रमेश खरेल
दैनिक रुपमा अस्वास्थ्य मानिसको संख्या बढिरहेको छ । संख्या बढने क्रम यथावत नै छ । हामि जो कोही पनि अस्पतालको शैयामा पुग्दको अवस्थामा डाक्टरहरुको प्राय सल्लाह दिने शब्द रगत, रगतको संकलन, यो रगत व्यवस्था गर्ने चाही गाह्रो काम भएको छ ।
जो सँग सम्बन्धित छन् । उनिहरुलाइं राम्ररी थाहाँ छ । हुन पनि यति महत्वपूर्ण मानव ज्यानसँग सम्बन्धित रगत हतपत्त उपलब्ध हुदैनन् । गाह्रो हुनुको मुख्य कारण चाहि रगत व्यवस्थापन गर्ने संघ सस्थाहरुको अभाब भन्दा पनि हामि नागरिकको आफैनै सचेतनाको अभाव हो ।
हामि सँग अझै पनि रगतको क्षेत्रमा काम गर्ने मात्र ब्लड बैंकलाई सम्झन्छौ र उसको घरमा दही जमाएर मोहि पारे जस्तै गरी रगत उत्पनदन गर्दछ । तर, यर्थात त्यस्तो छैन् । हामि आफै पनी अझै पनि स्वस्थ्य मानिसले हरेक ३ महिनामा दिन मिल्ने र मानिसमा खेर जाने रगत दिन हिचकिचाउछौ ।
तर, अहिले रगतको व्यवस्थापनको लागि एउटा आस लाग्दो सास्थालाई लिनु पर्दछ । जो युवाहरुको संस्था युथ फर ब्लड हो । थ्ँद्य ले धेरै मान्छेको जीवन बनाएको छ । साथै बचाउने पनि छ । यसको संस्थापक मित्र सरोज कार्कीका अनुसार विराटनगरमा मात्र दैनिक ४०–५० पिन्ट रगतको आवश्यकता पर्ने जानकारी दिए । थ्द्यँ को समायोजनमा १०–१५ प्रिन्ट उपलब्ध गराइन्छ । सोचौँ एउटा संस्थाले दिनमा १०–१५ जनाको ज्यान बचाउछ भने हामि सबैले ध्यान दिदाँ रगत अभाव धेरै नै न्यूनीकरण गर्न सकिन्छ । धेरैको ज्यान बचाउन सकिन्छ । थ्द्यँ कै साथिबाट सुनेको थिए, रगत आवश्यकता र रक्त दाता बिच धेरै नै ठुलो खाडल छ । हामी लागौ भने त्यो परिपूर्ती गर्न सक्छौ र प्रत्येक मानिसलाई आकल मृत्युबाट बचाउन सक्छौ । थ्द्यँ मात्र होइन म पनि कसैको लागि सहजकर्ता हु म पनि आफन्त या मेरो रगत दिएर कसैको जीवन बचाउन सक्छु भन्ने सोचौँ । आखिर स्वास्थ्य मान्छेको शरीर बाट खेर जाने रगतले अर्को मान्छेको जीवन बाचाउन सक्छ भने किन नगर्ने । हामीले धेरै उदाहरण भेटेको छौ । कसैलाई रगत चाहिदा पहिलो उत्तर हुने गरेको छ, थ्ँद्य लाई फोन गर या ब्लड बैंकमा गएर थर्कान दि हाल्छ नी, तर यो उत्तरको साटो पख है मेरो छ । या आफन्तको बाट मिलाई दिन्छु भन्ने आवाज सबैको होस । तर, यो वातावरण बनाउनकोलागि सम्बन्धित संघ संस्थाले जनचेतना फैलाउन जरुरी छ ।
तसर्थ अब हामि प्रकृस्तीत हौ । रगत दिन अरुको मूख ताकेर कोइ आफन्तको जीवन जोखिम पार्नु भन्दा आफ्नो या आफ्नो सरकलको साथिहरुको रक्तदान गराई ढुक हौ । हामि सबै सचेत हौ, रक्तदान गरौ जीवन बचाऔ ।