विराटनगका प्लस-टु मा प्रवेश परीक्षा दिनेको भिड, कुन कलेजमा पढ्ने विद्यार्थी अझै अन्यौलमा

<span class='c1'>विराटनगका प्लस-टु मा प्रवेश परीक्षा दिनेको भिड,</span> <span class='c2'>कुन कलेजमा पढ्ने विद्यार्थी अझै अन्यौलमा</span>

प्रेम देवान
विराटनगर १८ असार । एसईईको रिजल्ट आएसँगै विराटनगरका कलेजमा बिद्यार्थीको भिड छ।फारम भर्नेको मात्र हैन प्रबेश परिक्षा दिएर भर्ना हुने पनि उतिकै छन् ।तर विद्यार्थी भने आफै कुन कलेजमा पढ्ने भन्नेमा अन्यौल छन् । दादरबैरिया मोरङबाट आएकी निर्मला राजवंसीले कलेजका नाम नखुलाउने सर्तमा भनिन् ‘मैले ३ वटा कलेजमा प्रबेश परिक्षा दिएँ जुन कलेजमा नाम निस्कन्छ त्यसमा नै पढ्ने हो ।’ उनले जुन कलेजले सस्तो र राम्रो सेवा सुविधा दिन्छ त्यसैमा पढ्ने योजना बनाएकी छिन् ।
उनी जस्तै विराटनगरको ग्रेडेड स्कुलबाट यसैपाली एसईई दिएका सुरज खड्का पनि विराटनगरको शिक्षादिप, अरनिको र ग्रिनल्याण्डमा दिनभरी धाए । उनले १ सय २५ रुपैया गोटाको फर्म पनि भरे । अनि हामीले भन्यौ कुन कलेजमा चाही पढ्ने भनेर ? उनी आफै एकछिन् अन्यौलमा परे । भने, ‘खै कुनमा पढ्ने हो थाहा छैन,अब जुनमा नाम निस्कने हो त्यसैमा पढ्ने ।’
उनीसँगै पोखरीया माबिबाट एसईई दिएका अञ्जन भट्टराई र निशाव भट्टराई पनि ४ वटा कलेजको फर्म सहित कलेजको बार्षिक शुल्कको विल बोकेर एक होटलमा बसेर छलफल गरिरहेका थिए । उनीहरुले कलेजको बार्षिक शुल्कको दररेट हेरिरहेका थिए । जुन कलेजमा सस्तो पर्छ त्यसैमा पढ्ने भन्दै थिए ।
विराटनगरको कलेजहरुको एकरुपता नभएका कारण पनि विद्यार्थीहरु अन्यौलमा परेका छन् । कलेजहरुले लिने मनपरी  पढाई शुल्क तोकिँदा बिद्यार्थी कता सस्तो होला भनेर पर्खिएका छन् । उनीहरु यसै कलेजमा पढ्ने भन्ने मनस्थितीमा देखिँदैनन् । विद्यार्थीहरुको चाह राम्रो र सस्तो होस भन्ने देखिन्छ ।
विराटनगरमा कलेज नै पिच्छेका आ– आफ्नै शुल्क छ । हातमा कलेजहरुको फर्म र प्रोस्पेक्टस बोकेर भौतारिएकी सोनिया गुरुङ सहित उनका साथीहरु पनि दिनभरी लगाएर विराटनगरका ४ वटा कलेज धाउँदै थिए । तर कुन कलेजमा पढ्ने भनेर कलेज छनौट गर्न भने मुस्किल परेको सोनियाले बताईन् ।
एसईई परिक्षाको रिजल्ट आएसँगे प्लस टु पढाउने विराटनगरका कलेजहरु अहिले बजारीकरणमा ब्यस्त छन् । एक दर्जन बढी लप्लसटु्हरुमा अहिले प्रबेश परिक्षा चलि रहेको छ । कसले बढी बिद्यार्थी तान्ने भन्ने होडपनि उसैगरी चली रहेको छ । कक्षा १२ सम्म माध्यामिक बिद्यालय शिक्षा अन्तरगत पर्छ । निजी बिद्यालयहरुले लिने शुल्कको बिषयमा यो बिषयहरु अहिले महानगर, नगर र गाउँपालिकासँग जोडिएकोले यसलाई नियन्त्रण गर्ने बिषयमा समन्वय गरेर अघि बढ्नुको बिकल्प नरहेको शिक्षा विकास तथा समन्वय समितिका शिक्षा अधिकारी राजकुमार थापाको भनाई छ । प्लस टुलाई कलेजको रुपमा हेरिँदैन अहिले त्यो बिषय बिद्यालय स्तरमा आएको छ । तर आफ्नो बिद्यालय नभएका कलेजहरुले पनि प्लस टुको लागि मात्र भनेर पनि बिद्यार्थी भर्ना गरि रहेको बारेमा शिक्षा अधिकारी थापाले भने, ऐन–नियम कानुन बाहिर कोही नहुने भएकाले कोही नियम विपरित गए कार्वाही हुन्छ ।’
कुन कलेजमा कतिले दिए आवेदन
एक हप्ता भित्रमा धेरै प्लस टु तथा कलेजहरुले आफ्नो प्रबेश परिक्षा लिईसकेका छन् । हतारोमा सबै कलेजहरुले आफ्नो प्रबेश परिक्षा लिए । तर कुन कलेजमा कति बिद्यार्थी प्रबेश परिक्षामा सहभागी हुन आए त ? आवर बिराटनगरलाई जानकारीमा आएसम्म शिक्षादिप कलेजमा २ हजार ५ सय २६ जनाले प्रवेश परीक्षा दिएका छन् । कलेजका प्रिन्सीपल ज्ञान बहादुर खड्काका अनुसार विज्ञान संकायमा ७ सय ५० सिट क्षमता रहेको र कमर्समा २सय५० जनाको सिट संख्यामा २ हजार बढीले प्रवेश परिक्षा दिए ।
नेशनल एकेडेमी प्लस टु मा शनिबार भएको प्रवेश परीक्षामा करिब ५ सय ५७ ले परीक्षा दिएको स्कुलका प्रधानध्यापक एसडी साहले बताए । त्यसैगरी मेरील्याण्ड कलेजमा ८५० जनाको कोटा रहेकोमा १ हजार ५ सय ७ जनाले प्रवेश परिक्षा दिएका छन् । यता कान्तिपुर कलेजमा भने १ हजार ७ सय ७ जनाले प्रवेश परीक्षा दिएको कलेजका स्कुलका प्रिन्सीपल भुवन नेपालले जानकारी दिए । त्यसैगरी एभरेष्ट कलेजमा ५सय ५० जनाले परीक्षा दिएको प्रिन्सीपल टिकाराम पुरीले बताए ।
लर्ड बुद्ध कलेजमा ८सय ४८ विद्यार्थीले परीक्षा दिएका छन् । प्रिन्सीपल सिएम श्रेष्ठका अनुसार ४ सय सिट क्षमता रहेकोमा विज्ञान संकायमा ५ सय २६ जनाले फारम भरेका छन् । त्यसैगरी व्यावस्थापन संकायमा २ सय ५० जना सिट संख्या रहेको कलेजमा ३ सय २२ जनाले आवेदन दिई परीक्षा दिएका थिए । यता कोवास कलेजमा १ हजार ६ यस जनाले परीक्षा दिएको प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्