जन्मदिनमा आशीर्वाद लिन जाने विराटनगरको अष्टचिरञ्जीवी मन्दिर

<span class='c1'>जन्मदिनमा आशीर्वाद लिन जाने</span> <span class='c2'>विराटनगरको अष्टचिरञ्जीवी मन्दिर</span>

देवराज तामाङ
विराटनगर। हिन्दू धर्मावलम्बीहरू आ–आफ्नो आस्था अनुसार विभिन्न मन्दिरहरूमा पूजा गर्न जाने गर्छन्। विराटनगरमा काली मन्दिर, शनि मन्दिर, दुर्गा मन्दिर लगायत धेरै प्रसिद्ध मन्दिरहरू छन्। तर यी मध्ये एउटा यस्तो मन्दिर छ जसको आफ्नै विशेषता छ। त्यो हो विराटनगर–८ मधुमारामा रहेको अष्ट चिरञ्जीवी मन्दिर। यो मन्दिरको विशेषता के हो भने यहाँ मानिसहरू आफ्नो जन्मदिन र वैवाहिक वर्षगाँठमा पूजा गर्न र आशीर्वाद लिन आउने गर्छन्। पछिल्लो समय अष्टचिरञ्जीवी मन्दिरको लोकप्रियता दिनप्रतिदिन बढ्दो छ।

आज मेरो जन्मदिन, अष्ट चिरञ्जीवीको आशीर्वाद लिन आएको, भन्दै २३ वर्षीय रोहन भुजेल मन्दिरमा टीका लगाउँदै थिए। उनी जस्तै दर्जनौं मानिसहरू आफ्नो जन्मदिनमा मन्दिरमा आशीर्वाद लिन आउने गर्छन्, जसले यस मन्दिरलाई अन्य मन्दिरहरू भन्दा विशिष्ट बनाएको छ। मन्दिरमा दैनिकी ६० देखि ७० जनासम्म पुजा गर्न आउने गरेका छन्।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनायककान्त पन्तका अनुसार, विगतका वर्षहरु भन्दा पछिल्लो समय आफ्नो जन्मदिनमा यहाँ पूजा गर्न आउने भक्तजनहरुको संख्या बढेको छ। केक काट्ने, मैनबत्ती निभाउने प्रचलनलाई बन्दै गर्दै पछिल्लो समय भक्तजनहरु मन्दिर आउने गरेको उनको भनाई छ।

वि.सं. २०६५ असार २५ गते स्थापित यस मन्दिरमा अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, पर्शुराम र मार्कण्डेयको मूर्तिहरू रहेका छन्। पौराणिक कथा अनुसार, यी आठ व्यक्तिहरू अमर छन् र अझै पनि पृथ्वीमा विचरण गरिरहेका छन्।

मार्कण्डेय आचार्य (.वि.सं १९८५–२०६७) द्वारा निर्मित यस मन्दिर एक जना पुजारी, एक जना सहयोगी र ३ जना सरसफाईकर्मी रहेका छन्।

हिन्दू धर्मानुसार, अष्ट चिरञ्जीवीको स्मरणले मानिसलाई दीर्घायु बनाउँछ भन्ने विश्वास छ। यसैले मानिसहरू आफ्नो जन्मदिनमा यहाँ आएर पूजा गर्छन् र आशीर्वाद लिन्छन्। यो परम्पराले यस मन्दिरलाई विशेष बनाएको छ। उक्त मन्दिरमा कोशी प्रदेशसहित भारतका विभिन्न स्थानबाट पुजा गर्न आउने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पन्तले बताए। भारतबाट आएको एक जनाले मन्दिर निर्माणका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको उनले बताए।

मानिसहरू विश्वास गर्छन् कि अष्ट चिरञ्जीवीको आशीर्वादले उनीहरूलाई दीर्घायु र सफलता प्राप्त हुन्छ । यो विश्वासका साथ मन्दिर आउने गरेको पुजारी तीर्थराज कोइरालाले बताए।

मन्दिर परिसरमा नवग्रह मन्त्र, वर र पिपलका रूखहरू, दुईतले हल, बलि सभाकक्ष, कृपाचार्य कुटी, पर्शुराम कक्ष, र व्यास बगैँचा जस्ता संरचनाहरू छन्, जसले यसलाई अझ आकर्षक बनाएको छ। यसले पर्यटकहरूलाई पनि आकर्षित गर्दछ। ‘मैले यस्तो अनौठो मन्दिर पहिले कहीँ देखेको थिइनँ’ काठमाडौंबाट आएका एक जना भक्तजनले बताए ।

यस मन्दिरको बढ्दो लोकप्रियताले स्थानीय संस्कृति र परम्परालाई जीवन्त राख्न मद्दत गरेको छ। साथै, यसले युवा पुस्तालाई पौराणिक कथाहरूसँग जोड्ने एक माध्यम बनेको छ। अष्ट चिरञ्जीवी मन्दिर आज विराटनगरको एक महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक र सामाजिक केन्द्र बन्दै गएको छ। यसले परम्परागत मूल्य र आधुनिक प्रविधिलाई सफलतापूर्वक एकीकृत गरेको छ, जसले गर्दा हरेक जन्मदिन यहाँ एक नयाँ आशा, आशीर्वाद र अनुभवको प्रतीक बन्छ। यस मन्दिरको सफलताले देखाउँछ कि कसरी पुरातन परम्पराहरूलाई नवीन तरिकाले प्रस्तुत गर्दा तिनले समकालीन समाजमा पनि सान्दर्भिकता कायम राख्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्