पत्रकार महिलाको पेशागत तथा भौतिक सुरक्षाका लागि कानुन बन्न आवश्यक छ : इन्दिरा भट्टराई

<span class='c1'>पत्रकार महिलाको पेशागत तथा भौतिक सुरक्षाका लागि</span> <span class='c2'>कानुन बन्न आवश्यक छ : इन्दिरा भट्टराई</span>

सुजता लिम्बू
विराटनगर । दैनिक जस्तो महिलामाथि हुने हिंसाको स्वरुप, तौर तरिकाका अनेक रुपहरु आइरहेका हुन्छन् । त्यसो त महिला हिंसा घर बाहिर मात्रै होइन, परिवार भित्रै पनि हुनेगरेको पाइन्छ ।

अहिले लैङ्गिक हिंसासम्बन्धि १६ दिने अभियान चलिरहेको छ । दशकौँ देखि चलिरहेको यो अभियानले कतिको सार्थकता पाएको छ । भन्ने विषयमा आंकलन गर्न जरुरी रहन्छ । महिलामाथि हुने हिंसाका दबिएका आवाजलाई बाहिर ल्याउनकै निम्ति यस्ता खाल्का अभियान चलेको छ । यो अभियनाले महिलामाथि हुने हिंसाको अन्त्यका लागि ठूलो भूमिका खेलेको विश्वभर भएका विभिन्न अध्ययनले देखाएका छन् । यद्यपी हामीले बाँचिरहेको समाजमा केहीँ न कतै विभिन्न खाल्का महिलामाथि हिंसा भइरहेको नै छ । यसैक्रममा पत्रकार महिलाहरुमाथि हुने विभेद अझै पनि कही कतै हुने गरेको सञ्चारीका समुह, प्रदेश १ की अध्यक्ष इन्दिरा भट्टराई बताउछिन् ।

सहकर्मी पुरुष पत्रकार साथीहरुले महिलाको क्षमताको कम आंकलन गर्नु, अविश्वास र जिम्मेवारी दिन नखोज्नु, ठूला र निर्णयक पदमा अवसर नदिनु पत्रकारितामा महिलामाथि हुने पेसागत विभेद रहेको भट्टराई बताउछिन् । ‘पारिवारिक जिम्मेवारी र प्राकृतिक समस्याको कारण देखाउँदै अवसरमा कम प्राथमिकता राख्ने गर्दछन्, ’ उनी भन्छिन्,‘महिलालाई पेसागत तथा यौनजन्य हिंसा समाधान गर्न मिडिया हाउसले नीति नबनाउनु र श्रमको उचित मूल्य नदिनु यस्ता खाल्का कारणले पनि पत्रकारितामा महिलाहरु दबिनु परेको छ ।’

हिंसाले दैनिक जीवनमा परेको असर

महिलाहरुलाई पुरुष साथिहरुले हेर्ने दृष्टिकोण सकारात्मक नहुनु, कम्जोर हुन्छन भन्ने सोचाइ र पितृसत्तात्मक सोँचले उनीहरुमा भएको क्षमतालाई दबाउन खोज्नुले पनि दैनिक जीवनशैलीमा प्रभाव पार्ने उनको बुझाई छ । कार्यालय भित्र र बाहिर हुने हिंसाका कारण पनि तनाव बढ्ने र कामको गुणस्तर खस्किने यसले गर्दा पारिवारिक दबाव, मानसिक तनावले पेसा प्रति नै वितृष्णा भएर पत्रकार महिलाहरु पत्रकारिता पेसाबाट पलायन भएको धेरै घटना रहेको उनको बुझाई छ ।

समस्या समाधानका लागि के—के भए प्रयासहरु ?

उनका अनुसार नेपाल पत्रकार महासंघले महिला विभाग गठन गरेको र विभागमा अहिलसम्म १२ वटा हिंसा सम्बन्धि उजुरी परेको छ ।
प्रेस काउन्सिलले पनि आएका उजुरीमाथि छानविन सचेत र कारबाही गर्ने गरेको बताउदै उनले ०६९ सालमा प्रधानमन्त्री कार्यलयले पनि समिति बनाएर पत्रकार महिला माथि हुने गरेका यौन हिंसाको बारेमा खोजि गरेको जानकारी दिइन् ।‘अहिले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले पत्रकार महिलाका लागि अनलाईन सुरक्षा निर्देशिका बनाउने तयारी गरेको छ ,’उनले भनिन्,‘यसको मस्यौदामाथि छलफल भइरहेको छ ।’

न्युनिकरणका प्रयास

पत्रकार महिलामाथि हुने पेसागत विभेद र हिंसा न्युनिकरणका लागि मिडिया हाउस महिलामैत्री हुुनुपर्नेमा उनी जोड दिन्छिन् । पत्रकार महिलाको पेशागत तथा भौतिक सुरक्षाका लागि कानुन बन्न आवश्यक रहेको बताउदै उनले अहिले बनेका नीति, नियमहरु कडाइका साथ कार्यन्वयन गर्न जरुरी रहेकोमा जोड दिइन् ।
‘पत्रकारले महिलाका विषयवस्तुमा रिर्पोटिङ गर्न अझ खोज अध्ययन गर्न जरुरी छ,’उनले भनिन्,‘महिलाका सवालमा रिर्पोटिङ गर्ने पत्रकारले मनोसामाजिक विमर्शकर्ताको तालिम लिन आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्