रतुवा खोलामा पुलमुनीको पुल तर्छन् रतुवामाई र गौरीगञ्जका स्थानीय

<span class='c1'>रतुवा खोलामा पुलमुनीको पुल तर्छन्</span> <span class='c2'>रतुवामाई र गौरीगञ्जका स्थानीय</span>

रबिन्द्र बराल
रंगेली । मोरङ र झापालाई जोड्ने रतुवा खोलामा पक्की पुल निर्माण भईसकेको छ । तर, खोला तर्न पुलमुनी अर्को बाँसको पुल लगाइएको छ ।
मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगञ्जकालाई छुट्याएको रतुवाखोलामा पक्की पुलमुनी कच्चा बाँसको पुलको सहारा स्थानीयले लिने गरेका हुन् ।
मोरङको आमबाडीबाट हुलाकीमार्ग हुँदै झापाको गौरीगञ्जतर्फ जाने र गौरीगञ्ज हुँदै मोरङमा आउनेहरु रतुवा खोलामाथि बनेको पुल हेर्छन् मात्रै । नयाँ  भए पुल देखेर छक्क पर्दछन् । जमिनको सतहभन्दा पुल अग्लो स्थानमा छ । जमिनको सतहलाई पुलले नछोएका कारण पुल मुनी अर्को पुल लगाएर स्थानीयले वारपार गर्नुपर्ने अवस्था छ ।


बाँसको पुलबाट मोटरसाइकल र साइकल डोहो¥याउँदै हिड्ने कतिपय बटुवा खोाल बीचमा पुगेपछि लड्छन् । अत्तालिदैं उठ्छन् र पुनः दुःख र कष्टसहित खोला पार गर्दछन् ।
हुलाकी राजमार्ग भएर आवतजावतमा सहज बनाउन २०६५ साउन १ गते यो पुलको शिलन्यास गरिएको थियो । सातवर्षपछि २०७२ साल जेठमा रतुवाको पुल निर्माण सम्पन्न भएको हो ।

राज्यको दश करोड ४१ लाख ९४ हजार ९२८ रुपैँया खर्चेर बनाइएको पुल भने स्थानीयको ओहोरदोहोरमा समेत प्रयोग गर्नसक्ने अवस्थामा छैन । निर्माण भएर पनि प्रयोग गर्नसक्ने गरि त्यसले पूर्णता पाएको छैन । २०५ मिटर लम्बाई र साढे सात मिटर चौडाईको पुललाई ९ वटा पीलरले अड्याएर ते¥याएको छ । तर, खोला तर्न भने स्थानीयले बनाएको बाँसको पुलको सहयोग लिनुपर्ने बाध्यता रहेको हो ।
स्थानीयले बाँसको पुलबाट खोला तर्न समेत पैसा बुझाउँदै आउनु परेको छ । मोटरसाइकल तार्न ३० र साइकल तार्न २०, पैदल यात्री तर्न १० रुपैँया बुझाउनु पर्ने स्थानीय कैलाश श्रेष्ठले बताउनुभयो ।

रतुवामाई नगरपालिकाका मेयर रबिन राईले बाँसको पुल निर्माण गरेर रकम निले स्थानीयहरुलाई नगरपालिकाले सहजीकरण गर्ने योजना ल्याएको बताउनुभयो । उहाँका अनुसार झापाको गौरीगञ्ज र मोरङको रतुवामाईले बाँसको पुल निर्माणका लागि भएको खर्च बेहोर्ने र सर्वसाधारणलाई वारपारका लागि सहज गर्ने विषयमा छलफल सुरु गरिसकेको बताउनुभयो ।

तर, बाँसको पुल तर्नका लागि निःशुल्क गर्दा पुलको संरक्षण नभएको मेयर राईको भनाई छ । सडक डिभिजन कार्यालय अन्तर्गत सुनसरी–मोरङ पुल आयोजना इकाई कार्यालय इटहरीले निर्माण गरेको रतुवाको पुल हुलाकी राजमार्गसँग जोडिएको छैन ।
हुलाकी राजमार्ग आयोजनाले समेत राजमार्गको मापदण्ड अनुसारको पुल निर्माण नभएको भनेर स्वीकार गर्न आनाकानी गर्दै आएको मेयर राईको भनाई छ । हामीले तत्काल सडक सञ्जाललाई पुलमा जोड्नुपर्छ भन्या छौं, मेयर राईले भन्नुभयो–खोलामाथिको पुल कतिदिन हेरेर स्थानीयले बाँसको पुलको सहारा लिनुपर्ने भन्ने टुङ्गिएको छैन ।

रतुवा खोलाको पुल निर्माणपछि झापा र मोरङको दक्षिणवर्ती क्षेत्रका बासिन्दाको विराटनगर–भद्रपुरसम्म आउजाउ सहज हुने अपेक्षा राखिएको थियो । मोरङका दक्षिणी क्षेत्रका स्थानीयलेृ झप्परतल, रंगेली हुँदै विराटनगर झर्न सहज थियो । झापाको भद्रपुरसम्म पुग्नका लागि आमबाडी–गौरीगञ्ज–कुञ्जीबाजार हुँदै माईखोला तरेर शरणामतीको बाटो झापातर्फ निर्माणको क्रममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्