“गुँदपाक, मिठाई र सभासद” -विजय खतिवडा

“गुँदपाक, मिठाई र सभासद” -विजय खतिवडा

bijay khatiwadaसंविधानसभामा माघ ५ गते राति जुन ताण्डव भयो त्यसले सबै नेपालीको टाउको वेइज्जतले तल  निहुरिएको छ । नयाँ संविधान बनाउन गएका माननीय सभासदबाट भएको त्यस्तो हर्कतले विश्वमा नेपालप्रति हेर्ने दृष्टिकोणप्रति गलत सूचना गएको छ । त्यो रात संविधानसभामा भएको बैठकमा कुर्सी  तथा माइक तोडफोडमा स्वयम्  संलग्न भएका प्रतिपक्षी दलका नेताहरुले गल्ती भएको स्वीकारेका छन् ।

त्यो काण्डले गर्दा त्यसमा संलग्न मात्र होइन सबै सभासदप्रति नै  जनताको आक्रोस छ । माघ ८ मा संविधान दिन्छौ भनेर धोका दिएकोमा सत्तँरुढ दलका सभासदप्रति पनि जनता झन बढी निरास र आक्रोसित छन् । उनीहरु काठमाडौंको गुँदपाक, विराटनगरको मिठाई जस्तै दुर्गन्धित भएका छन् ।

काठमाडौं जानेहरुले फर्कदा कोसेलीको रुपमा गुँदपाक बोकेर नल्याए आफन्त तथा इस्टमित्र खल्लो मान्थे । नयाँ सडकको मूलद्वार मै रहेको न्यूरोड गुँदपाक कर्नरमा तात्तातो गुँदपाक किन्नेको लाम नै हुन्थ्यो ।

तीन वर्षअघि अनुगमन टोलीले न्यूरोड गु“दपाक कर्नर लगायतका गुँदपाक बेच्ने पसलका भान्सा तथा गोदाम घरमा निरीक्षण गर्दा साह्रै अव्यवस्थित पायो । यतिसम्मकि दिसा बग्ने खुल्ला नाली छेउमै  गुँदपाक बनाउनको  लागि संकलन गरि राखिएको  कुहिएको लालमोहन, मिठाईहरु कराईमा राखिएका थिए । यस्लाई विभिन्न छापा सञ्चार माध्यम तथा टेलिभिजनले पनि देखायो ।  त्यसपछि गुँदपाकको नाम लिनसाथ सबैले छिःछिः  गर्न थाले । त्यसपछि गुँदपाकको बजार स्याप्पै सुक्यो । त्यसको असर अहिलेसम्म पनि छ ।

विराटनगरमा मिठाई भन्नसाथ यूनिकको मिठाई भन्ने प्रत्येकको मुखमा सुन्न पाइन्थ्यो । कुनै अवसरमा मिठाई खाने भनेपछि यूनिकको नाम लिइन्थ्यो । तर अहिले त्यस्तो छैन ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको अगुवाईमा यही माघ ४ र ५ गते गरेको मिठाई दोकानको अनुगमनमा सबै मिठाई पसल फोहोर र दुर्गन्धित भएको पाएको छ  । त्यसमध्ये  युनिक मिठाई दोकानले अध्यधिक मिसावट समेत गरेको पाइएपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाको अनुगमन टोलीले सिलबन्दी पनि गर्यो ।

अतिथि  सदन छेउको बिकानेर स्वीट्समा त अनुगमन टोलीले मिठाइलार्ई कट्टु, धोती, गञ्जीले छोपेको अवस्थामा भेटाएको थियो । अनुगमनमा कुनैपनि मिठाई दोकान सफा नदेखिनुलाई हामीले पवित्र मानी मन्दिरमा चढाएर बाँडिने मिठाई कति अशुद्ध रहेछ भन्ने स्पष्ट हुन्छ । यस्ले गर्दा अहिले विराटनगरमा मिठाईप्रतिको आकर्षक घटेको छ । फेरि उपभोक्तालाई आकर्षक गर्न मिठाई पसलेले अनुगमन समिति बोलाई सफाई भएको प्रमाण पेश गर्नै पर्छ ।

२०६४ सालमा भएकोे निर्वाचनबाट गठित  संविधानसभाले निर्धारित दुई वर्षमा र अरु थप दुई वर्षमा पनि संविधान जारी गर्न नसकी  विघटन भयो । फेरी २०७० सालमा भएको निर्वाचनबाट गठित दोस्रो संविधानसभाले पनि प्रतिवद्धता गरे बमोजिम २०७१ माघ ८ गतेको निर्धारित एक वर्षमा म्यादमा पनि नया“ संविधान जारी भएन ।

स्थानीय निर्वाचन  र निर्वाचित संसद विहीन भएको लामो समय भएको अवस्थामा गठित संविधासभाका सभासदको मान धेरै उच्च थियो । तर ४ वर्षमा पनि संविधान दिन नसकेपछि उनीहरुको मान धेरै गिर्यो । अझ दोस्रो संविधानसभाले पनि सभासदकै प्रतिवद्धता अनुसार संविधान जारी नभएपछि सभासदको मान गिर्ने नै भयो ।

साभारः उदघोष दैनिक,विराटनगर २०७१ माघ १६ गते शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्