पहाडमा उत्पादन, मोरङ-सुनसरीमा पक्राउ पर्छ गाँजा : भारत लाने ट्रान्जिट

<span class='c1'>पहाडमा उत्पादन, मोरङ-सुनसरीमा पक्राउ पर्छ</span> <span class='c2'>गाँजा : भारत लाने ट्रान्जिट</span>

विराटनगर । कानुनले गाँजालाई लागूऔषधको रुपमा मानेको छ । यसको उत्पादन, ओसारपसार, कारोबार र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाइएको छ । कानुनले प्रतिबन्ध गरेको लागूऔषध गाँजा भने नेपालबाट भारतको बजारमा लैजाने क्रम दैनिक बढेको बढ्यै छ । यसको उत्पादन, ओसारपसार, कारोबार र प्रयोगलाई घटना राज्यको सुरक्षा संयन्त्रले कडाई गरेपनि गाँजासँग सम्बन्धित कारोबार र व्यक्ति नियन्त्रणको परिमाण तथा संख्या नियन्त्रणको ग्राफ वर्षेनी बढेको देखिन्छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांक अनुसार चालु आर्थिक वर्षको छ महिनाको अवधीमा ६८ पुरुष र ५ महिला विरुद्ध ५१ वटा मुद्दा दर्ता गरिसकिएको छ । छ महिनाको अवधीमा प्रदेशका सात जिल्लाबाट एक हजार ३४९ किलो ३२० ग्राम ७०० मिलग्राम गाँजा बरामद भईसकेको छ । इलाम, पाँचथर, तेह्रथुम, भोजपुर, संखुवासभा, ओखलढुंगा र सोलुखुम्बु बाहेक बाँकी जिल्लामा लागूऔषध गाँजाको उत्पादन, ओसारपसार, कारोबार र प्रयोग हुने गरेको छ ।

चालु आर्थिक वर्षको छ महिनामा जिल्लागत विवरण अनुसार मोरङ र सुनसरीमा सबैभन्दा धेरै गाँजा बरामद भएको छ । मोरङमा तीन महिनासहित २१ जना व्यक्ति नियन्त्रण परेका छन् भने ६५६ केजी गाँजा बरामद भएको छ । यसैगरी सुनसरीमा ११ जना व्यक्ति पक्राउ परेका छन् । ५६५ केजी ६६४ ग्राम गाँजा बरामद भएको छ ।
गाँजा खेती मोरङ र सुनसरीमा हुने गरेको छैन । यसको उत्पादन भने पहाडी जिल्ला धनकुटामा धेरै देखिएको छ । धनकुटाका १८ जना व्यक्ति पक्राउ पर्दा ४७ केजी गाँजा बरामद भएको छ । तर, भारततर्फ गाँजा लैजाने क्रममा सुनसरी–मोरङका विभिन्न स्थानमा पक्राउ परेकामध्ये धेरै संख्या धनकुटाकै छन् ।

झापामा ४ केजी गाँजासहित चारजना, उदयपुरमा १० केजी गाँजासहित १४ जना, खोटाङमा २ केजी गाँजा र ३ जना व्यक्ति पक्राउ परेका छन् । प्रदेश १ प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी उपरीक्षक नविनराज राईका अनुसार गत आर्थिक वर्ष २०७८÷२०७९ मा १३५ जना व्यक्ति पक्राउ गरेर १०६ वटा मुद्दा दर्ता गरिएको थियो । गतवर्ष दुईहजार २२ केजी गाँजा नियन्त्रणमा लिइएको थियो ।

सुनसरी–मोरङ ट्रान्जिट
प्रदेश प्रहरी कार्यालयका सुचना समन्वय अधिकारी एवं प्रहरी उपरीक्षक नविनराज राईका अनुसार गाँजा धेरै धनकुटामा उत्पादन हुने गरेको छ । धनकुटाबाट विभिन्न माध्यमको प्रयोग गरेर सुनसरी–मोरङमा गाँजा झारिन्छ । यहाँ आईसकेको गाँजा खुल्ला सीमाको प्रयोग गरेर भारत पु¥याउँदै आएको छ । प्रहरीले यसको विस्तृत अध्ययन त गरिरहेको छ, अहिलेसम्मको अनुसन्धान र अध्ययनले धनकुटामा उत्पादन भएको गाँजा मोरङ–सुनसरीबाट भारततर्फ निकासी हुँदै आएको छ, प्रहरी उपरीक्षक राईले भन्नुभयो ।

प्रहरीले गत पुस महिनामा मोरङको रंगेली नगरपालिका–१ बबियाबाट ३५० केजी गाँजा स्थानीय मनोज राजबंशीको गाई गोठबाट बरामद गरेको थियो । भण्डारण गरिएको घर राजबंशीको भएपनि यसको ओसारपसारमा धनकुटा शहीदभूमि गाउँपालिका–२ का बेचन भनिने हस्त राई भएको खुलेको छ । प्रहरीले राई र राजबंशी दुवैलाई नियन्त्रणमा लिएर लागूऔषध ओसारपसारको मुद्दामा अनुसन्धान गरेको थियो । यसैगरी सुनसरीको सीमा क्षेत्र कोसी गाउँपालिका–३ बाट गत मंसिर ७ गते २१७ केजी गाँजा सशस्त्र प्रहरीले बरामद गरेको थियो । यसैगरी गत कात्तिक २२ गते १७५ केजी गाँजा सुनसरीका बराहा क्षेत्रबाट बरामद भएको थियो ।

तरकारीसँगै आउँछ गाँजा
धनकुटामा उत्पादन भएको गाँजा सुनसरी–मोरङसम्म ल्याउनका लागि धेरैजसो तरकारी बोकेका गाडी प्रयोग गरिने गरेको पाइएको छ । कोसी गाउँपालिका–३ मा नियन्त्रणमा परेको २१७ केजी गाँजा बन्दाकोभी बोकेर जनकपुर हिँडेको को १ च ८५२५ नम्बरो पिकअफबाट बरामद भएको थियो । यसैगरी गत हप्ता विराटनगर बसपार्कबाट बरामद ५० केजी गाँजा तेजपत्ता र रायो सागसँगै पक्राउ परेको थियो । नेपालमा प्रतिकिलो ७ देखि १० हजार रुपिँया पर्ने गाँजा सीमा कटाएर भारतीय कारोबारसम्म पु¥याउँदा २० हजार केजीले बिक्री हुने गरेको प्रहरीको बुझाई छ । पक्राउ परेकाहरुसँग गरिएको अनुसन्धान र बयानका क्रममा यसको कारोबारबाट हुने लाभका कारण जोखिम मोल्ने गरेको पाइएको हो ।

यस्तो छ कानुनी प्रावधान
लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार गाँजाको उत्पादन, ओसारपसार, खरिदबिक्री, निकासी–पैठारी र भण्डारण गर्न पाईदैन । यदि यस्तो गर्ने व्यक्तिलाई परिमाणका आधारमा तीन महिनादेखि १० वर्षसम्म कैद र तीन हजारदेखि एकलाख रुपिँयासम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्