विराटनगर जुट मिलभित्र रहेको ६० वर्ष पुरानो ऐना : जसले सीपी लोहनी र माला सिन्हा सम्झाउँछ

<span class='c1'>विराटनगर जुट मिलभित्र रहेको ६० वर्ष पुरानो ऐना</span> <span class='c2'>: जसले सीपी लोहनी र माला सिन्हा सम्झाउँछ</span>

विराटनगर । माइतीघर फिल्मका अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा सोमबार काठमाण्डौंको  अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको छ । उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैं छ । नेपालमा निजी क्षेत्रको लगानीमा बनेको पहिलो फिल्म माइतीघरसँग नेपालको औद्योगिक इतिहासको सुरुवात भएको विराटनगर जुल मिलको सम्बन्ध छर्लङ्ग झल्कने गर्दछ ।

सुदृढ व्यवस्थापन अभावको शिकार बनेको जुट मिल खण्डहर बन्दै गएको छ । तर, खण्डहर जुट मिल परिसरमा माइतीघरका अभिनेता लोहनी र उनकी जीवन संगिनी माला सिन्हासँग जोडिएको एउटा ऐना अझै सुरक्षित रहेको छ । भारतीय चलचित्रका एकसय बढी फिल्ममा अभिनय गरेकी नायिका सिन्हा नेपालकी बुहारी बनेर भित्रिएकी थिइन् । उनी विराटनगरको जुट मिलमा बास बस्न आउने भएपछि ऐना समेत खरिद गरिएको थियो ।

त्यहि भवनमा ६० वर्ष अगाडी भारतको दिल्लीबाट खरिद गरेर ल्याइएको साढे चार फिट उचाईको ऐना सुरक्षित छ । उच्चस्तरीय न्यायिक छानविन आयोगले दुवैतर्फ सखुवाको खुट्टाले अड्याएको, तलपट्टी आकर्षक डिजाइनको फ्रेममा राखिएको ऐनालाई आम्दानीमा बाँधेको थियो ।
विराटनगर जुट मिल–१ लेखिएको ऐना २०२० सालदेखि २०३४ सालसम्म मिलका तत्कालिन प्रमुख व्यवस्थापक लिलानाथ लोहनीको पालामा खरिद गरिएको थियो । भारतीय फिल्म क्षेत्रकी चर्चित नायिका माला सिन्हासँग लिलानाथका भाई सिपी लोहनीको विवाह भएको थियो । आफ्नै घरानामा चर्चित नायिका सदस्य भएर आएपछि स्वागत र सम्मानलाई पूर्ण बनाउन एउटा ठूलो ऐना खरिद गरिएको थियो । यो ऐना अहिले पनि सशस्त्रका डिएसपीको आवास भवनमा सुरक्षित छ । सीपी लोहनीको निधनसँगै उनीहरुसँग जोडिएको ऐना भने जस्ताको त्यस्तै भेटिन्छ ।

जुट मिलमा अनियमिता भएपछि त्यसको छानविन गर्न सरकारले उच्चस्तरीय न्यायिक आयोग गठन गरेको थियो । त्यो आयोगले जुट मिलका संरचना र त्यस भित्र रहेका सबै सामानको लिखत तयार पार्दा सीपी लोहनी र माला सिन्हालाई हेर्नका लागि ल्याइएको ऐनालाई समेत आम्दानीमा बाँधेको थियो । ६० वर्ष पुरानो ऐना अहिने पनि सुरक्षित छ । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा कार्यालय रानीले जुट मिल परिसरमा बनेका संरचना प्रयोग गर्दै आएको छ । ती संरचनामध्ये प्रहरी नायव उपरीक्षक (डिएसपी) को आवास गृह जुट मिलका पुरानो पाहुना घर थियो ।

पाँचवर्ष अगाडी छानविन र अध्ययनमा रहेको आयोगले उद्योग भित्रका दुई संरचनामा भएका मेशिनरी सामानहरु केलाउने काम थियो । जुट मिलका नयाँ र पुरानो संरचनामा भित्र सप्नर ५, टिजर मेशिन २, हार्भेष्ट टिजर २, ब्रेकर १५, फिनिसर १५, इन्टर ३, ड्रोइङ्ग पहिलो ८, दोस्रो ८ र तेस्रो १३ थान मेशिन रहेको पुरनो तथ्यांकमा देखिन्छ । यसैगरी इस्पिनिङ्ग ५२, ट्वीस्टिङ्ग ४, कोप मेशिन १८, रोल मेशिन १६, विम्बिङ्ग ८, ड्याम्पिङ्ग २, क्यालेण्डर २, ल्याम्पिङ्ग २, कटिङ्ग २, लुम २४०, चर्खा ८ र सिलाई मेशिन १७ थान रहेका छन् । गत भदौमा दुईवटा सप्नर, ४ वटा ब्रेकर, २ वटा ड्राइङ, ३ वटा स्प्रिङ्ग, एउटा ट्वीस्टिङ्ग र एउटा चर्खालाई चलाइएको थियो । जुटमा मिलमा अहिले पनि २ अर्ब २७ करोडको सम्पति रहेको छानविन आयोगले मेकानिकल अडिटबाट मूल्यांकन गरेको थियो । जसमा उक्त ऐना समेत आम्दानीमा बाँधिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्