कठै! मेरो देश (अनुभव)

<span class='c1'>कठै! मेरो</span> <span class='c2'>देश (अनुभव)</span>

-भेषराज पोखरेल
इन्डोनेसियाको बाली र सिङ्गापुरको सात दिने भ्रमणका क्रममा हरपल आफ्नै देश याद आइरह्यो। समुद्रसँग जोडिनु बाहेक बालीको अर्को कुनै आकर्षण मेरो देशभन्दा बढी देखिएन तर बन्जर माटोलाई पनि फलफूल र तरकारीले भरिभराउ बनाउने इन्डोनेसियालीहरूको श्रमप्रतिको समर्पणलाई सम्मान गर्नै पर्दछ। संसारकै मुस्लिम बाहुल्य देश भएर पनि तीस लाख मन्दिरहरूले सजिएको इन्डोनेसियाको धार्मिक सहिष्णुता संसारकै लागि अनुकरणीय छ।

श्रम र सिपप्रतिको समर्पण नै इन्डोनेसियालीहरूको सुखद जीवनको पर्याय हो। इन्डिनेसियाका हरेक घरहरू कलाकारिताका लागि उच्च कोटिका विद्यालय नै रहेछन्। अर्कोतिर विकास र समृद्धिका दृष्टिले सिङ्गापुरको तुलना गर्नुपर्दा हामी अझै ५०० बर्ष पछाडि रहेछौँ।

एउटा नेता मात्रै सही र दूरदर्शी हुँदा देशको समृद्धि कतिसम्म उच्च हुनसक्ने रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण रहेछ सिङ्गापुर। जनवादी शासन, सुशासन र अनुशासन जस्ता कुराहरू सिक्नका लागि हाम्रा महामहीम नेताज्यूहरूलाई केही समय सिङ्गापुरका शिक्षालयहरूमा भर्ना गराउन पाए हाम्रो देशले पनि अलिकति उज्यालो देख्न पाउँथ्यो कि?

हामीले सधैँ सुन्ने गरेको जनवाद र प्रजातान्त्रिक समाजवाद त नितान्त गोहीको आँसु सिवाय केही नै होइन रहेछ। नेपाली रुपैयाँ चार करोड पचास लाखमा ट्याक्सी किनेर हामीलाई पहिलो ग्राहक बनाएको भन्ने एक भारतीय मूलका युवासँग कुरा गर्दा हामीले आफ्नो देशको दरिद्रतालाई सम्झिरह्यौँ।

दिउँसो सफ्टवेयर कम्पनीमा काम गर्ने उनले अतिरिक्त आम्दानीका लागि आफ्नै पैसाले ट्याक्सी किनेको कुरा सुनाए। त्यहाँको वैभव र जनजीविकाको स्तरीयता देख्दा आफ्नो देश सम्झेर रुन मन लागेर आयो। कठै! मेरो देश जसले घतघरमा नेता जन्मायो तर एउटै कुशल नेतृत्व जन्माउन सकेन।

त्यहाँका श्रमजीवी जनता र उद्यमशील नेताहरूको त्यागबाट नै सिङ्गापुर विकासको चरमचुलीमा पुगेको रहेछ। जतिजति घुम्दै गइयो त्यतित्यति नै आफ्नो देशका महामहीमहरूप्रति घृणा लागेर आयो। ७२ बर्षका अर्का ट्याक्सी ड्राइभरले पनि हामीलाई शरीमा अलिकति पनि सामर्थ्य छ भने परजीवी बन्न नहुने ठुलो शिक्षा दिए।

तर म एउटा कुरामा ज्यादै गम्भीर भएँ , एउटा सम्पन्न देशको धनाड्यको भन्दा पनि सुविधा सम्पन्न जिन्दगी बिताउने खर्च हाम्रा नेताहरूले कहाँबाट ल्याउँछन? न कुनै श्रम, न कुनै व्यवसाय तै पनि करोडौँको वैभवको स्रोत के हो? हामी कहाँ त धनी बन्न कि त नेतै बन्नु पर्ने कि त नेताको पुजारी नै बन्नु पर्ने अवस्था बनेको छ।

जबसम्म श्रम र स्रोतविहीन व्यक्तिले राजनीतिको बागडोर सम्हालिराख्छ तबसम्म न देश बन्छ न त जनताले सुख पाउँछन भन्ने कुरा दुनियाँकै लागि कटु सत्य रहेछ।

तर पनि म आशावादी छु कि अँध्यारो पछि पक्कै उज्यालो आउँछ। प्रकृतिले दिएको अपार सम्पदा र सुन्दरताको सदुपयोग गरेर देशलाई समृद्ध बनाउने दृढ अठोट भएको एउटा मात्रै पनि नेतृत्व तीन करोड नेपालीभित्र कसो नभेटिएला त! अहिलेलाई उर्दूको एउटा उखान "अल्लाह के यहाँ देर है लेकिन अन्धेर नही" सम्झेर चित्त बुझाउनु बाहेक अर्को उपाय देखिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्