विराटनगरको रत्ना होटल र श्रम कार्यालय विच आरोप–प्रयारोप, हाेटल भन्छ ‘श्रमले दु:ख दियाे’

<span class='c1'>विराटनगरको रत्ना होटल र श्रम कार्यालय विच</span> <span class='c2'>आरोप–प्रयारोप, हाेटल भन्छ ‘श्रमले दु:ख दियाे’</span>

शिवम मिश्र (प्रशान्त)

विराटनगर, १३ चैत । विराटनगरको श्रम कार्यालय र रत्ना होटल बिच आरोप प्रत्यारोप शुरु भएको छ। विराटनगरको रत्ना होटलले श्रम कार्यालयबाट दुख दिईएको आरोप लगाएका छ । बिराटनगरमा रहेको होतल रत्नामा पत्रकार सम्मेलन गरि होटलका प्रबन्ध निर्देशक रेवत थापाले श्रम कार्यालयले दुख दिएको आरोप लगाएका हुन् ।

थापाले अदालतको फैसला मानेर नियम अनुसार काम गर्दै आएको भएपनि बिभिन्न नाममा दुख दिने गरेको बताएका हुन् ।
पहिला होटलमा नै काम गरेर छाडेका पुर्व ४ जना कर्मचारीलाई पारिश्रमिक नदिएको भन्दै पटक पटक दुःख दिएको उनको भनाई छ । ति कर्मचारीलाई पारिश्रमिक दिने भए पनि कर्मचारी र श्रम कार्यालयबाट होटललाई अनावश्यक रुपमा दुःख दिने गरेको बताए। उनका अनुसार पुर्ब कर्मचारीलाई दिएको पैसा नलिएको तर नियमित दुख दिने काम भएको छ ।
२०६८ भदौ २३ गते श्रम अदालतले ४ जना पुर्व कर्मचारी रामेश्वर बुढाथोकी, दुर्गाप्रसाद उप्रेती, पारस गुरुङ र विश्व बन्धु खड्काको पक्षमा गरेको फैसला बमोजिम कामको आधारमा तलब दिन तयार भएको तर उनीहरुले नलिने र दुख दिने मात्र नियत राखेको बताए । उनले सबै मिलेर होटल नै बन्द गराउने चलखेल गरिरहेको सुनाए ।

२०६८ सालमा चारजना श्रमिकले श्रम अदालतमा मुद्दा दायर गरेको र असार २७ सर्वोच्च अदालतले श्रमिककै पक्षमा फैसला गरेको थियो । अदालतले श्रमिकको पक्षमा फैसला गरे अनुसारको तलब दिन होटल तयार भएको थापाले बताए । होटल पारिश्रमिक दिन तयार रहेतापनि होटल माथि झुठो आरोप लगाएर बद्नाम गर्ने प्रयास भएको उनको आरोप छ ।
कर्मचारी प्रति असन्तुष्ट देखिएका थापा ति कर्मचारीले सुरुदेखि नै गलत काम गरेको तर स्पस्टिकरण माग्दा काम छोडेर भागेको आरोप लगाए ।
अदालतको आदेश अनुसार उनीहरुले पाउने झन्डै २१ लाख तिर्न तयार रहेको थापाले बताए । ‘सुरुमा काममा राख्दा पारिश्रमिकको कुरा गरेर मात्र राखेको थिएँ उनले भने, तर अब चार जना मजदुरले बिदा, बोनस र भत्ता समेत जोडेर १ करोड माग गरिरहेका छन्, त्यो गलत हो ।’

कानुनले तोके अनुसारको भुक्तानी दिन होटल तयार भए पनि श्रम तथा रोजगार कार्यालय विराटनगरले होटलको बैंक खाता रोक्का गर्ने, बिजुली कतौती गर्ने जस्ता गलत कार्य गरेको उनको आरोप छ ।

श्रम कार्यालय विराटनगरका प्रमुख प्रेम प्रसाद सञ्जेलले श्रमिक र मालिक बिचकाे मुद्दा २०६८ साल देखि रहेकाेले फैसला कार्यान्वायन मात्र गरेकाे बताए । उनका अनुसार २०६८ सालमा ४ जनाले श्रममा मुद्दा हालेकाे, श्रम अदालतकाे निर्णयलाई सर्बाेच्च अदालतकाे फैसलाले सदर गरेकाे फैसला कार्यान्वायन गर्दा हाेटल सञ्चालकलाई गार्हाे महसुस भएकाे हुनसक्ने बताए । हाेटल सञ्चालकले तलव सबै दिन तयार भएर चेक पनि दिएकाे तर भत्ता, विदा,  चाडपर्व खर्च दिन्न भन्दा मजदुरले नमानेकाेले  अदालतकाे आदेश अनुसार कार्यान्वायन मात्र गरेकाे त्याे भन्दा बढी कुनै दुख नदिइएकाे प्रमुख सञ्जेलकाे भनाई छ ।  आफु अदालतकाे आदेश पालना गराउने ठाउँमा रहेकाेले त्याे कार्यान्वायनमा जानु पर्छ भन्नेमा रहेकाे सञ्जेलकाे भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्