वीपीमा शल्याक्रियापछि मात्रै कोरोना परीक्षण, रिपोर्ट पोजेटिभ आएपनि बच्यो बिरामीको ज्यान

<span class='c1'>वीपीमा शल्याक्रियापछि मात्रै कोरोना परीक्षण, रिपोर्ट</span> <span class='c2'>पोजेटिभ आएपनि बच्यो बिरामीको ज्यान</span>

विराटनगर । सात घण्टादेखि मूत्रथैलीमा पीसाब भरिएका कारण दुखाईले छट्पटाउँदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका मोरङका ७८ वर्षीय पुरुषको तत्काल शल्याक्रिया गर्नुपर्ने अवस्था थियो ।
गत भाद्र ९ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएपछि यूरोलोजी विभागका चिकित्सक पनि अलमलमा परे । पीसीआर परीक्षणको रिपोर्ट पर्खने की बिरामीको शल्याक्रिया गर्ने ?

पीसीआर परीक्षणको रिपोर्ट पर्खदासम्म बिरामीको ज्यान जान सक्थ्यो, वीपीको यूरोलोजी विभागका प्रमुख डा.सुधिर सिंहले भन्नुभयो–बिरामीको ज्यान बचाउन पहिले शल्याक्रिया ग¥यौं । डाक्टर सिंहको नेतृत्वमा डा.आवाज काफ्ले र नर्सहरू शारदा शिवा र कविता सुब्बाको टोलीले आकस्मिक शल्याक्रिया गर्नका लागि आफैं स्वास्थ्य सुरक्षाको सामाग्री प्रयोग गरेर अप्रेशन थिएटरमा छुट्टै शैयामा राखेर शल्याक्रिया गरिएको हो ।

यस्तो समयमा चिकित्सकले आफ्नो धर्म निर्वाह गर्नुपर्ने हुँदो रहेछ, डाक्टर सिंहले भन्नुभयो–हामीले पूर्ण सतर्कताका लागि पीपीई र आवश्यक उपकरणहरु प्रयोग ग¥यौं ।
दुईवर्षदेखि प्रोस्टेटको समस्याले थलिनु भएका उहाँको समस्या बिकराल बन्दै संभावित क्यान्सरको जोखिम समेत देखिएको थियो । दुई हप्ता अगाडी साउन २४ गते विराटनगरमा शल्याक्रिया गरिएपछि मूत्रथैलीमा रगत जम्ने समस्याले उहाँको स्वास्थ्यमा अझै खतरापूर्ण अवस्थामा पुगेको थियो । वीपीमा भर्ना गर्न परिवारले पु¥याउँदा स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो ।

शल्यक्रियापछि बिरामीको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो, डाक्टर सिंहले भन्नुभयो–हामीले सिंगल क्याबिनमा राखेका थियौं, त्यसपछि कोभिड आईसोलेशनमा सारेर उपचार ग¥यौं । बिरामीलाई वीपीको आईसोलेशनमा राखेर यूरोलोजीसहितको चिकित्सकको टोलिले आवश्यक निगरानी गरेपछि ६ दिनमै घर फर्काउन सक्ने अवस्था सिर्जना बन्यो, प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले भन्नुभयो–अहिले होम आईसोलशेनमा बस्ने गरि पठाएका छौं ।

कोरोना पोजेटिभ देखिएपनि लक्षण नदेखिएका कारण बिरामीको स्वास्थ्यमा बाँकी कुनै समस्या नदेखिएको हो । शल्याक्रियामा सावधानी अपनाएका कारण चारैजना स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट समेत नेगेटिभ आएको डाक्टर सिंहले जानकारी दिनुभयो ।

हाम्रो सन्देश यो छ की, जटिल समस्या देखिएका बिरामीको उपचारमा चिकित्सकले समयमै ध्यान दिनुपर्दछ, डाक्टर सिंहले भन्नुभयो–चिकित्सकले अपनाउने सावधानीले कोरोनोको जोखिमलाई परास्त गर्न सकिन्छ । वीपीमा शल्याक्रियाका लागि प्रयोग गरिएको अप्रेशन थिएटर र शल्याक्रियापछि बिरामीको राखिएको वार्ड समेत शिल गर्नुपर्ने अवस्था नआएको डाक्टर सिंहले दावी गर्नुभयो । बिरामी तथा आफन्तजन जो कोहीलाई संभावित कोरोना संक्रमण हुन सक्ने संभावना रहेपनि आवश्यक सतर्कता, बिरामीको तुरुन्त आकस्मिक शल्यक्रिया गर्ने निर्णयले जीवन रक्षा गर्न सकियो । यसले मानव जीवनको रक्षा गर्न चिकित्सकको पहल सकारात्मक भयो, डाक्टर सिंहले भन्नुभयो–पहिले पीसीआर की पहिले सावधानीसहित उपचार ? भन्ने मान्यतालाई स्थापित गर्ने आधार पनि बनेको छ ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर सापकोटाले समाजमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेका कारण बिरामीको पूर्ण ठेगानासहितको विवरण नखुलाइएको बताउनुभयो । विराटनगरमा समेत शल्याक्रियापछि बिरामीको मूत्रथैलीमा जमेको रगत दुई पटकसम्म सफाई गरिसकिएको परिवारले चिकित्सकलाई जानकारी दिइका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्