रौतहटमा बिद्युत चोरी बढ्दै

रौतहटमा बिद्युत चोरी बढ्दै

रौतहटमा बिद्युत चोरी बढ्दै गएको छ । दुई साता यता मात्र बिद्युत चोरी गर्ने १ सय ८५ जना लाई नेपाल बिद्युत प्राधिकरण रौतहट शाखाले पक्राउ गरी कारबाही गरेतापनि ग्रामिण बस्तिका घर–घरमा अझै बिद्युत चोरी नरोकिएको हो ।

गत मंसिर १६ गते देखि चोरी नियन्त्रणको अभियान थालेको प्राधिकरणले यस अबधिको २३ दिनमा जिल्लाका बिभिन्न भेगमा बिजुली चोरी गरेर उपभोग गर्दै आएका लाई पक्राउ गरेको थियो । उक्त अभियानबाट प्राधिकरणले जरिवाना बापत २१ लाख रुपैयां राजश्व संकलन गरेको छ ।

प्राधिकरणले कारवाही गर्दा गर्दै पनि रौतहटका ग्रामिण भेगका बस्तिमा अझैपनि खुलेयाम बिद्युत चोरी भैरहेको छ ।

नेपाल बिधुत प्राधिकरण रौतहट शाखाले ग्राहक लाई मिटर बितरण समेत गर्दै आएको छ ।

रौतहटका अझै पनि ५० प्रतिशत भन्दा माथि बिद्युत चुहाबट रहेको प्राधिकरणले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्