- पुरुषोत्तम भण्डारी
बि.बि.सी. रेडियोको बिहानको नेपालि सेवामा सोधिएको प्रश्न नै आजको "शिर्षक" हो ! प्रश्न ठिकै हो , सरकारी विद्ध्यालयमा धेरै बिद्यार्थी पास गराउन के गर्नुपर्छ ? भने पछि, एस.एल.सी. फेल हुने कुरो अन्तराष्ट्रिय स्तर मैं चर्चाको विषय भैसकेछ !
प्रायजसो:एस.एल.सी. परीक्षाको नतिजा आइसके पछि , देशै भरि खैला-बैला हुने गर्छ र चारैतिर बाट विभिन्न किसिमका प्रश्नहरु तेर्स्याउन थालिन्छ ! प्रश्नहरु तेर्स्याए मात्रै त हुन्थ्यो नि, बिचरा !सरकारी स्कुलहरुमा पढाउने शिक्षकहरुको त हुर्मतै लिईन्छ ! शायद त्यस्तो बेलामा चाहिं सरकारी स्कुलहरुमा पढाउने शिक्षकहरु लाई ठुलो ग्लानि पनि हुँदो हो , छ्या ! कुन जन्मको पाप गरिएछ र यो शिक्षक भन्ने पद खान आईएछ भनेर !
सबै सरकारी स्कुलका शिक्षकहरु लाई यस्तो ग्लानि नहुन पनि सक्ला तर जो सोर्स-फोर्स लगाएर ति सरकारी स्कुलामा झुण्डीएका मात्रै हुन्छन , पढाउन हैन नि , सके पो पढाउनु , जाने पो पढाउनु , त्यस्ता शिक्षक लाई चाँही एस.एल.सी.को नतिजा निस्किनु अगावै देखि नै छटपटी हुनथाल्छ होला , यो मेरो अनुमान मात्रै हो ! किनभने सरकारी स्कुलका केहि शिक्षक हरु योग्य पनि हुनुहुन्छ र आफ्नो कर्तब्य राम्रो संग नै निभाईरहनुभएको पनि छ ! तर जो योग्य छैनन् र जसले आफ्नो कर्तब्य राम्रोसंग निभाउन सकिरहेका छैनन् , उनीहरु लाई चाहिं यो अवधि सांच्चिक्कै पिडादाई हुन्छ होला ! केहि ढीठहरु लाई छोडेर है ! जो ढीठ छन , उनीहरु त खुल्लम-खुला लाज पचाएर हिंडीनैरहेका छन , न उनीहरुलाई कसैको मतलव छ, न चासो नै छ !
चासो दिएर बिद्यार्थी पढाउने हो भने के होला त ? के त्यसपछि चाहिं सरकारी स्कुलका बिध्यार्थिहरु पनि प्राइभेट -स्कुलकै जसरि सजिल्यै पास हुन्छन होला त ? एक्लो स्कुलको प्रयासले मात्रै यो कुरो सम्भव होला कि , यत्रो ठुलो जिम्मेवारी कोलागि अभिभावकहरु पनि अघि सर्नु पर्छ होला त ? कि स्कुल , अभिभावक र अन्य क्षेत्र पनि यसका लागि अघि बढ्नु पर्छ होला त ?
यी सबै कुराहरु लाई मनन गर्दा ,यो लेखक लाई चाहिं कस्तो लाग्छ भने हामि सबैले सामुहिकरुपले जिम्मेवारी बोध गर्दै आ-आफ्नो क्षेत्र बाट केहि न केहि योगदान गर्नै पर्छ ! आफ्ना बाल-बालिका लाई स्कुल पठाउने अभिभावकहरुले ति बाल-बालिका लाई स्कुल मात्रै पठाएर आफ्नो जिम्मेवारी सक्कियो भन्नु हुँदैन ! त्यसरी नै स्कुलका शिक्षकहरुले पनि किताबका पाना पल्टाएर अक्षर फलाक्दैमा आफ्नो जिम्मेवारी सकियो भन्नु हुँदैन !
र त्यसरी नै अनुगमन गर्ने निकायले पनि खै ! केहि काम आएन , आज त दिनभरी झिंगा मारेर पो बस्नुपर्यो वा भनौं अहिलेको चल्तीको फेस-बुक चलाएर समय काटियो भन्नु भएन ! बेला-बेलामा अनुगमन गर्नुपर्यो , कुन स्कुलले के गर्दो रहेछ र कुन स्कुलले कसरि पढ़ाऊँदो रहेछ भनेर छड्के जांच गर्नुपर्यो ! सबैभन्दा ठुलो कुरो त हाम्रो सामाजिक वातावरणमा के कस्ता कुराहरुले खलल पुर्याइरहेका छन र तिनको नराम्रो प्रभावले अहिलेको बालक पुस्ता ,जो पछि गएर देश चलाउने पुस्ता हुनेछ , तिनीहरु लाई कसरि बिचलित गराईरहेको छ भन्ने कुरा हामि सबैले बुझ्नु आवस्यक हुन्छ ! अनिमात्रै , सरकारी स्कुलका बिध्यार्थिहरु पनि पास हुने एउटा वातावरण बन्छ !
के अभिभावकले आफ्नै छोरा-छोरी फेल होउन भन्छन र ? अंह ! भन्दैनन तर ब्यबहारले चाहिं फेल नै होउन पनि भन्दारहेछन ! कसरि र किन भन्ने प्रश्न आउन सक्छ ! कसरि भन्दा मेरो जवाफ छ,: छोरा-छोरीले के कस्तो पढ्छन भनेर कहिल्यै नहेर्नु , पर्याप्त समय नदिनु , आफु एउटा कोठामा बसेर टि.भी. हेर्नु तर छोरा-छोरी लाई चाहिं अर्कै कोठामा बसेर पढ !पढ ! मात्रै भन्नु तर के पढ्नु र कसरि पढ्नु भन्ने कुरामा कहिल्यै सहयोग नगर्नु , बरु गालि गर्नु झर्किनु र चिच्याउनु , ट्युसन -टिचर राखिदिएकै छ नि भनेर त्यो एक-घन्टे टिचरको भरपर्नु तर त्यो टिचरले के कस्तो पढ़ाऊँछ , पढाउन थाले पछि आफ्ना छोरा-छोरीको पढाई सप्रियो कि सप्रिएन भनेर मुल्यांकन नगर्नु , जथाभावी रुपियाँ -पैसा दिएर आफ्नै बाल-बालिकाको बानि बिगार्नु , जे भन्यो त्यहि पुर्याइदिएर छाडा छोड्नु , यी र यस्तै धेरै त्यस्ता स-साना देखि लिएर ठुला-ठुला कुराहरु छन , जुन केहि अभिभावकहरुले गर्नुपर्ने /नगर्नुपर्ने कार्य गरेर आफुले नै आफ्ना छोरा-छोरीको पढाई बिगारिरहेका हुनसक्छन ! मैले उल्लेख गरेका कुराहरु हुन पनि सक्छन वा नहुन पनि सक्छन तर भन्न खोजेको मूल कुरो चाहिं के हो भने अभिभावकले आफुले गर्नुपर्ने कर्तब्य स्कुल पठाउनु मात्रै हैन है , फी तिरिदिनु मात्रै पनि हैन है , अन्य धेरै कुराहरु पनि छन है !
के कुनै पनि स्कुलको शिक्षकले चाहिं आफ्ना बिद्यार्थी फेल होउन भन्छ र ? हो भन्दैन , मुखले त कहिल्यै भन्दैन तर ब्यबहारले पो भनिरहेको छ कि ? शिक्षकमा हुनुपर्ने सबैभन्दा ठुलो गुण भनेको सकारात्मक हुनु हो ! हुन त सबै शिक्षक एकै प्रकारका हुँदैनन् ! एकथरी शिक्षक सकारात्मक हुन्छन , दोश्रो थरि नकारात्माक हुन्छन र तेश्रो थरि चाहिं न्युट्रल हुन्छन ! सकारात्म शिक्षकले सधैं भरि आफ्ना विद्यार्थीको भावना बुझेर उनीहरुले कसरि बुझछन भन्ने प्रयत्न गरेर पढ़ाऊँछन ! उनीहरु कुनै पनि समयमा आफ्ना बिद्यार्थी कोलागि उपलब्ध भैदिन्छ्न ! नजानेको कुरो सोद्धा कहिल्यै झर्किदैनन,विद्यार्थीले जत्ति पटक सोधे पनि झर्किदैनन !
! मिलनसार भएर मायालु वातावरणमा आफ्ना बिद्यार्थीहरु लाई शिक्षा दिन्छन ! नयाँ -नयाँ तरिका अपनाएर कसरि हुन्छ सहज र सरल तरिकाले पढ़ाऊँछन ! उनीहरु कक्षा-कोठा भित्र वा बाहिर जसले जहाँ सोधे पनि सहज भावले सिकाइदिन्छन ! अर्को तिर नकारात्मक शिक्षक हरु सकारात्मक शिक्षकको ठिक बिपरित हुन्छन , न त राम्रो पढ़ाऊँछन , न त राम्रो ब्यबहार नै गर्छन ! जसरि हुन्छ , विद्यार्थीको हुर्मत लिन पाए भने खुशी हुन्छन , पर-पीडक जस्ता ! न्युट्रल शिक्षक चाहिं नाम अनुसारकै न्युट्रल नै हुन्छन , कुनै बेला राम्रा , कुनै बेला नराम्रा जस्ता तर न त राम्रा , न त नराम्रा ! त्यसैले शिक्षक भएर मात्रै भएन , पढाएर मात्रै भएन , एउटा शिक्षक का जिम्मेवारी धेरै हुन्छन , त्यस्ता जिम्मेवारी बोध गर्ने असल र सकारात्मक शिक्षक बनिदिनुपर्यो !
बिद्यार्थी आफैं पनि त पढ्दैनन् नि , तिनीहरुले चाहिं पढ्नु पर्दैन ? हुने बिरुवाको चिल्लो पात , पढ्नेले बिजुलीको खम्बा मुनिको उज्यालोमा पनि पढिरहेका छन, नहुने बिरुवाको खस्रो पात भने झैं , नपढ्ने नाथे फेल त हुन्छ नि , हामीले के गर्नु ? आफैं लेखिदिनु भएन , चोराउन जानु भएन , के गर्नु ? मर्नु ? कि मार्नु ? काट्नु ? कसरि पास गराउनु त ? यस्ता धेरै गुनासा म आफैंले पनि सुनेको छु , घर भित्र, घर-बाहिर, समाजमा , चारैतिर ! हुन पनि हो, मधौरुले माड नै नपीइदिए पछि , औषधि नै नलिए पछि , डाक्टरले /बैद्यले मात्रै जत्ति नै गरे पनि के पो हुन्छ र ? यो समस्या सानो होइन , तर धेरै ठुलो पनि होइन ! बिद्यार्थी लाई राम्रो संग पढ्ने वातावरण मिलाइदिने जिम्मेवारी नै सबै भन्दा ठुलो जिम्मेवारी हो ! र, यो जिम्मेवारी कुनै एकले मात्रै पुरा गरेर हुँदैन , सबै क्षेत्र बाट , हामि सबैले नै पुरा गर्नुपर्छ , र विद्यार्थीको भागमा परेको जति चाहिं , बिद्यार्थी स्वयमले पनि पुरा गर्नुपर्छ ! तर, एक्लो जिम्मेवारी कसैलाई पनि छोड्नु हुँदैन !
तर , सबै भन्दा ठुलो जिम्मेवारी चाहिं कक्षा -शिक्षकको हुनुपर्छ ! कुनै पनि कक्षा शिक्षक जहिल्यै पंगचुअल हुनुपर्छ ! उ श्रीजनात्मक हुनैपर्छ ! उ सकारात्मक हुनैपर्छ ! उ मिलनसार , सहयोगी र मायालु स्वभावको हुनै पर्छ ! सबै बिद्यार्थी लाई समानरुपले समय दिएर बुझिने र प्रष्टरुपले पढ़ाऊँनु पर्छ ! पढ़ाऊँदा शुरु-शुरुमा स-साना अनुच्छेदहरु पढाएर , त्यस्ता अनुछ्छेद बाट स-साना प्रश्नहरु बनाएर हल गर्न दिनुपर्छ ! त्यस्ता अनुच्छेद बाट मूल-मूल कुराहरु के हुनसक्छन भनेर बुँदागत रुपले छुट्याएर देखाइदिनु पर्छ , र बिद्यार्थी लाई पनि अभ्यास गराउनु पर्छ !
एकै पाठमा धेरै अनुच्छेद हुनसक्छन , समय धेरै लाग्छ भनेर सोलो-ढोलो एकै चोटी पढाउनु हुँदैन !शुरु-शुरुमा धेरै समय लागे पनि , पछि बुझ्दै गए पछि तिन-चार ओटा अनुच्छेद लाई समेटेर एकै अनुच्छेद जस्तो पारेर अभ्यास गर्न सिकाउनुपर्छ ! नेपालि विषयमा र अंग्रेजी विषयमा त बुँदा-टिपोट वा नोट-मेकिङ्ग हुन्छ र पो त्यसो गर्न सकिएला , अरु विषयमा चाहिं के गर्ने नि ? यस्तो प्रश्न पनि गर्न सकिन्छ ! तर म भन्छु कि सबै विषयमा यहि तरिका अपनाएर पढाउन सकिन्छ ! यसरि पढाउँदा क्लास भित्रको निश्चित समय लाई ख्याल गरेर , शुरु-शुरुमा ठिक्कका समय संग मेल खाने पाठ हरु छानेर पढाउन /सिकाउन सकिन्छ ! प्रथम पाठ देखि अन्त्य पाठ सम्म लगालग पढाउनु पर्छ भन्ने केहि छैन ! पछि विद्यार्थीले बुझ्दै गए पछि , थोरै समयमा पनि धेरै अनुच्छेद गर्ने बानीको विकास गरिसकेका हुनेछन ! त्यसैले , सामाजिक, इतिहास , अर्थ-शास्त्र , एकाउन्ट , विज्ञान सबै विषयमा यहि तरिका अपनाएर अभ्यास गराएर निपुण बनाउन सकिन्छ !
अनि म्याथमा चाहिं नि ??? म्याथ पनि त एकै चोटी ठुलो हुँदैन होला , कि हुन्छ ? स-साना क्लाशमा पढेका स-साना कुराहरु सधैं भरि याद भैरहदैनन , त्यस्ता कूराहरु चाहे म्याथमा होस् या अंग्रेजीमा , नेपालीमा वा विज्ञानमा या अन्य कुनै पनि विषयमा होस् सधैं भरि दोहोरिएर आइरहेका हुन्छन !तर बिद्यार्थीले पहिले नै बिर्सिसकेका हुनसक्छन , झन् कमजोर विद्यार्थीले त याद नै गर्न सकेका हुँदैनन् !
त्यस्ता कुराहरु लाई आधारभुत कुरा मानेर जुनै कक्षामा पुगे पनि एकपटक दोहोर्याएर मूल-मूल कुरा सिकाइदिए के हुन्छ ? झन् आफ्नै बिद्यार्थी जान्ने हुन्छन र आफुलाई अगाडिका ठुला र गार्हा पाठहरु बुझाउन झन् सजिलो हुन्छ ! बिद्यार्थी पनि खुशी हुन्छन , शिक्षक लाई पनि सहज र सरल हुन्छ ! म्याथमा चाहिं कसरि गर्ने नि , नोट-मेकिङ्ग हो कि बुँदा-टिपोट ??? यस्तो प्रश्न उठ्न सक्छ
! म्याथमा पनि भन्न सकिन्छ कि यो पाठमा नजानी नहुने , सिक्नै पर्ने आधार-भुत कुरा हरु यी-यी हुन् , शुत्र हरु यी-यी हुन्, फलाना -फलाना नम्बरका प्रश्न चाहिं यी-यी तरिकाले हल गर्न सकिन्छ र फलाना -फलाना प्रश्न हरु चाहिं अलिक भिन्नै यी-यी तरिका अपनाएर हल गर्नु पर्छ भनेर टुक्रा-टुक्रा पारेर सिकाएर अभ्यास गराउनु पर्छ ! सबैभन्दा धेरै अभ्यास म्याथमा र विज्ञानमा गराउनु पर्छ ! किनभने अरु विषय एक-दुई चोटी पढेर जानिए पनि , म्याथ चाहिं कपिमा अभ्यास नगरी जानिदै -जानिदैन ! कपिमा अभ्यास गरेपछि माइन्डमा छपिएर बस्छ !
त्यसैले म त भन्छु , जुनसुकै विषय होस्, पढ्नु -घोक्नू भन्दा लेखेर , बुँदा टिपेर , धेरै पटक अभ्यास गरे राम्रो हुन्छ !त्यसैले हाम्रा पुर्खाले भनेका होलान," ध्याउन्ति खेति , घोकन्ति बिध्या !" घोकन्ति भनेको कराएर घोक्नू पक्कै हैन , अभ्यास गर्नु हो ! ध्याउन्ति भनेको आउदै-जादै मात्रै गर्नु हैन , हेर-बिचार गरिरहनु पर्छ भनेको हो !
पुरुषोत्तम भण्डारी (९८४२०४१७१७)