जमिन प्लटिङ भए–अन्न बिनाका कोठी र भकारी लोप

<span class='c1'>जमिन प्लटिङ भए–अन्न बिनाका</span> <span class='c2'>कोठी र भकारी लोप</span>

विराटनगर । तराईमधेशमा धान लगायतका अन्नबाली भण्डारणका लागि बनाउने गरिएको पारम्परिक कोठी र भकारी लोप हुँदै गएको छ ।

अचेल भित्री ग्रामीण बस्तीहरुमा फाट्टफुट्ट मात्र कोठी र भकारी देखिन्छ । प्लास्टिक र फलामका सामाग्रिहरुको प्रयोग बढेपछि कोठी र भखारी बनाउने चलन लोप हुँदै गएको हो ।

केहि दशक अघिसम्म तराईमधेशका अधिकांश किसानको घर आँगनमा अन्नबाली भण्डारणकालागि बनाईने माटोको कोठी र भखारी बनाईन्थ्यो । लिसाइलो माटो मुछेर बनाइने कोठीमा राखिने बालीमा घुन नलाग्ने भएकाले यसको अत्यधिक प्रयोग गरिन्थ्यो । माटाका कोठीमा बाली राखेपछि न घुनले खाने डर हुन्छ न त पोखिने चिन्ता । माटाका कोठीमा खाद्यान्न राखेर माटाकै ढक्कनले छोपेपछि बिषादिको प्रयोग बिना नै वर्षौैंसम्म जस्ताको त्यस्तै सुरक्षित रहन्छ ।

मोरङ कटहरी गाउँपालिका–१ सुनैनादेवी राजवंशीका अनुसार प्राचीन मिथिला क्षेत्रमा माटाका कोठी बनाउनु कौशलका रूपमा लिइन्थ्यो । तत्कालिन समयमा माटाका कोठी खाद्यान्न सुरक्षाकालागि भरपर्दो उपाय भएकाले यो कौशल र संस्कृतिसँग जोडिएको थियो । विगतमा तराईमधेशमा बुहारी छनोट गर्नुपूर्व कोठी बनाउनुका साथै सिक्की भनिने काँसको गुवोबाट ढक्की बनाउन जाने नजानेको बिषयमा विवाहकालागि छनौट गरिने कन्यालाई प्रश्न राख्ने गरिन्थ्यो ।

विगतमा तराईमा बिघौंबिघा जग्गाका मालिक हुँदा एउटै घरमा निकै गहुँ, चना, रहरलगायत फसलहुने र धानचामल पनि निकै थन्क्याउनु पर्ने हुन्थ्यो । त्यतिबेला घुन र मुसाबाट खाद्यान्न बचाउन कोठी बनाउने चलन थियो । यसैगरी खाद्यान्न भण्डारणको तत्कालिन अर्को उपाय भकारीपनि अब फाट्टफुट्ट मात्र देखिन्छ ।

तराईका डोम र बिन समुदायको जातीय सीप मानिने भकारी बनाउने सीप पनि अब माग हुन छाडेपछि हराउँदै गएको छ । भकारीलाई बाहिरबाट माटोले पोतेर माथि खरको छाना लगाएपछि वर्षौं वर्षसम्म धान लगायतका अन्न सुरक्षित रहन्छ । पछिल्लो समय किसानले भकारीको मागगर्न छाड्नाका साथै पछिल्लो पुस्ता अन्य वैकल्पिक काममा लाग्दा यो सीप र पेसा हराउँदै गएको छ ।
आधुनिकताले जनजीवनको सबै पक्षलाई गाँज्दै गएको पछिल्लो समय खाद्यान्न थन्क्याउन प्लास्टिकका ड्रमहरुको प्रयोग गर्न थालिएको छ । हाल टिनको ड्रममा बिषादि हालेर बर्षभरिकालागि खाद्यान्न भण्डारण गरिन्छ । धनपालथान गाउँपालिका–५ निर्मला ऋषिदेवका अनुसार अहिले भकारी माग्ने जमाना गइसकेको छ । कोठी र भकारीमा विषादीको प्रयोग बिना नै लामो समयसम्म खाद्यान्न बाली भण्डारण संरक्षण गर्न सकिने भएकाले यसको उपयोगिता अझपनि लाभदायक हुनसक्छ । सबै कुरा रेडिमेड प्रयोगगर्ने बानीको बिकास भएसंगै कोठी तथा भखारीसंगै पारम्परिक, उपयोगि सिप तथा बस्तुहरु लोप हुँदै गएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्