अन्तराष्ट्रिय खबर

क्यानाडामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि थप सतर्कता

एजेन्सी । हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन क्यानाडामा पनि भेटिएको जनाइएको छ ।आइतबार क्यानाडाको ओन्टोरियो प्रान्तमा दुई जनामा यो भाइरस भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीहरुले ओन्टोरियो प्रान्तका दुई जना नागरिकमा यो नयाँ भेरिए. . .


भारतमा एकै दिन आठ हजार ७७४ नयाँ कोरोना सङ्क्रमित

एजेन्सी ।भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप आठ हजार ७७४ जना सङ्क्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट ६२१ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएबाट हालसम्म कोरोनाबाट चार लाख ८ हजार ५५४ जनाको मृ�. . .


भारतको पश्चिम बंगालमा सडक दुर्घटनामा परी १८ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले आइतबार जनाएको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।. . .


बेलायतमा कोरोनाको भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि थप प्रतिबन्धको घोषणा

एजेन्सी । हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो । त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी गरिएको छ । बेलायत आउने हरेक यात�. . .


अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा

एजेन्सी । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नु भएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उहाँले स्पष्ट पार�. . .


चीनमा जन्मदर वृद्धि गर्न प्रसूति बिदा बढाइने

एजेन्सी । चीनका धेरै क्षेत्रहरूले कम्तीमा ३० दिनसम्म प्रसूति बिदा विस्तार गर्ने तयारी गरेका छन् । न्यून जन्मदरका कारण देशले जनसाङ्खिक सङ्कटको सामना गर्ने देखिएपछि चीनले बालबालिका पालनलाई प्रोत्साहन गर्ने नवीनतम प्रयास स्वरूप प्रसूति बिदा विस्तार गर्ने भएको छ । सरकारको यो निर्णयलाई सरकारी कार्य�. . .


रूसको कोइलाखानीमा आगलागी हुँदा ५२ जना श्रमिकको निसास्सिएर मृत्यु, तीन दिन शोक मनाइने

एजेन्सी । रूसको एक कोइला खानीमा आगलागी हुँदा ५२ श्रमिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो । घटनामा ४९ श्रमिक घाइते भएका छन् भने केही घाईतेको अवस्था गम्भीर रहेका. . .


सांघाईमा तीनवटा कोभिड केश भेटिएपछि उडानहरू रद्द गरियो, विद्यालयहरु बन्द

एजेन्सी ।चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण शंघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरियो । केही विद्यालयहरू बन्द गर्नुको साथै भ्रमण समूहहरू शुक्रबार रद्द गरिएको छ । बेइजिङले यात्रा प्रतिबन्धहरू र कडा रुपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोनाभाइरसको फ. . .


बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प

एजेन्सी । बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ । युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।. . .


भारतमा एक दिनमा दश हजार ५७९ नयाँ कोरोना सङ्क्रमित

एजेन्सी ।भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दश हजार ४८८ जना सङ्क्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख १० हजार १३३ रहेको छ । यो सङ्ख्या कुल सङ्क्रमित भएकामध्येको ०.३२ प्रतिशत मात्रै हो । स�. . .


बेलायतमा कोरोनाका कुल सङ्क्रमित सङ्ख्या करिब एक करोड

एजेन्सी । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड पुगेको छ । बुधबार एकै दिनमा ४३ हजार ६७६ जना सङ्क्रमित भएपछि कुल सङ्क्रमितको सङ्ख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीले जनाएअनुसार अहिले दैनिक कम्तीमा पनि ४० हजार जनामा यो भाइरसको सङ्क्रमण भेटिने गरेकोे छ �. . .


सोमालियाको कारबम विस्फोटमा परी पाँचको मृत्यु

एजेन्सी । सोमालियाको राजधानी मोगादिसुनजिकै बिहीबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य १५ जना घाइते भएका एक सुरक्षा स्रोतले जानकारी दिएको छ । पाँच जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका पुष्टि भएको सुरक्षा अधिकारी मोहम्मद अब्दिल्लाहीले. . .