ताप्लेजुङमा बाल विवाहको अवस्था उच्च , चेतना स्तर कम र अशिक्षा कारक

<span class='c1'>ताप्लेजुङमा बाल विवाहको अवस्था उच्च ,</span> <span class='c2'>चेतना स्तर कम र अशिक्षा कारक</span>

ताप्लेजुङ, साउन २८ गते । ताप्लेजुङमा बाल विवाहको अवस्था उच्च रहेको पाइएको छ । जिल्लाको वैवाहिक अवस्था अनुसार झण्डै आधाले बालविवाह अर्थात् कम उमेरमा विवाह गर्ने गरेको पाइएको हो । कानुनमा विवाहका लागि तोकेको न्यूनतम उमेरभन्दा कम उमेरमा विवाह गर्नुलाई बाल विवाह भनिन्छ ।
समाजको चेतना स्तर कम र अशिक्षाका कारणले नै ताप्लेजुङमा बाल विवाह गर्नेको सङ्ख्या उच्च भएको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लाको कुल जनसङ्ख्यामा विवाहितको सङ्ख्या ५८ हजार ६८१ रहेको छ । उक्त विवाहितको सङ्ख्यामध्ये ४८.७१ प्रतिशत अर्थात् २८ हजार ५८९ जनाले कम उमेरमै विवाह गरेका छन् ।
बाल विवाह गर्नेमा बालकको तुलनामा बालिकाको सङ्ख्या दोब्बरभन्दा बढी रहेको छ । कुल सङ्ख्यामध्ये १९ हजार ६९१ बालिकाले बाल विवाह अर्थात् कम उमेरमा विवाह गरेका छन् । बाल विवाह गर्ने बालकको सङ्ख्या भने आठ हजार ८९८ मात्र रहेको छ । कम उमेरमा वा बाल विवाह गर्नु गैरकानुनी भए पनि चेतना स्तर न्यून भएकै कारण बाल विवाह गर्ने क्रम दिन प्रतिदिन बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

जिल्ला बाल कल्याण समिति ताप्लेजुङका अनुसार जिल्लामा शिक्षित परिवारको तुलनामा निरक्षर समाज वा परिवारमा बाल विवाहको मात्रा बढी रहेको छ । यस्तै भौगोलिक रूपमा सहर तथा बजारमा भन्दा ग्रामीण क्षेत्रमा बाल विवाह गर्ने बढी रहेको पनि समितिले जनाएको छ । बहुसङ्ख्यक आदिवासी जनजातिको बसोबास भएको जिल्लामा सोही समुदायमा बाल विवाह गर्ने बढी रहेको र त्यसपछि दलित तथा अन्य समुदायमा बाल विवाह गर्ने रहेका छन् ।
यता तत्कालीन महिला तथा बालबालिका कार्यालय लगायत केही संस्थाको सहकार्यमा जिल्लामा बाल विवाह न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम समय समयमा गर्दै आएको भए पनि बाल विवाह नरोकिएको जिल्ला बालकल्याण समितिकी सदस्य शान्ता आङ्बुहाङले जानकारी दिनुभयो । वार्षिक रूपमा कति सङ्ख्यामा बाल विवाह हुन्छ भन्ने यकिन तथ्याङ्क तत्काल नभए पनि विवाहको क्रम उच्च नै रहेको आङ्बुहाङको भनाइ छ ।

[caption id="attachment_50118" align="alignnone" width="800"] Child marriage. Illustration: Ratna Sagar Shrestha[/caption]

उहाँले गाउँ–गाउँमा पुग्दा र विद्यालयमा पुग्दा विवाहित बालबालिकाको सङ्ख्या धेरै नै भेटिनेगरेको बताउनुभयो । यस जिल्लामा बाल विवाह हुने क्रम बढ्दो रहे पनि उजुरी गर्ने वा बाल विवाह सम्बन्धी मुद्दा नपर्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार कतिपय बाबुआमाको सल्लाह बमोजिम बाल विवाह हुने गरेको पाइएको छ भने अधिकांश बालबालिका आफैँले विवाह गर्ने गरेका छन् । बाल विवाह गरेसँगै उनीहरूले वैवाहिक जीवनबारे बुझ्न नसक्दा, परिपक्व शारीरिक विकास भइनसक्दै सन्तान जन्माउन पुग्दा लगायत अन्य अवस्थाले ठूलै समस्या झेल्दै आएको पाइएको पनि उहाँले बताउनुभयो ।
यसरी केही वर्ष अघिसम्म आमाबाबुको स्वीकृतिमा कम्तीमा १८ वर्ष पूरा गरे पछिको विवाहलाई कानुनी मान्यता दिने व्यवस्था थियो । अहिले कानुन संशोेधन गरेर विवाहको न्यूनतम उमेर २० वर्ष तोकिएको छ । कानुनी व्यवस्था यस किसिमको रहे पनि नेपालमा प्रत्येक वर्ष १५ वर्ष मुनिका सरदर एक लाख ३८ हजार बालबालिकाको विवाह हुने गरेको तथ्याङ्क छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुल बाल विवाह सङ्ख्यामा पनि प्रतिवर्ष सरदर एक लाख १५ हजार बालिकाको विवाह हुने गरेको छ ।
त्यस्तै प्रत्येक वर्ष कुल जनसङ्ख्याको ४३ लाखभन्दा बढी १५ देखि १९ वर्ष मुनिका किशोरीको विवाह हुने गरेको छ । नेपालमा अझै पनि १० प्रतिशतभन्दा बढी महिलाको १५ वर्ष नपुग्दै र ४१ प्रतिशत महिलाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको सरकारले २०६८ सालमा गरेको सर्वेक्षणले देखाएको छ । समुदायमा प्रचलित कुप्रथा, सचेतनाको कमी र अशिक्षाकै कारण बाल विवाहमा न्यूनीकरण आउन नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्