धिमाल जातिको जात्रि/सिरिजात सुरुहुदै

<span class='c1'>धिमाल जातिको</span> <span class='c2'>जात्रि/सिरिजात सुरुहुदै</span>

विजय धिमाल

धिमाल समुदायले मन्ने महान पर्व जात्रि÷सिरिजातको सुरुवात भएको छ । विक्रम सम्वतको नयाँ वर्ष प्रवेशको वैशाख २ गते मोरङको भोगटेनी राजारानी धिमाल डाँडाबाट प्रारम्भ हुने गर्दछ । राजारानीबाट प्रारम्भ भएको यो पर्व करिव २ महिना सम्म मनाउने गरेको छ । दुइ महिना सम्म यसरी मनाउछन मोरङ, झापा र सुुनसरी जिल्ला लगायत नेपाल भर रहेको एक साय धिमाल बस्तिहरु छन ती बस्तिहरुमा फरक फरक गतेमा जात्रि÷सिरिजात मनाउने गरीन्छ यसकारण लामो समय सम्म मनाउदछन । नेपाल भरिनै खोज्दा धिमाल जाति बाहेक अन्य कुनै जाति छैन होला यतिका लामो समय सम्म पर्व मनाउने । धिमाल समुदाय भरि कुनै ठाउँ पुजा त कुनै ठाउँ मेला लगाउदै २ महिना सम्म लगातार चलिरहन्छ । धिमाल जाति विकास केन्द्र उर्लाबरी नगरपालिका–३ मंगलबारे १० विगाह परिसरमा असार २ गते भव्यताकासाथ औपचारिक रुपमा कार्यक्रमको आयोजना गरी समापन गर्ने गर्दछन ।
ग्रामथान तथा महाराजथान र्निमाण गरी वर्षमा एक पटक पुखैँलि चलन अनुसार विगत हजारौ वर्ष देखि धुमधाम संगले पुजा वा मेला (जात्रि÷सिरिजात) मनाउदै अइरहेका छन ।
ग्रामथान तथा महाराजथानमा पुजाआजा गर्दा फलफुल लगायत सुँगुर, बोका, बाख्रा, हाँस, कुखुरा, परेवा आदिको बलिदिने र रक्सी पनि चढाउने चलन छ । यस पर्वमा धेरै वर्ष अघिदेखि टाँढा रहेर बसोवास गर्दै आएका आफ्नो आफन्त, छोरीचेली र इष्ठमित्र भेटभाट संगै धिमाल जातिको परिकार लगायत खानपिन, नाचगान गर्दै बडो रमाइलो ढंगले मनाउने गर्दछन । धिमाल गाँउ टोल बस्तिहरुको ग्रमथान÷महाराजथानहरुमा मेला लगाइ गरिने पुजालाइ जात्रि भनिन्छ । र यो जातिको
मूख्य बाजा ढोल बजाएर प्रतिस्पर्धा गरि प्रथम, द्वितिय, त्रितिय र सानत्वना हुनेलाइ पुरस्कृत गरिन्छ । ढोल प्रतिस्पर्धामा छिमेकी गाँउ टोलकाधिमाल जाति नै हुन्छन । जहाँ मेला लाग्दैन वा लगाइदैन, ढोलको प्रतिस्पर्धा गरिदैन त्यसलाई सिरिजात भनिन्छ । कसैकसैले भने यस जात्रि/सिरिजात पुजालाई ढङढङे मेला वा पुजा भनेर यो ऐतिहासिक पर्वकै अपब्याख्या भएकोे पनि छ । यतिसम्म की, ढङढङे मेला भनेको केटाले केटी र केटीले केटा हेर्ने अर्थात केटाकेटी रोज्ने मेला हो भनेर यस पर्वलाई भद्दा र बिकृत बनाउनेहरुको कमी छैन ।
वयस्कहरुले यस पर्वलाई जसरि चित्रण गरेपनि धिमाल जातीय विकास केन्द्रले भने यस्ता टिप्णी गर्न र प्रवृति देखाउन रोक लगाउदै आएको छ । परापूर्वकालमा मन परेकी स्त्रीलाई जबरजस्ती काँदमा हालि पुजापाठ गर्ने कोठामा केहिदिन बन्धक बनाएमा आफ्नी श्रीमती वा बुहारी बनाउने प्रचलनलाई धिमालहरु कार्दैनन् । तर जात्रि÷सिरिजात मनाउनुको अर्थ अतितमा जंगलका हिंस्रक जनावर, अनेकौँ रोगव्याधि, महप्रलय, अनाबृष्टि, अतिबृष्टि, अनिकाल, खडेरी, आगलागि लगायत अनेकौँ संकटहरुबाट बच्न र बचाउनका खातिर ग्रामथान÷महाराजथानमा देरादिर(भगवान)घरदेखि केहिपर वा धिमाल समुदायको पूर्वपट्टी थान र्र्निमाण गरि वर्षको एक पटक पुजाआजा परापूर्वकादेखि हाल सम्मगर्दै आएको धिमाल जाति विकास केन्द्रको सामाजिक नियामावलीमा उल्लेख छ । यो पुजा गरिसकेपछि ती अराजक तत्व लगायत जीव–जनावरदेखि विविध कुराहरुले नसताओ भनेरपुरै आफ्नो गाउँलाई तन्त्रमन्त्रले बाँध्ने जस्ता कुराहरु केन्द्रीय धामीहरु बताउछन् । धिमाल जातिको थानमा कुनै मुर्ति÷प्रतिमा हुदैन । यीनिहरु माटोद्वारा बनाइएको हस्तलिपी निर्मित हात्ती, घोडा र बाख्रा र वनजंगल, खोलानाला, जीवजनावरलाई पुकारी पुजाआजा गर्ने गरेको पाइन्छ । यस पुजाआजामा धिमाल जाति मात्र नभएर गैर धिमालहरु पनि आफ्नो मनोकांक्षा पुरा हुनेगरेको वा भएको भनि विश्वासका साथ थानमा लाम्बद्घ भइ पुजामा संलग्न भएको पाइन्छ ।
यस जातिलाई हामीले चिन्नुपर्दा पूर्वकाल देखिनै आफ्नो कला, संकार, संस्कृति, भाषा र भेषभुषा संरक्षण ,सम्द्र्घन गदै आएको पाइन्छ । पूर्वी तराइ भेगमा बढीमात्रामा देख्न सकिन्छ यस जातिलाई । मुख्यतः धिमालहरु मोरङ ,झापा र सुनसरी जिल्लामा सिमित रहेका छन् । नेपालमा मात्र नभइ भारतको विभिन्न ठाउमा पनि धिमालहरुको थातथलो रहेको पाका उमेरका धिमालहरुको कथन छ । किबंदन्ती अनुसार धिमालका पुर्वजहरु स्थाइ बसोबास गर्दैनथे । फिरन्ते अवस्थामा सिकार खेल्दै एकै समुह भएर बस्ने गर्थे । कालान्तरमा धिमाल जाति अस्थयी नभइ स्थाइ रुपमै गोलबद्घ भएर १०–१५ घरदेखि ५०–१०० घरसम्म बसोबास गर्दै आएको पाइन्छ । उहिले तराइमा बसोबास गर्न
निकै कठिन थियो । तराईमा बसोवास गर्न चानचुने कुरो थिएन । उसताका तराई क्षेत्र घनाजंगल थियो । धिमाललाई अ‍ैँलो प्रभावित तराईको भुमिपुत्र भन्दा दुइमत नहोला । यो जातिको आफ्नै धामि÷पुरोहित (ओझ) हुन्छ । विविध पुजाआजा, जन्म, मृत्यू, विवाह, संस्कार र संस्कृति
आफ्नै जातिको पुरोहितद्वारा कार्य सिद्घ गर्दछ । यद्यपि, यतिबेला कतिपय धिमाल बन्धुहरुले अन्य पुरोहितद्वारा पनि जजमानि गरवएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्