल प्रारम्भ गर्न माग गर्दै म्याद गुज्रेका, लेवल विवरण पूरा नभएका, जथाभावी रङ्ग तथा रसायन प्रयोग गरेका र ढुसी परेका खाद्य पदार्थ सम्बन्धी समस्या, खाजा घरहरुमा बचेको तेल–घ्यूलाई पटक पटक प्रयोग गर्ने गरेको अनुगमन गर्न समेत माग गरिएको छ । यसैगरी जथाभावी जीवनाशक विषादीको प्रयोग भएका फलफुल र तरकारी सम्बन्धी माछामासु र अन्य खाद्य पदार्थको तोकिएको मापदण्ड मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा वितरण सम्बन्धी निर्देशिका २०७३ अनुसार विक्रीवितरण गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
महानगरको बजार क्षेत्र लगायत, बलभद्र मार्ग र वडाभित्र रुग्ण अवस्थामा रहेका पुल, पुलेँसा मर्मत संभार गर्ने तथा नाली एवम सडकपेटीमा ढक्कन लगाउन माग गरिएको छ । अभियानले सडकका खाल्डाखुल्डी पुर्ने कार्यका लागि कार्यविधीसहित “मरमतसंभार एम्बुलेन्स”को थालनी गर्न माग गरेको छ । सडक विस्तार भएका स्थानहरुमा पूर्ववत अवस्थामा रहेका बिजुली र टेलिफोनका खम्बाहरु सडक किनारमा सार्ने कार्य एवम अव्यवस्थित तारका लठ्ठाहरुलाई व्यवस्थित गर्न पनि भनिएको छ । महानगरको मुख्य बजार क्षेत्रका सडक र सडकपेटीको क्षेत्राधिकार भित्र कुनैपनि निर्माण सामाग्री राख्न, संरचना बनाउन र तोकेको समयभन्दा बढी सवारी साधन रोक्न नपाईने तथा यातायात आवागमन तथा ट्राफिक नियममा असर पुग्ने गरी पर्व, कार्यक्रम, चाडपर्व विशेषको अवसरमा राखिएका प्रसार सामाग्री, होर्डिङ बोर्ड र टांगिएका ध्वजापताका टास्न राख्न नपाईने गरी नियमन गर्न माग गरिएको छ ।
सडक क्षेत्र वा पैदल यात्री हिडने फुटपाथमा सडक नै ढाकिने गरी टेन्ट, समियाना, घेराबेरा लगाएर गरिने कुनै पनि सार्वजनिक वा व्यक्तिगत सभा, कार्यक्रम, विवाह समारोह भोजभतेर गर्न बन्चित गर्नुपर्ने पत्रमा उल्लेख छ । यसैगरी सिटीरिक्सा, मोटरसाईकल, कारजीप लगायत यातायातका साधनको लोकल भाडाको दररेट तोक्ने तथा यी सवारी साधनका लागि पार्किङस्थल बनाउन माग समेत गरिएको छ ।
हाल महानगरभित्र बढीरहेको सवारी साधनको आवागमनलाई मध्यनजर गर्दै जेब्राक्रस, सडक संकेतहरु (खासगरी ट्राफिक लाईटको जडान संचालनपश्चात) पुनसंयोजन गर्न तदअनुसारको ट्राफिक संकेत, सांकेतिक सूचना पाटी र बोर्डहरु राख्न आवश्यक रहेको सुझाव छ ।
विराटनगर यातायात व्यवस्थापन कार्यविधी २०८० को परिच्छेद ४ बमोजिम ९ र १० मा उल्लेख “बजार क्षेत्रमा सवारी साधनको प्रवेश सम्बन्धी र सवारीको गति” सम्बन्धी व्यवस्थालाई कडाईकासाथ अनुगमन गरी लागु गर्न भनिएको छ ।
अभियानले बुझाएका थप मागहरु निम्न छन् :
महानगरपालिकाभित्र गुड्ने सबै सरकारी, पर्यटकबाहन, सार्वजनिक र निजी सवारीले चर्को प्रेसर हर्न बजाउन नपाउने गरी अस्पताल, स्कुल र वस्ती क्षेत्रमा हर्न निषेधित क्षेत्र बनाउनुपर्ने ।
महानगरपालिका भित्र चल्ने सार्वजनिक सवारी साधनको यात्रु चढाउने र ओराल्ने ठाउँ निश्चित गरी जथाभावी चढाउने र ओराल्न बन्द गर्नुपर्ने ।
महानगर भित्र संचालित ठुला तथा बहुवर्षीय परियोजनाहरु सम्बन्धमा महानगरपालिका कार्यालयले महानगरवासीलाई वास्तविक अवस्था जानकारी गराउन एक महिनाभित्र श्वेतपत्र जारी गरी नागरिकहरुको सुसुचित हुन पाउने अधिकारलाई प्रत्याभुत गरियोस्।
महानगरपालिकाभित्र छाडा छाडिएका पशु चौपाया नियन्त्रण गर्नका लागि अविलम्ब कदम चालियोस् ।
सामान्य वर्षा हुँदा पनि ढल निकासको अभावमा डुवान हुने महानगर भित्रका क्षेत्रहरु वडा नम्बर ४, ५, ६, ८, १२, १५, १६, १७ र १८ भित्र पर्ने जनपथ, मारिक टोल, अलका टोल, बखरी, दरैया, सिमराही, मुनालपथ, भृकुटी चोक, नेपाल आयल निगम, दुग्ध विकास संस्थान वरिपरी, हिमाली मार्ग, फिफामार्ग, त्रिमुर्ती, आस्था, मितेरी मार्ग लगायत १९ वटै वडामा डुबानमा क्षेत्रहरुलाई डुबानमुक्त गराउन आवश्यक कदम चालियोस् ।
महानगरपालिकाभित्र हुने सार्वजनिक निर्माणको कार्य थालनी गर्नु अगाडि योजना सूचनापाटी राख्ने काम अनिवार्य गरियोस् ।
महानगरपालिकाको बजार क्षेत्रभित्र नागरिक सुरक्षा हेतु अपराध न्युनिकरणका उदेश्यले जडान गरिएका सिसिटीभी क्यामेरा चालु अवस्थामा राखियोस् ।
महानगरपालिकाका बिभिन्न स्थानमा चाडपर्बको सन्दर्भमा सन्चालन हुने अब्यवस्थित व्यापार वा बजारले महानगरपालिका क्षेत्रभित्र भिड हुने, फोहर हुने, महानगरपालिकाको सौन्दर्यतामा न्युनिकरण हुने भएकोले यस्ता सडक घुम्ति बजार वा अस्थाई बजारलाई उचित व्यवस्थापन गरिनुपर्ने ।
महानगरपालिकाले आधुनिक सूचना संचार प्रविधीले सम्पन्न अनुसंधान र विकास योजना, अनुगमन र मुल्याङ्कन र रेकर्ड ब्यवस्थापन तथा गुणस्तर परिक्षण जस्ता विभागहरु बनाउनुपर्ने ।
महानगरपालिकासंग जोडिएका वरिपरिका नगरपालिका र गाउपालिकाहरुसंग साझेदारी र सहभागितामा एकिकृत विकासकोलागि २० वर्षे दिर्घकालिन परियोजना र त्यसमा आधारित कार्य योजना निर्माण गरियोस् ।
उद्योग व्यापार प्रवर्द्धन विस्तारका लागि अन्तराष्ट्रिय स्तरको प्रदर्शन केन्द्रस्थल निर्माण गरियोस् ।
महानगरपालिका कार्यालय लगायत मातहतका वडा कार्यालयहरुमा सेवाग्राही नागरिकको पहुँच सहज बनाउन ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिक मैत्री भौतिक संरचना एवम सेवा आरम्भ गरियोस् ।
महानगरवासीले पिउने पानी नियमितरु पमा धारामा पानी नआउने तर चर्को शुल्क तिर्नुपर्ने० समस्याको निराकरण गरी शुद्ध पिउने पानीको सहज उपलब्धताको ग्यारेन्टी गरियोस्।
वडास्तरमा स्वास्थ्य चौकीको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन भौतिक संरचना लगायत आवश्यक प्राविधिक जनशक्ति, उपकरण र औषधीको व्यवस्था अविलम्ब गरियोस् ।
महानगरपालिका भित्र रहेका सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारकोलागि विषेस पहल गर्नका साथै विधालय भर्ना कार्यक्रम तिव्रताका साथ संचालन गरी पुर्ण साक्षरता अभियान कार्यक्रम संचालन गरियोस् ।
स्थानीय भाषा, संस्कृति, परम्परामा आधारित सीपको जगेर्ना, सम्बर्धन, प्रबन्धन गर्न महानगरपालिकाले मातहतको एक निकाय स्थापना गरियोस् ।
महानगरपालिकाको विगत दुई वर्षको मध्यावधी विश्लेषण र मुल्याङ्कनसहित समिक्षात्मक स्वेतपत्र जारी गरियोस् ।
महानगरपालिकास्तरमा संग्रहलाय तथा चिडियाखाना साथै सबै वार्डहरुमा कम्तीमा एक एक वटा सार्वजनिक निशुल्क खुल्ला मनोरंजन स्थल, वाचनालय, (जेष्ठ नागरिक, एकल महिला) भेला हुने चौतारी, बिहान(साझं पैदल विचरण गर्न सकिने स्थलको व्यवस्थापन गरियोस् ।
महानगरभित्र सास्कृतिक, धार्मिक, राजनैतिक लगायत विवाह, व्रतबन्ध, समारोह, सम्मेलन, विभिन्न कार्यक्रम, उत्सवलगायतका नाममा चर्को आवाजमा सार्वजनिक बाटो, सडक, विद्यालय, सरकारी कार्यालयलगायतका स्थानमा डीजे साउण्ड सिस्टम बजाएर विद्यार्थीहरूको पठनपाठनमा, सरकारी कार्यालयहरूको कामकाजमा, जेष्ठ नागरिक, मुटुरोगी बिरामी समुहलाई गंभिर असर परेको र ध्वनि प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर पारेकोले डीजे साउण्ड सिष्टमलाई कार्यविधी बनाएर निषेध गर्न सुझाव गरिन्छ ।
विराटनगर महानगरपालिका लगायत यस क्षेत्रको विकासमा रणनैतिक महत्व राख्ने वि.स. २०५४ सालमा नै आरम्भ भएको चक्रपथ निर्माणमा सम्बन्धित सरोकारवाला निकायहरुमा द्रुतगतीमा निमार्ण सम्पन्न गर्न आवश्यक पहलकदमी गर्ने । हाल सम्म भएका प्रगती विबरण महानगरवाशीलाई जानकारी गराईयोस।
महानगर भित्रका अति विपन्न तथा सुकुम्बासी समुदायको पहिचान, लगत, अभिलेख तयार गरी उनीहरुको आय आर्जन, र मानवोचित बसोबासको लागि अविलम्ब कदम चालियोस् ।
भुउपयोग ऐन २०७६ को मापदण्ड अनुसार अविलम्ब जग्गा वर्गीकरणको कार्य सम्पन्न गर्न आवश्यक पहलकदमी गरियोस् ।
दिगो विकास लक्ष्य र सन् २०३० एजेण्डाले देखाएको मार्गचित्र अनुसार तथ्याङ्कमा आधारित महानगर विकासको योजना निर्माणको थालनी गरियोस् ।
विराटनगर महानगरपालिकामा रहेको नहरले ओगटेको जमिनमा सवारी मार्ग, सौन्दर्यकरण, मनोरंजन स्थल लगायतको निर्माणको लागि गुरुयोजना बनाईयोस्।
नहरमा बग्ने पानीको प्रवाह निरन्तरता दिईयोस् र सम्बन्धित सरोकारवाला सहितको संलग्नतामा सफासुग्घर बनाईयोस्।
आकस्मिक दुर्घटना, बाढी, आगजनी, प्राकृतिक प्रकोप जस्ता विपद् व्यवस्थापन संवोधन गर्नका लागि वार्ड तहको प्रतिनिधित्व गराई महानगरस्तरमा रेस्पोन्स तथा उद्धार टोली गठन गरियोस् ।
फोहोर मैला व्यवस्थापन कार्यविधी( २०८१ लाई बौद्दिक खोजपत्रको रुपमा मात्रै नभई महानगरवाशीको सार्वजनिक स्वास्थ र वृहतर हितमा कार्य भईरहेको हकमा थप निगरानी र अनुगमन गरियोस साथै लागु हुन नसकिरहेको क्षेत्रमा अनिवार्य लागु गरियोस भन्ने सुझाव छ ।
विराटनगर महानगर स्थित फोहोरमैला व्यवस्थापनका लागि दिर्घकालिन विकल्प खोज्न ल्यान्डफिल्ड साईटको आरम्भ गरियोस् ।
सामाजिक विकास समितिको मिति २०७७र०६र२७ गतेको निर्णयानूसार तथा कार्यपालिकाको आ।व। ०७७ र ७८ को निर्णय कार्यान्वयन प्रगति प्रतिवेदनमा उल्लेख भए अनुसार शैक्षिक संस्था, स्वास्थ्य संस्था, मठ मन्दिर, धार्मिक स्थल लगायत सार्वजनिक स्थलको १०० मिटरको क्षेत्रभित्र मदिराजन्य तथा सुर्तिजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा पूर्णतया निषेध गर्ने र मठ मन्दिर तथा धार्मिक स्थलको १०० मिटरको क्षेत्र भित्र मासुजन्य पदार्थ रहन नहुने तथा पशुपंक्षि काटमार गर्न निषेध गर्ने गरी कार्यान्वयनका लागि ध्यानाकर्षण तथा सुझाव गरिएको छ ।
नेपालको संविधान २०७२ को अनूसूचि ८ मा उल्लेखित स्थानीय तहको एकल अधिकार अन्तर्गतका कार्य सम्पन्न गर्न आवश्यक ऐन, कानुन, विधेयक, नियमावलीहरू अविलम्ब निर्माण गरियोस् ।
बिराटनगर महानगरपालिका लाइ व्यवसायिक मैत्री सहर बनाउनको निम्ति ब्यापार सुरु गर्ने, संचालन गर्ने तथा परेको खण्डमा बन्द समेत गर्ने सहज नीतिगत बाताबरण तयार गर्नको निम्ति महानगरद्वारा पहल गरियोस, साथै उद्यमशिलता बिकासको निम्ति नव उद्यमीहरु लाइ प्रोत्साहन गर्ने बाताबरण तयार गरियोस
िस्थानिय निकायका प्रमुख, उप(प्रमुख लगायत सबै जनप्रतिनिधीहरुले सम्पत्ती विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० तथा स्थानीय सरकार सञ्चालन ऐन–२०७४ बमोजिम जनप्रतिनिधिले पदधारण गरेको र प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र परिवारको सदस्यको नाममा रहेको चल–अचल सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण तोकेको ढाँचामा स्थानीय तहमा पेस गर्नुपर्नेछ छ सो अनुरुपको समय भित्र नै सम्पत्ती विवरण सार्वजनिक गरियोस् ।
हामीले सचेत नागरिकका नाताले विराटनगर नागरीक अभियानको तर्फबाट महानगरको वृहत्तर विकासका लागि आवश्यक देखेका केही महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका छौं । आशा छ हामीले दिएका सुझावलाई ग्रहण गरी नगरवासीले अनुभूत गर्ने गरी काम थालनी गर्नुहुनेछ । हामी यसको निरन्तर पैरवी र वकालत गरिरहनेछौ ।