सुजता लिम्बू
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर औद्योगिक–व्यवसायिक, शैक्षिक–स्वास्थ्य हव शहरको रुपमा लिइन्छ । भारतीय सिमा नाकासँग जोडिएको विराटनगर शहरका मुख्य राजमार्ग र भित्री सडक अक्सर व्यस्त नै रहन्छ । उल्लेख्य संख्यामा चारपाङ्ग्रे, दुईपाङ्ग्रे सवारी सडकमा हुँइकिन्छन् ।
तर, बजार आसपासका प्रमुख सडक होस् या भित्रि सडक खण्डमा आवतजावत गर्ने यात्रु तथा चालकहरुले जेब्राक्रसको नियम पालन गरेको भने पाइदैन । सडक वारपासमा अर्को विकल्प नहुँदा दुर्घटना न्युनिकरण तथा रोकथामका लािग प्रदल यात्रुका लागि जेब्राक्रस कायम गरिन्छ । जहाँ पहिलो प्राथमिकता पैदल यात्रुले सडक पार गर्ने भन्ने मान्यता हुन्छ । तर, सवारीका चालकले यसको महत्व थाहा नपाए जस्तो सवारी तिव्र गतिमा चलाउँदा सडक दुर्घटनाको जोखिम हुने गरेको छ ।
प्रदेशको राजधानीमा ट्राफिक लाइट नहुँदा पनि आम नागरिकहरुले बाटो काट्ने सन्दर्भमा नियम पालना गर्न आनाकानी गरेको हुनसक्ने सम्बन्धित निकायका अधिकारी बताउँछन् । त्यसो त ट्राफिक लाइट जडानको राजमार्गमा सडक विभाग र सम्बन्धित कार्यालय, महानगरपालिकाको अन्य सडकमा स्थानीय तहको क्षेत्राधिकारमा पर्दछ । नागरिकको सुरक्षा प्रत्याभूतका लागि गर्नुपर्ने निकायले चासो कम दिएका कारण पैदल यात्रुलाई समस्या हुने गरेको छ ।
यो विषयमा के भन्छन् ट्राफिक प्रहरी ?
जेब्रा ब्रसबाट बाटो काट्नुपर्न भन्ने सबैलाई जानकारी हुँदा पनि बेवास्ता गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सुमन न्यौपाने बताउछन् । उनका अनुसार आफूहरुले स्कुलदेखि कार्यस्थलसम्म सचेतना फैलाउने काम गरेपनि त्यसको कार्यन्वयनमा भने बुझेकाहरु समेत पछि रहने गरेको आरोप छ । ‘ट्राफिक नियमसम्बिन्ध हामीलाई के हुन्छ ? जेब्रा क्रसबाट नहिँड्दा पनि के हुन्छ ? भन्ने सोँच भएकाले पनि हो’, उनले भने,‘जान्नेले पनि जथाभाबी बाटो काट्ने गर्नाले दुर्घटना भएको पइन्छ , कतिपय स्थानमा आफै बसेर हामीले सचेत गराइरहेका हुन्छौ ।’
उपत्यकाभन्दा बाहिर ट्राफिक नियम पालन नभएको बताउँदै उनले अटेरी गर्ने प्रवृत्ति रहेको बताए । सोचले पनि यस्तो भएको हुनसक्ने उनको बुझाई छ । ‘चालकहरुले पनि छिटो जानलाई जेब्राक्रसलाई बेवास्ता गर्ने गरेका छन् र पैदल यात्रीले पनि । उनले अहिले बसपार्क व्यवस्थापन समितिसँग यससँग सम्बन्धित कार्यक्रम राखिएको बताए ।