मोरङ जिल्लामा एसएलसि परिक्षाको नतीजामा २२ प्रतीशतले ह्रास

मोरङ जिल्लामा एसएलसि परिक्षाको नतीजामा २२ प्रतीशतले ह्रास

सुरेश कार्की, विराटनगर ९ असार । मोरङ जिल्लामा यस वर्षको एसएलसि परिक्षाको नतीजामा २२  प्रतीशतले ह्रास आएको छ । भने सामुदाइक विद्यालयको नतीजा ५० प्रतीशत ले कमी आएको छ । जिल्ल शिक्षा कार्यलय मोरङले दिएको जनकारि अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष सामुदाइक तथा निजी दुवै तर्फका विद्यालयको नतीजा घटेको हो । यस वर्षको एसएलसि परिक्षामा जिल्लाभरिका २ सय ८६ विद्यालयका विद्यार्थीहरु ५४ परिक्षा केन्द्रवाट  १५ हजार ८ सय ६ जना परिक्षामा समामेल भएकोमा ७ हजार ५ सय ५१ जना उतीर्ण भएको जिल्ला शिक्षा कार्यलयले बताएको छ । जसमध्ये विषिष्ट श्रृणिमा ६ सय ३७, प्रथम श्रेणिमा ३ हजार २ सय ८०,द्धितीय श्रेणिमा ३ हजार ५९ र तृतीय श्रेणिमा ३ सय १४ जना उतीर्ण भएका छन । यस वर्ष सामुदाइक विद्यालयवाट ११ हजार ४ सय ४८ जना नियमीत परिक्षमा सामेल भएकोमा ३ हजार १ सय ९३ जना उतीर्ण भएका छन । जस्मा ६ जनाले विषिष्ठ श्रेणि ल्याएका छन भने ४ सय २७ जनाले प्रथम ,२ हजार ४ सय ५३ जनाले द्धितीय र ३ सय ८ जनाले तृतीय श्रेणि ल्याएका छन । त्यर्सगरि सस्थागत विद्यालय बाट ४ हजार ३ सय ५८ जना सहभागी भएकोमा  ४ हजार ९६ जना उतीर्ण भएकामा ६ सय ३१ जना विषिष्ठ,२ हजार ८ सय ५३ जना प्रथम ,६ सय ६ जना द्धितीय र ६ जनाले तृतीय श्रेणि मा उतीर्ण भएको जिल्लाशिक्षा कार्यलयमोरङका अधिकृत सालीकराम दाहालले वताउनुभएको छ । मोरङ जिल्लामा अघिल्लो वष सस्थागत विद्यालयवाट ९७ दसमलव ९८ प्रतीसत उतीर्ण भएका थिए भने सामुदाइक तर्फवाट ५६ दसमलव ६ प्रतीसत विद्यार्थी उतीर्ण भएका थिए , तर यस वर्ष अघिल्लो वर्षको तुलनामा उतीर्ण प्रतीसत घटेको छ । यस वर्ष सामुदाइक तर्फ २७ दसमलव ८९ प्रतीसत विद्यार्थी उतीर्ण भएका छन यो उतीर्ण प्रतीसत प्रइवेट समेत जोडेर आएको शिक्षा कार्यलयले जनाएको छ । सस्थागत तर्फ वाट ९३ दसमलव ११ प्रतीसत विद्यार्थी उतीर्ण भएका छन । जिल्लाशिक्षा कार्यलय का अनुसार  स्टार वोर्डीङमा रहेको पा्रइबेट परिक्षा केन्द्र वाट ७ दसमलव ०७ प्रतीसत विद्याथीृ उतीर्ण भएका छन जसमा २ जना प्रथम ,१९ जना द्धितीय र ८ जना तृतीइ श्रेणिमा पास भएका छन । प्रइवेट तर्फ एकै विद्यालउमा सेन्टर रहेको थियो जसमा ४ सय १० जना परिक्षार्थी सामेल भएका थिए । त्यर्सगरि समुदाइक ,सस्थागत र पंइवेट बाट गरि १२ सय ७३ जना एक्जाम्टेड तर्फ परिक्षामा सामेल भएकोमा ३ जना प्रथम ,१ सय २ जना द्धितीय ,र ४५ जना तृतीय श्रेणिमा उतीर्ण भएका छन , जस्को प्रतीसत ११ दसमलव ७८ रहेको छ  । सस्थागत विद्यालय तर्फ विकेभीएमका सौरभ दाहालले ९२ प्रतीसत ल्याएर जिल्ला प्रथम भएको प्ररम्भीक अनुमान गरिएको छ ,जिल्ल्ला शिक्षा कार्यलयले भने मालेजर नआइ को प्रथम भयो भन्न नसकिने बताएको छ यता सधै उत्कृष्ठ हुदै आएको सगरमाथा वोर्डिङ स्कुलमा दुइजना अनुतीण भएको बताइएको छ । सामुदाइक तर्फ महेन्द्र मावी इटहराले ९२ दसमलव २ प्रतीसत विद्यार्थी उतीर्ण गरेर जिल्लामा प्रथम भएको छ ,त्यस्तै सुकुना मावी को खुल्ला विद्यालयले ९१ दसमलव ८९ प्रतीसत ल्याएर द्धितीय र सुनवर्षि मावी ले ९१ दसमलव ६६ प्रतीसत ल्याएर तृतीय भएको कार्यलयले जनाएको छ । सस्थागत तर्फ भने थुप्रै विद्यालयले सतप्रतीसत नतीजा ल्याएका छन । यसवर्ष मोरङमा महेन्त्र रात्री मावी विराटनगर ,जनप्रीय मावी ववियाविर्ता।देवकोटा मावी मधुमल्ला,र भोगटेनी मावीले एक जना पनी उर्तीण गराउन नसकि नील भएका छन , त्यस्तै खुल्ला विद्यालय तर्फ आर्दश उच्च मावी विराटनगर,नरग्राम मावी टकीसिन्वारि,मचीन्द्र मावी केरावारि,सिवशक्त्ती मावी सोराभागपनि निल भएको अधिकृत दाहालले बताउनुभएको छ । यस वर्ष मोरङमा नतिजा कम आएपनि संचालकहरुले सकारात्मक रुपमा लिएका छन , एभरेष्ट वोर्डिङ विराटनगरका प्रीन्सिपल तथा प्याब्सनका केन्द्रिय उपाध्यक्ष टिकाराम पुरिले एसएलसिको परिक्षा प्रणाली सुधारोनमुख भएको बताउनुभएको छ उहाले सकारात्मक भएको टिप्पणि गर्नुभयो , पुरिले मोरङमा परिक्षा टाइट भएको र उत्तर पुश्तीका चाजमा पनि कडाएगरिएकोले उतीर्ण प्रतीसत घटेपनि सकारात्मक भएको बताउनुभयो । त्यस्तै  सत्यनारायण उच्चमावीका प्राचार्य तथा शिक्षक संगठन मोरङका अध्यक्षय धर्मानन्द खरेलले पनि परिक्षा प्रणलीर उतर पुस्तीका जाचमा सुधार भएकाले उतीण प्रतीशत घटेपनि परिक्षा प्रणालीमा आएको सुधार भएको र यसले शिक्षाको गुणस्तर बढाउने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्