प्रदेश १ मा तराई तीन जिल्लामा २०४ मतदानस्थल अति संवेदनशील

<span class='c1'>प्रदेश १ मा तराई तीन</span> <span class='c2'>जिल्लामा २०४ मतदानस्थल अति संवेदनशील</span>

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश १ का १४ जिल्लामा ११ हजार १५६ नेपाल प्रहरी र २० हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । प्रदेश १ का १ हजार ८९७ मतदानस्थलका चार हजार ९९ मतदान केन्द्रको व्यवस्थापन र भित्री सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन हुने भएका हुन् ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतका अनुसार निर्वाचन लक्षित सुरक्षा रणनीति बनाउन बुधबार इटहरीमा एकिकृत सुरक्षा संयन्त्रको बैठक बस्नेछ । त्यसले एकिकृत सुरक्षा योजना, अति संवेदनशील मददानस्थलमा सुरक्षा रणनीतिको विषयमा छलफल गर्नेछ ।

प्रदेशमा ४३८ मतदानस्थललाई अति संवेदनशीलको सूचिमा राखिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा ती स्थलहरुको सुरक्षा प्रवन्ध त्यहि अनुसार निर्धारण गरिने छ । प्रदेश प्रहरी प्रमुख सुदिप गिरीले निर्वाचनमा सुरक्षा चुनौती नभएपनि स्थानीय निर्वाचनको अनुभवका आधारमा भारतसँग सीमा जोडिएका जिल्लाका कतिपय मतदानस्थललाई संवेदनशील मानिन्छन् । त्यस्ता मतदानस्थललाई त्यहि अनुरुपको सुरक्षा योजनामा राखिनेछ ।
प्रदेशमा ८२४ मतदानस्थल संवेदनशील र ६३५ लाई सामान्य मानिएको छ । तर, निर्वाचनमा सबै मतदानस्थलको सुरक्षा उतिनै प्राथमिकतामा पर्ने प्रहरी प्रमुख गिरीले बताउनुभयो । स्थानीय तह निर्वाचन भन्दा अहिले ९० वटा मतदान स्थल थप भएका छन् । स्थानीय तहमा १ हजार ८७७ मतदान स्थल र ४ हजार ५१ मतदान केन्द्र रहेका थिए ।

तराईका जिल्लामध्ये २८५ मतदानस्थल र ७६६ केन्द्र रहेको झापामा ९५ स्थललाई अतिसंवेदनशीलमा राखिएको छ । यसैगरी १४४ संवेदनशील र ४६ सामान्य सूचिमा रहेका छन् । यसैगरी मोरङमा ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्रमध्ये ५० अति संवेदनशीलमा राखिएको छ । मोरङमा १४४ संवेदनशील र ११२ सामान्य रहेका छन् । यीमध्ये विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका ९ वटा स्थल, रंगेली, धनपालथान, रतुवामाई, सुनवर्षी र केराबारीमा बढी रहेका छन् ।

यसैगरी सुनसरीमा १६६ मतदानस्थलका ५९१ मतदान केन्द्र छन् । यीमध्ये ५९ अति संवेदनशील, ६५ संवेदनशील र ४२ सामान्यमा सूचिकृत गरिएको छ । धनकुटाका १६, उदयपुरका २१, इलामका ३६, पाँचथरका ३४, भोजपुरका ३३, खोटाङका ४०, ओखलढुंगाका १३, सोलुखुम्बुका ११, संखुवासभाका ७ र ताप्लेजुङ २३ मतदानस्थललाई अति संवेदनशीलमा राखिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बस्नेतले एकिकृत सुरक्षा योजनाको अन्तिम प्रारुपका लागि बुधबार बस्ने बैठकमा छलफल हुने जानकारी दिनुभयो । उहाँले मतदानस्थलमा परिचालन हुने नेपाल प्रहरी र म्यादी प्रहरी, त्यस भन्दा बाहिरी घेरामा सशस्त्र र त्यसपछि नेपाली सेनाको टोलि रहने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्