पुर्वमा भुइँस्याउकाे उत्पादन प्रशस्त, बजार परीक्षणका लागि सिरप (झोल) बनाएर युरोप निर्यात

<span class='c1'>पुर्वमा भुइँस्याउकाे उत्पादन प्रशस्त, बजार परीक्षणका लागि</span> <span class='c2'>सिरप (झोल) बनाएर युरोप  निर्यात</span>

इलाम, २६ फागुन। केही वर्षयता इलाममा उत्पादन भइरहेको भुइँस्याउ (ग्राउण्ड एप्पल) ले बजार पाउन सकेको छैन । पोषणयुक्त फलको रूपमा मानिने भुइँस्याउ विक्री हुन छाडेपछि किसानले यसलाई वस्तुभाउलाई खोले पकाएर खुवाउन थालेका छन् । ‘खोले पनि धेरै भएपछि वस्तुले खान छाड्यो,’ देउमाई नगरपालिका दुईका मदन मुखियाले गुनासो गरे । बहुगुणी यो फलको बजार परीक्षणका लागि सिरप (झोल) बनाएर युरोप तथा अमेरिका निर्यात गरेको एक कम्पनीको दाबी छ ।

उत्पादन धेरै
समुद्री सतहदेखि १५ सयदेखि तीन हजार मिटर उचाइमा हुने भुइँस्याउ इलामका उत्तरी गाउँमा प्रसस्तै उत्पादन भइरहेको छ । मुखियाले गाउँभरिको उत्पादन समेत गरी २ वर्षमा ६२ क्वीन्टल आफैले बेचेको दाबी गरे ।

उनले २५ रुपैयाँ किलो विक्री भएको तर अहिले भने खासै बजार नभएको बताए । देउमाई नगरका प्रायः घरमा भुइँस्याउको खोले पकाएर गाई र सुँगुरलाई दिएको पाइन्छ । ‘बजार नभएपछि के गर्ने ? हामीकहाँ होटलमा भारतको मुला बेचिन्छ तर यहाँको उत्पादन भुइस्याउँको सलाद बेचिँदैन,’ मंगलबारे उद्योग वाणिज्य संघका अध्यक्ष तारा थापाले भने ।

थोरै लगानीमा धेरै उत्पादन लिन सकिने भएकाले इलामका साँखेजुङ, प्याङ, सुलुबुङ, फिक्कल, पशुपतिनगर गाउँमा भुइँस्याउको उत्पादन हुने गरेको छ । सुलुबुङका तारा खतिवडाले विगतमा यसको जुस बनाएर र अचार बनाएर बेचे पनि यो वर्ष किबीको बजार भएकाले बेच्न नभ्याएको सुनाउँछन् ।

गुणकारी फल
खाँदा स्याउ र खरबुजाको मिश्रित स्वाद जस्तो लाग्ने भुइँस्याउको फल सगरखण्डा आकारको तर अलिक ठूलो हुन्छ । यो फलमा पानीको मात्रा अधिक हुने भएकाले गर्मी मौसममा खाँदा उत्तम हुने बताइन्छ । प्रांगारिक कृषि विज्ञ राजेन्द्र प्रसाद देवकोटाले भुइँस्याउमा फ्लास, क्याल्सियम, सोडियम, पोटासियम, क्लोरिन, म्याग्नेसियम, भिटामीन बी १, बी २ र भिटामीन सी जस्ता तत्वहरू पर्याप्त मात्रामा पाइने बताए । यसलाई घरेलु तरीकाले रेड वाइन पनि बनाउन मिल्दछ । यस्तै मिठाइ र पशुपक्षीको आहाराको रूपमा पनि प्रयोग गर्न सकिन्छ । भुइँस्याउमा पानीको मात्रा अधिक र कार्बोहाइडेड क्यालोरी प्रोटिन, खरानी, बोसो र क्रुड फाइबर रेसा जस्ता तŒव हुन्छ । भुइँस्याउलाई जुस, ड्रिंक्स, कन्फेक्सनरी, स्यान्कस, कुलनरी, सिरप, ब्राण्डी र वाइन बनाउने कच्चा पदार्थको रूपमा लिने गरिन्छ । भुइँस्याउको पातबाट स्लीम टी बनाइन्छ र यो युरिक एसिड भएका बिरामीलाई पनि उत्तिकै उपयोगी हुने बताइन्छ ।

अमेरिका र युरोपमा सिरप
पाँचथरस्थित कञ्चनजंगा टी स्टेट एण्ड रिसर्च सेन्टर मार्फत भुइँस्याउको सिरप बनाएर युरोप तथा अमेरिकामा निर्यात भइरहेको छ । परीक्षणका लागि विगत चार वर्षदेखि भुइँस्याउको सिरप निर्यात गरेको भए पनि रिजल्टको पर्खाइमा रहेको सेन्टरका निरानन्द आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्