पत्रकारहरुको तेस्रो चरणको आन्दोलन

पत्रकारहरुको तेस्रो चरणको आन्दोलन

बिराटनगर , असार १४ / बिराटनगरका पत्रकार खिलानाथ ढकाललाइ आक्रमण गर्नेका मुख्य योजनाकार भनिएका युथ फोर्स मोरङ प्रमुख पर्शुराम बस्नेतलाइ अहिले सम्म पनि पक्राउ नगरिएको भन्दै नेपाल पत्रकार महासंघ मोरङले आज प्रधानमन्त्री झलनाथ खनाललाइ लालटिन बुझाउँदैछन । मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारी मार्फत अभियुक्त बस्नेत पक्राउ गर्न सजिलो होस भन्दै प्रधानमन्त्री खनाललाइ लालटिन बुझाउन लागिएको महासंघ मोरङ अध्यक्ष बिक्रम निरौलाले जानकारी दिनुभयो । पत्रकारले यसअघि प्रजिअ अधिकारीलाइ अभियुक्त बस्नेतको फोटो सहित पावरवाला चस्मा बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्