पाँच किलोमिटर दुरीमा ४६ स्थानमा ‘क्रससेक्सन’ जरुरी पर्ने बस पकेट भने छैनन्

<span class='c1'>पाँच किलोमिटर दुरीमा ४६ स्थानमा ‘क्रससेक्सन’</span> <span class='c2'>जरुरी पर्ने बस पकेट भने छैनन्</span>

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगरको रानी–बरगाछीको पाँच किलोमिटर दुरीमा ४६ वटा इन्टर तथा क्रससेक्सन छन् । विराटनगर महानगरपालिकाले सडकको केन्द्र भागमा रहेको मेडियन स्ट्रिप्स क्षेत्रमा सौन्दर्यकरण गर्ने क्रममा यकिन गरेको छ । जसमा ४६ स्थानमा इन्टरसेक्सनले विभाजित गरेको ४६ मेडियन स्ट्रिप्स रहेका हुन् ।

छलेन सडक आयोजनाले निर्माण गरेको कोशी राजमार्गको विराटनगर र धरान खण्डको ४९ किलोमिटरमध्ये ४२ किलोमिटरको काम करिब सकिएको छ । जथाभावी रुपमा क्रससेक्सन राखिएको भएपनि दुईतर्फ नै बस पकेट भने छैन । यसले यात्रु चढाउने र ओराल्ने क्रममा सवारी साधनलाई जथाभावी रोक्नुपर्ने बाध्यता रहेको भन्दै सम्बन्धित सरोकारवाला पक्षले चिन्ता व्यक्त गरेका छन् ।
बस चालक तथा यातायात सेवा प्रदायकहरूले सडकमा बस पकेट क्षेत्र नभएकोमा गुनासो मात्रै नभई सडक निर्माणमै त्रुटी रहेको समेत बताएका छन् । कोसी बस व्यवसायी संघ इटहरीका बासुदेव चौधरीले यात्रु चढाउन र ओराल्न सहज हुने गरि राजमार्ग निर्माण नभएको गुनासो गरेका छन् । उनले असुरक्षित ठाउँमा रोक्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम रहेको सुनाए ।

प्रायजसो बस चालकहरूले यातायात नियमविपरित यात्रु चढाउने र ओराल्ने गरेको देखिन्छ। कतिपय ठाउँमा त बाटो नै छोडेर सिधै सडक क्षेत्रमा नै बस रोकिरहेको पाइन्छ। यस्तो अवस्थामा सडक दुर्घटना हुनसक्ने भएकाले चालक तनावमै रहनुपर्ने अवस्था समेत रहेको छ । नेपाल यातायात राष्ट्रिय महासंघका नेता सरोज श्रेष्ठले यातायात नियम विपरित सञ्चालन गर्नुपर्ने अवस्था आउनुमा सडक निर्माणमा ध्यान नदिनु पनि भएको बताएका छन् । यात्रुहरू पनि बस चढ्न र ओर्लिन समस्या भोगिरहेका छन्।

यातायात व्यवसायी, चालकदेखि यात्रुसम्मको गुनासो रहेपनि सरोकार राख्ने सडक डिभिजन कार्यालयहरुले चासो नराख्ने गरेको श्रेष्ठको भनाई छ । सडक निर्माण गर्दा नै बस पकेट क्षेत्रको व्यवस्था मिलाउनुपर्नेमा उनको जोड थियो ।
बस पकेट भएमा बसलाई राख्न र यात्रुलाई सुरक्षित तरिकाले चढाउन र ओराल्न सजिलो हुनेछ। यसले सडक सुरक्षा अभिवृद्धि हुनुका साथै व्यवसायिक यातायात सेवा प्रदान गर्नसमेत सहज हुने विश्वास गरिएको छ।
सामान्यतया बस पकेटहरू १ देखि २ किलोमिटरको दूरीमा राख्नु उपयुक्त हुन्छ। यसले गर्दा यात्रुहरूलाई बस पकेटसम्म पुग्न धेरै पैदल हिँड्नु पर्दैन।

शहरी क्षेत्रमा घनाबस्ती भएकाले बस पकेटहरू आवश्यकताअनुसार राख्न सकिन्छ । तर, विराटनगरको बसपार्कबाट छुटेको सवारी सुरक्षित रोक्नका लागि कुनै स्थानमा पनि पकेट छैनन् ।
ठूला शहर तथा नगरहरूमा यात्रु चाप र सवारी साधनको आवागमन बढी हुने भएकाले त्यहाँ ५०० मिटरको दूरीमा पनि बस पकेट राख्नुपर्ने सुझाव श्रेष्ठको छ ।
यसरी बस पकेटको उपयुक्त दूरी निर्धारण गर्दा यात्रुको सुविधा, भौगोलिक अवस्था र सवारी साधनको सरोकारवाला निकायहरूबाट यस समस्याप्रति गम्भीर ध्यानाकर्षण हुनुपर्ने बहस भईरहँदा नेपालको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात नियमावली, २०५४ मा बस पकेटसँग सम्बन्धित केही प्रावधानहरू समावेश छन् । ती विषयहरुलाई सम्बोधन गर्न राज्यले ध्यान भने दिएको छैन ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २२(२) मा आधारभूत सवारी पार्किङ र बस पकेट क्षेत्र निर्धारण गर्ने अधिकार सम्बन्धित स्थानीय निकायसँग रहनेू व्यवस्था गरिएको छ। सवारी तथा यातायात नियमावली, २०५४ को नियम ४ मा स्थानीय निकायबाट बस पकेट क्षेत्र तोक्नुपर्नेू उक्त नियमावलीको नियम ५१ मा ूबस पकेट क्षेत्रमा मात्र यात्रु चढाउने र ओराल्नेू प्रावधान रहेको छ।

त्यसैगरी नियम ४८ अनुसार बस र ट्रकहरूले बस पकेट क्षेत्रबाहिर पछाडि उभिन नहुने व्यवस्था छ। नियम ८६ ले बस पकेट क्षेत्रमा गाडी नराख्न पाइने तर यात्रु चढाउने र ओराल्नका लागि बस पकेटमा प्रवेश गर्न सक्ने व्यवस्था गरेको छ। यसरी सवारी तथा यातायात ऐन र नियमावलीहरूले स्थानीय निकायलाई बस पकेट क्षेत्र तोक्ने अधिकार दिएका छन्। साथै यस्ता क्षेत्रबाहिर यात्रु चढाउन र ओराल्न नपाइने प्रावधान समेत राखेका छन्। यसले सुरक्षित र व्यवस्थित यातायात सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्य राखेको देखिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्