आईएमई र जीएमई रेमिटको एकीकृत कारोबार सुरु

<span class='c1'>आईएमई र जीएमई रेमिटको</span> <span class='c2'>एकीकृत कारोबार सुरु</span>

काठमाडौं । नेपालको अग्रणी रेमिट्यान्स कम्पनी आईएमईले जीएमई रेमिटसँग मर्जर गरी एकीकृत कारोबार सुरु गरेको छ। बुधवार एक समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले यस एकीकृत कारोबारको शुभारम्भ गरे।

मर्जरपश्चात आईएमईको चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघेको छ। कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले औपचारिक अर्थतन्त्र निर्माणमा आईएमईको योगदान महत्त्वपूर्ण रहेको र यस मर्जरले रेमिट्यान्स सेवालाई अझ सहज र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरे।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीको २५ वर्षे यात्रा स्मरण गर्दै, जापानमा बस्दा भोगेको अनुभवबाट प्रेरित भई आईएमईको स्थापना भएको बताए। उनका अनुसार, सुरुवातमा एक करोड चुक्ता पूँजीबाट शुरू भएको कम्पनी अहिले एक अर्बभन्दा बढीको भएको छ।

ढकालले नेपालमा रेमिट्यान्सको औपचारिक माध्यम २० प्रतिशतबाट बढेर अहिले ८० प्रतिशत पुगेको जानकारी दिए। आईएमईले हाल मासिक १०० मिलियन डलरभन्दा बढी रेमिट्यान्स भित्र्याउँदै आएको छ। कम्पनीले नेपाल र मलेसिया दुवै देशका केन्द्रीय बैंकबाट रेमिट्यान्स कारोबारको अनुमति पाउने पहिलो संस्थाको रूपमा आफ्नो स्थान बनाएको छ।

भविष्यका योजनाहरू बारे बोल्दै ढकालले आईएमईलाई छिट्टै पब्लिक कम्पनीमा परिणत गर्ने र डिजिटल प्रविधिको माध्यमबाट रेमिट्यान्स सेवालाई अझ सरल बनाउने लक्ष्य रहेको बताए। उनले आईएमई लिमिटेडको सञ्चालक समितिबाट आफू बिदा लिने घोषणा पनि गरे।

यो मर्जरले नेपालको रेमिट्यान्स क्षेत्रमा नयाँ अध्याय थपेको छ र यसले सेवाको गुणस्तर र पहुँचमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्