विराटनगर । २०४८ साल देखि यताका ६ वटा निर्वाचनलाई स्मरण गर्ने हो भने नपोली काँग्रेसका विजयकुमार गच्छदारले हारे कुनै समचार छैन ।
२०४८ देखि देशमा ६ वटा आमनिर्वाचन सम्पन्न भए । यि सबै निर्वाचनमा उनैले विजय हाँसिल गर्दै आएका छन् ।
०४८, ०५१, ०५६ र ०७४ मा चारवटा निर्वाचन नेपाली कांग्रेसबाट उनले निर्वाचन जिते भने, ०७० मा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट एकपटक गच्छदारले चुनाव जितेका थिए । त्यसो त हारको स्वाद नचाखेका गच्छदार १८ पटक मन्त्री बने ।
जित र सत्ताको आडमा बस्ने बानी बनेका उनी ०४७ को प्रतिनिसभा र प्रदेशसभाको निर्वाचनमा सुनसरी ३ बाट थोरै मतान्तरले एमालेकी भगवती चौधरीलाई हराएरका थिए । सोही निर्वाचनमा धाँधलीको आरोप लागेको उनी गच्छदार माथि अझै त्यो मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । ०७४ देखि ०७९ सम्म आइपुग्दा भने गच्छदारको राजनीतिक शक्ति फेरिएको छ । जीवनको आधाभन्दा बढी समय राजनीतिक यात्रामा हिँडेका उनले निर्वाचनमा पराजय वेर्नुपर्दाको स्वाद कस्तो हुन्छ भन्ने पत्तो पाएका थिएनन् । तर, हलिको निर्वाचनमा उनको नितरन्तरताको विजयी यात्रालार्य ब्रेक लगाउदै एमालेकी भगवती चौधरीले बाजी मारेकी छिन् । चौधरीले ४०७८८ मत ल्याउदा, गच्छदारले ३७६०० मत ल्याएका छन् ।
हारेर पनि नहार्ने भगवती
२०७० सालमा सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा पहिलो पल्ट उनले भागलिँदै गर्दा ३ दशक देखि नेपाली राजनीतिमा छाएका प्रभावशाली नेता विजयकुमार गच्छदारसँगको प्रतिष्पर्धामा झिनो मतान्तरले पराजित भइन् । हारेर पनि राजनीति यात्रासँगै समाजिक कामलाई लिएर हिँडेकी चौधरी पुनः नेकपाएमाले बाटै २०७४ सालको आमनिर्वाचनमा विजयकुमार गच्छदारसँग प्रतिष्पर्धामा उत्रिइन् । सो निर्वाचनमा पनि झिनो मतान्तरले पराजित भएकी थिईन् ।
यो निर्वाचनमा जित्छु भन्ने कतिको विश्वस्त हुनुहुन्छ ? निर्वाचन अघि सोधिएको यो प्रश्नमा उनले मुस्कुराउदै जवाफि दिएकी थिईन्,‘यो पटक म जित्छु,अदालतले नदिएको न्याय जनताले दिनुहुन्छ ।’ निर्वाचन आउनु भन्दा केही दिन अगाडी सोधिएको प्रश्नको जवाफ र उनले आफू माथि राखेको भरोसाको जवाफ सुनसरी क्षेत्र नम्बर ३ का जनताले दिए । यो जीतसँगै वर्गिय, क्षेत्रीय र लैङ्गिकअसमानताले गाँजेको समाजबीचपूर्वी नेपालमा एउटी महिला नेतृको उदयभयो । उनले राजनीतिमा सँगै पहाडजस्ता समस्या र चुनौतीसँगजुध्दै सुनसरीसँगै मुलुकका ४० भन्दा बढी जिल्लाका ग्रामिण भेगकामहिलाको अनुहारमाउज्यालो ल्याउनअहोरात्र लागिरहेकीछिन् ।
सुनसरीनिर्वाचन क्षेत्र नम्बर ३ लाई आधार क्षेत्र बनाएर नेकपाएमालेको राजनीतिमा होमिएकी चौधरी लघुवित्त कार्यक्रममार्फत महिलाको आर्थिक र सामाजिकजीवनस्तर उकास्न दशकौँ देखि लागिरहेकी छिन् ।
सुनसरीको दुहवीमा रहेको फरवार्ड माइक्रोफाइनान्सलघुवित्तवित्तीय संस्थामुलतःगरिबीको रेखामुनी रहेका तथा न्यून आयभएका ग्रामिण भेगका महिलाको जीवनस्तर उकास्नतल्लिन छ । आर्थिक अधिकारबाट वञ्चितिकरणमा परेका विपन्न समुदायकामहिलाको आर्थिक सशक्तिकरणकी अभियान्ता रुपमा पनि चिनिन्त भगवती चौधरीलाई ।
मध्यमवर्गीय किसान परिवारमा जन्मनुभएकी उनी आफ्नो परिवारमा मात्रै होइन, छरछिमेक र समुदायमा पनि छोरीको शिक्षा र हकका लागि लडदै आइरहेकी छिन् । छोरी पढाउनुहुन्न भन्ने त्यो समयमा हजुरबुवा र हजुरआमाबाट पढ्ने हौसला पाएको बताउने उनी आफुजस्तैउमेरका केटाकेटीहरु खासगरी मुसहर समुदायका बालबालिका विद्यालयजानबाट वञ्चितभएको देख्दाअसाध्यै दुःख लाग्ने सुनाउछिन् । उनले विद्यालय शिक्षाबाट वञ्चित भएका डेढ सय बालबालिकालाई शिक्षा दिइरहेकी छिन् । साथै, आजका युवाहरुलाई प्राविधिक शिक्षामा पहुँच पुर्याउने उद्देश्यले गाउँमै प्राविधिककलेज समेत स्थापना गरिदिएको उनी बताउछिन् ।
बंगलादेशकानागरिक नोवेल शान्ति पुरस्कार विजेतामोहम्मद यूनुसबाट प्रभावितभएर ग्रामिण आर्थिक सवलीकरण, महिलाउत्थान र सामाजिककार्यमा समर्पित नेतृ चौधरीले देशकातीनलाख बढी महिलामावित्तीय पहुँच पुरयाउन सफल भएकी छिन् । उनले ग्रामिण महिलाउत्सुकताविकास मञ्चमार्फत वित्तीय साक्षरता र सामाजिक सचेतनाहरु फैलाउँदै फरवार्ड माइक्रोफाइनान्सबाट ग्रामिण महिलाहरुमावित्तीयपहुँच पुर्याउने तथादिनेश चौधरीस्मृति प्रतिष्ठान मार्फत सामाजिक र शैक्षिककार्यक्रम सञ्चालन गर्दै आइरहेकी छिन् ।