तेक्वान्दोको उपाधि एभरेष्टलाई

तेक्वान्दोको उपाधि एभरेष्टलाई

 

विराटनगर,२७ मंसिर । नेपाल तेक्वान्दो संघको आयोजनामा प्रथम अन्तर–स्कुल तथा १० औं कोशी अञ्चल तेक्वान्दो प्रतियोगिता शनिबार विराटनगरमा सम्पन्न भएको छ ।

स्थानिय कवर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट सेकेन्डरी बोडिङ स्कुल ५ स्वर्ण र ३ रजत पदक हात पार्दै प्रथम भएको छ भने विराटनगरकै पूर्वाञ्चल विद्या सदन ४ स्वर्ण र १ रजत हात पार्दै दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै बयरवनमा रहेको पिनाकल ज्ञान मन्दिर स्कुल ३ स्वर्ण हात पार्दै तेस्रो भएको छ ।

एभरेष्ट स्कुलका नेहाल विक्रम साह छात्र तर्फ उत्कृष्ट खेलाडी घोषित भए भने छात्रा तर्फ पिनाकलकी सन्जु नेपाली उत्कृष्ट घोषित भइन ।

प्रशिक्षण केन्द्र पुरुष तर्फ विराटनगरका सुरेश गुरागाई तथा महिला तर्फ धरानकी पुजन विष्ट उत्कृष्ट खेलाडी घोषित भए ।

शुक्रबारदेखी सूरु भएको प्रतियोगितामा मोरङका १० वटा निजी स्कुलबाट १ सय ३० खेलाडी र विराटनगर, धरान इटहरी, इनरुवा,पथरी र दुहवी गरी ६ वटा प्रशिक्षण केन्द्रबाट ३६ जना खेलाडीहरु सहभागी रहेको संयोजक नारायण बुढाथोकी बताए ।

बिजयी हुने खेलाडीहरुलाई प्रमुख अतिथि प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष टिकाराम पुरी, प्याब्सनका केन्द्रीय सदस्य राजेश दास, मोरङ अध्यक्ष टिकाराम ढकाल, सदस्य अर्जुन श्रेष्ठ, विद्यालय फुटबल संघ मोरङका अध्यक्ष सुनिल पौडेल, विद्यालय संगीत संघका अध्यक्ष विष्णुुुुुुुुुुुुु डंगोल, पूर्वाञ्चल विद्या सदनका निर्देशक भरत सापकोटा र तेक्वान्दोका वरिष्ठ खेल प्रशिक्षक टार्जन सुब्बालगायले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्