राजीनामा दिए कृषिमन्त्रीले

राजीनामा दिए कृषिमन्त्रीले

काठमाडौं । धान दिवस मनाउने क्रममा महिलाहरुलार्इ अभद्र शैलीमा समातेर आलोचित बनेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले पदबाट राजीनामा दिएका छन् ।
पराजुलीले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत प्रधानमन्त्री सुशील कोइरालालार्इ राजीनामा बुझाएका हुन् ।
पार्टीभित्र र बाहिरबाट मन्त्री पद छाड्न चौतर्फी दबाब परेपछि मन्त्री पराजुली बिहीबार बिहानै राजीनामा बुझाउन अध्यक्ष ओलीको बालकोटस्थित निबासमा पुगेका थिए ।

मन्त्री पराजुलीको हर्कतले एमालेमाथि नै चौतर्फी प्रश्न उठेपछि अध्यक्ष ओली र उपाध्यक्ष गौतम बुधबारै उनलार्इ हटाउने निचोडमा पुगेका थिए ।
आफूले नियतवश महिलालार्इ नसमातेको बताउने मन्त्री पराजुलीका हर्कतका तस्बिर र भिडियो सामाजिक सञ्जाल र सञ्चारमाध्यम भाइरल भएपछि उनको पद धरापमा परेको थियो ।
एमाले उपाध्यक्ष बामदेब गौतमको निकट भएकै कारण मन्त्री भएका पराजुलीले पदीय मर्यादा बिर्सेर महिलालार्इ अश्लील हर्कत देखाउँदै समातेपछि राजीनामा दिनुपरेको हो ।
यसअघि पनि मन्त्री पराजुलीले सार्वजनिक स्थानमै खैनी मोलेर खाएपछि बिरोधको सामना गर्नुपरेको थियो । मन्त्री पराजुलीले बुधबार दिनभर सञ्चारमाध्यममा आफूले महिलालार्इ नसमातेको स्पष्टिकरण दिएका थिए ।

अध्यक्ष ओली र उपाध्यक्ष गौतमले मन्त्री पराजुलीसँग हिजै स्पष्टिकरण लिएका थिए । स्पष्टिकरण दिने क्रममा मन्त्री पराजुलीले आफ्नो नियत गलत नभएको भन्दै बचाउको प्रयास गरेका एमाले स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्