विराटनगरमा हैजा कम जोखिम, डेंगीबाट जोगिन फोहोरका गाडीमा सन्देश

<span class='c1'>विराटनगरमा हैजा कम जोखिम, डेंगीबाट</span> <span class='c2'>जोगिन फोहोरका गाडीमा सन्देश</span>

विराटनगर । देशभर डेंगी र हैजाका संक्रमितको संख्या बढ्दोक्रममा रहँदा विराटनगरमा सचेतनाका कार्यक्रमलाई तिव्रता दिइएको छ । विराटनगरमा हैजा फैलसक्ने जोखिम कम रहेको आंकलन गरिएको छ । यद्यपी पुनः विराटनगरमा भारी वर्षा भएर डुबान भए त्यसको जोखिम फर्कने आंकलन गरिएको छ । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवका अनुसार विराटनगरका पानी आपूर्ति प्रणाली अहिलेसम्म सुरक्षित छ । पानीमा हैजाको संक्रमण भए त्यसले एकै पटक विकराल रुप लिन्छ । यद्यपी पानी सप्लाईको पाइपसँग हजको पाइप मिसिने संभावना न्यून रहेको दावी छ ।

केही सातायता डेंगी र हैजाका संक्रमितको संख्यामा बढ्दोक्रममा भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सावधानी अपनाउने भन्दै आएको छ । डेंगी संक्रमितको संख्यामा तीन हजार ८४ जना रहेको पछिल्लो तथ्यांक सार्वजानिक गरिएको छ । यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेंगी पुष्टि भएको थियो । यो संख्या गत शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाले जानकारी दिइएको थियो । यसैगरी हैजाको समेत जोखिम उतिकै रहेको छ ।

विराटनगरमा समेत डेंगीका केसहरु केहि रहेका छन् । तर, यसबाट सावधानी अपनाउनका लागि महानगरपालिकाले खोज र नष्ट गर भन्ने अभियानमार्फत धेरै काम गरेको दावी छ । विराटनगरका नाला सफाईमा उल्लेख्य सुधार भएकोले पानी जमेर बस्ने संभावना कम रहेको बताइन्छ । अब घर आसपास पानीको संचित हुने कुराहरुमा नागरिक सचेत हुनुपर्ने सुझाव छ । जस्तै कुलरमा राखिएको पानी हप्तामा दुई पटकसम्म परिवर्तन गर्नुपर्ने, फ्रिजबाट बाहिर निस्केर जम्मा हुने पानीलाई बारम्बार फ्याँक्नुपर्ने, गमलाहरुमा पानी जम्ने भए हटाउनुपर्ने जस्ता कार्य गर्न आग्रह गरिएको छ । यसैगरी कुनै ट्याङ्कीमा पानी जम्मा हुन्छ भने त्यसमा राम्रो ढकन लगाउन भनिएको छ ।

विराटनगरमा मच्छड धेरै लाग्ने शहर हो । बृद्धबृद्धा र बालबालिकालाई मच्छडबाट जोगाउनका लागि शरीर ढाक्ने शिलत कपडा लगाउने, भरसक खाली ठाउँमा तेल दल्न समेत आग्रह गरिएको छ । विराटनगरको रानी र बैजनाथपुरमा निःशुल्क डेंगी परीक्षण हुने भएकोले आशंका लागेमा तत्काल परीक्षण गराई हाल्न समेत अनुरोध गरिएको छ । बाँकी अस्पतालहरुमा छ सय भन्दा बढी शुल्क नलिने महानगरपालिको परिपत्र जारी भएको छ ।

महानगरपालिकाले विराटनगरमा फोहोर संकलन गर्ने गाडीमा डेंगीबाट जोगिने उपायका ब्यानर लगाएर घरघरसम्म प्रचार प¥याएको बताइएको छ । यसको समेत प्रभावकारीता धेरै रहेको महाशाखा प्रमुख यादवको भनाई छ । मच्छड मार्ने नाममा मालाथिन स्प्रे गर्ने कुरालाई निरुत्साहित गर्नुपर्ने भएकोले सबैले घरघरमा सचेत भएर मच्छड उत्पादन हुने स्रोतमै नष्ट गर्नुपर्नेमा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्