विराटनगरस्थित तुलसी सहकारीका आठ जनाविरुद्ध मुद्दा दायर

<span class='c1'>विराटनगरस्थित तुलसी सहकारीका आठ</span> <span class='c2'>जनाविरुद्ध मुद्दा दायर</span>

विराटनगर । तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारी लि. का आठ जना सञ्चालक विरुछ ठगी मुद्दा दायर भएको छ । फरार रहेका संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालकहरू विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेको हो ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा फरार सूचीका प्रतिवादी सहकारीका अध्यक्ष शर्मा, संचालक समितिका सदस्यहरु बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मासहित पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिब सविना न्यौपाने विरुद्ध मुद्दा दायर भएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिएका छन् ।

संस्थाका सञ्चालकसँगको मिलेमतोमा लेखा परीक्षण प्रतिवेदन ढाकछोप गरेको आरोप लागेका सिए शितल चन्दलाई भने सरकारी वकिलको कार्यालयले प्रतिवादी नबाउने निर्णय गरेको छ । मंगलबार मुद्दा दायर भएसँगै बुधबारदेखि प्रतिवादीहरुको बयान सुरु हुनेछ ।

बयान सकिएपछि थुनछेक बहस हुनेछ । सहकारीका अध्यक्ष शर्मासहित संचालक र प्रबन्धकहरूले ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । जसमध्ये मोरङ प्रहरीमा १ हजार ३ सय ७ जनाले दिएको उजुरीको आधारमा ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ ठगी गरेको देखिएको छ । अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको श्रेस्तामा नै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ ।

सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र उपदफा (१) को देहाय (घ) तथा (५) बमोजिम विगो ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरुलाई र विगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई विगो बमोजिम जरिवाना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता गरिएको छ ।

सहकारीका संचालकहरुले ३ हजार ६३ जना सर्वसाधारणको जम्मा गरेको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । तुलसीको चार वटा शाखा रहेको छ । विराटनगरमा केन्द्रीय कार्यालय सहकारीबाट सबैभन्दाबढी सदस्य रहेको छ । विराटनगरमा १ हजार ९ सय ७८ जनाले ६० करोड ४१ लाख ८ हजार ८६२ रुपैयाँ निक्षेप थियो ।

मोरङ बाहेकर झापा, सिरहा र गाइघाटको उजुरी दिन बाँकी रहेको छ । बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेको हुँदा बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खाताहरूमा बचत भएको रकम असुल गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्