पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रकाे १५ महिनामा बनिसक्ने भवन ६ वर्षमा पनि बनेन

<span class='c1'>पशुपतिनगर  प्राथमिक स्वास्थ्य केन्द्रकाे १५ महिनामा</span> <span class='c2'>बनिसक्ने भवन ६ वर्षमा पनि बनेन</span>

ईलाम, १२ कात्तिक । १५ महिनामै निर्माण पूरा गर्ने सम्झौता भई सुरु गरिएको भवन ६ वर्ष बित्न लाग्दा पनि सम्पन्न नभएपछि पूर्वी सीमावर्ती पशुपतिनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको छ । पुरानो भवन जीर्ण बन्दा केन्द्रका लागि आएका अत्यावश्यक उपकरण पनि त्यसै थन्किएका छन् । स्वास्थ्य केन्द्रको यतिसम्म बेहाल छ कि अहिले एक्स–रे र ल्याबका उपकरणमाथि कपडा सुकाउने गरिएको छ । ‘१९८६ सालमै बनेको भवनमा बसेर स्वास्थ्यकर्मी र कर्मचारीले काम गर्दै आएकामा अहिले सो भवन जीर्ण भइसकेकाले बिरामीलाई उपचार गराउन कठिन भएको हो । उपचार गराउन आउनेको संख्या थपिँदै गएकाले भवन अभावले समस्या भएको हो’ अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रमोद राईले भने ‘भवन नबनाएकै कारण यहा“का बासिन्दास“गै सबैले समस्या झेल्नुपरेको छ ।’ दार्जलिङको राजनीतिक अस्थिरताका कारण पनि यो स्वास्थ्य केन्द्र पूर्वी इलामका दर्जनौं गाउ“का बासिन्दाका लागि उपचारको एक मात्र थलो बन्दै आएको छ ।

२०६९ साल जेठ ११ गते आवाससहितको अस्पताल भवन निर्माणको ठेक्का पाएको मिलेनियम देव एन्ड सायर कम्पनीले पटकपटक म्याद थप गर्दा पनि निर्माण पूरा गरेको छैन ।  सम्झौतानुसार २०७० साल भदौमा सम्पन्न भइसक्नुपर्ने भवन नबन्दा स्थानीयवासीले सास्ती पाएकाले २०७३ साल पुस ३० सम्मका लागि म्याद थप गरिए पनि निर्माण पूरा भएन । पुनः २०७४ साल चैतसम्म म्याद थप गरिए पनि भवन निर्माण नहुँदा कुनै कारबाहीसमेत नगरिएको कार्यालयले जनाएको छ ।

‘भवन निर्माण गर्नुपर्ने स्थानमा रहेको विद्युत् प्रसारण लाइन हटाउन मात्रै ३१ महिना लाग्यो’ निर्माण कम्पनीका प्रमुख डम्बर गदालले भने, ‘त्यहा“सम्म ट्रक पुग्ने सडक नहुनु, अत्यधिक चिसोका कारण हिउँदयाममा काम गर्न कठिन हुनु, भूकम्प र राजनीतिक उतारचढावका कारण पनि ढिलो भएको हो ।’ यी सारा अवरोध हुँदाहुँदै पनि बिलबमोजिमको रकम प्रदान नभएकाले पनि समस्या आएको निर्माण कम्पनीका ठेकेदार डम्बर गदालले बताए ।

पाउनुपर्ने डेढ करोड रुपैया“मध्ये करिब ७० लाखको काम भए पनि सो रकम नपाएको उनको गुनासो थियो । जीर्ण भवनबाट ओपीडी, बर्थिङ सेन्टर, बिमा, फार्मेसीजस्ता काम गर्न कठिन भएको चिकित्सक कुशल वस्तीले बताए । ‘आवासको अवस्था पनि उस्तै छ,’ उनले भने, ‘शौचालयको पनि व्यवस्था नभएकाले दुई चिकित्सकसहित १० जना स्वास्थ्यकर्मीको टोलीलाई दैनिक कामकाज र बसोबासका लागि पनि समस्या छ ।’ राजधानी दैनिकमा खबर छापिएकाे छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्