प्राविधिक एसएलसी दिएका तीन हजारभन्दा बढी विद्यार्थी कहाँ, के पढ्नेअन्योलमा

प्राविधिक एसएलसी दिएका तीन हजारभन्दा बढी विद्यार्थी कहाँ, के पढ्नेअन्योलमा

१७ असार, काठमाडौ । एसएलसी पास भएका साधारणतर्फको विद्यार्थीको उच्च माविमा भर्ना प्रक्रिया शुरु भएको छ । तर, प्राविधिक एसएलसी दिएका तीन हजारभन्दा बढी विद्यार्थी कहाँ र के पढ्ने भन्ने अन्योलमा परेका छन् ।

शिक्षा मन्त्रालयले प्राविधिक विषय पढेका विद्यार्थीले उच्च माध्यामिक शिक्षा परिषद अन्तर्गत कक्षा ११ र १२ पढ्न पाउने निर्णय गरेको छ । तर, कुनै संस्था र पाठ्यक्रमको टुंगो लगाएको छैन । कतिवटा उच्च माविलाई प्राविधिक विषय पढाउन दिने भन्नेसमेत अहिलेसम्म टुंगो नभएको नयाँ पत्रिकामा खबर छ ।

उच्च माध्यामिक शिक्षा परिषदकी प्रवक्ता हीरा आचार्यले अब पढ्ने शैक्षिक संस्था तथा पाठ्यक्रमको छिटो टुंगो लगाउन प्राविधिक एसएलसी दिएका विद्यार्थी र उनीहरुका अभिभावकले दबाब दिन थालेको बताइन् ।

‘दिनदिर्न ग्रुप ग्रुपमा आएर विद्यार्थी र अभिभावकको दबाब दिइरहेका छन् । यो विषयमा परिषदको निर्णयले हुँदैन, शिक्षा मन्त्रालयको निर्णय हुनुपर्छ’, आचार्यले भनिन्, ‘मन्त्रालयले केही निर्णय गर्यो भन्ने हामीले पनि सुनेका छौं । तर, औपचारिक पत्र पाएका छैनौं । विद्यार्थी र अभिभावक आत्तिएकाले फाष्ट्र ट्रयाकमा काम गर्नुपर्ने अवस्था छ ।’

उच्च शिक्षाका लागि विद्यार्थी भर्ना लिने समयमा पाठ्यक्रम बनाउने तयारी भइरहेको छ । परिषद प्रवक्ता आचार्यले प्राविधिक विषयमा पाठ्यक्रमको खेस्रा तयार भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्