झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान

<span class='c1'>झापाको मेचीनगरमा २५०</span> <span class='c2'>प्रजातिका चराको बासस्थान</span>

भद्रपुर पुष १२ । 

झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ । यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको विगत तीन वर्षदेखि चराको अध्ययन गरिरहेका मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेलले बताए ।

धेरै चरा पाइने देशको सूचीमा नेपाल २२औँ स्थानमा छ । नेपालमा ९०० प्रकारका चरा पाइएकामा २५० प्रकारका चरा झापाको मेचीनगरमै पाइने उनको भनाइ थियो । विशेषज्ञ खरेलका अनुसार मेचीनगर–३ मा रहेको बहुवन सामुदायिक वन र बेँसीबजार क्षेत्र चराको राजधानी नै हो । मेचीनगर–३ मा विश्वमै दुर्लभ राजधनेश पनि पाइएको छ भने रैथाने चराहरु भुँडीफोर गरुड, फिस्टो र बुङ्गे चरा हराउँदै गएको उनले बताए । चराका लागि मेचीनगर अनुकूल बासस्थान भएकाले पाहुना चरा आउने क्रम पनि बढेको छ ।

मेचीनगरलाई ‘चरा मार्न निषेधित क्षेत्र’ घोषणा गरेर चरा महोत्सव आयोजना गर्ने हो भने यहाँ विदेशी पर्यटक अध्ययन र अवलोकनका लागि आउने सम्भावना रहेको विशेषज्ञ खरेलले बताउए ।

मेचीनगर–६ काँकडभिट्टस्थित ‘इस्टपोइन्ट फोटो एण्ड भिडियोग्राफर’का सञ्चालकसमेत रहेका उनले विगत तीन वर्षदेखि चराको फोटो खिच्ने र संरक्षणका लागि चेतना फैलाउने कार्य गर्दै आएका छन्।

“मेचीनगरलाई चरा अवलोकनका निम्ति पर्यटकीय रुपमा विकसित गर्न सकिने सम्भावना छ”, खरेलले भने, “चरा प्रकृतिका अमूल्य उपहार हुन् यिनको संरक्षण हामी सबै मिलेर गर्न जरुरी छ ।” चिसो मौसममा बिहान ७ बजेदेखि ९ बजेसम्म र गर्मी मौसममा ६ बजेदेखि ८ बजेसम्म चराको खोजीमा निस्कने ४५ वर्षीय खरेलको दैनिकी नयाँ चरा पत्ता लगाउनैमा बित्ने गरेको छ ।

आगामी चैतसम्ममा मेचीनगरमा चराको फोटो प्रदर्शनी गरेर यहाँ पाइने चराका प्रजातिबारे जानकारी गराउने सोच बनाएका उनले सवा लाखको क्यामेरामा डेढ लाखको लेन्स प्रयोग गरी चराको फोटो सङ्कलन गरिरहेका छन् ।

घुमुवा (उडिसा) जातिले चराको सिकार गरेर खाने गरेकाले तत्काल मेचीनगरलाई चरा मार्न निषेधित क्षेत्र घोषणा गर्नुपर्नेमा विशेषज्ञ खरेलले जोड दिए । मेचीनगर क्षेत्रमा आठसामुदायिक वन रहेका हुँदा विभिन्न प्रजातिका चरा पाइने गरेको जानकारी दिँदै सामुदायिक वन महासङ्घका जिल्ला अध्यक्ष बेदप्रसाद भण्डारीले खरेलजस्ता चराको अध्ययन र अनुसन्धानमा रहेको व्यक्तिलाई सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्