नौ स्रष्टा सम्मानित

नौ स्रष्टा सम्मानित

विराटनगर,। नेपाली गजल साहित्यमा सक्रिय कलम चलाएबापत शनिबार विराटनगरमा नौ गजल–स्रष्टालाई सम्मान गरिएको छ ।

जुही साहित्यिक त्रैमासिक पत्रिका चन्द्रगढी झापा र मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान विराटनगरको संयुक्त आयोजनामा विराटनगरमा आयोजित कार्यक्रममा नौ स्रष्टालाई सम्मान ममएको हो ।

नेपाली गजल साहित्यमा विशेष योगदान पुर्याएबापत गजलकारहरु केशव आचार्य, वीरेश राई, प्रकाश आङ्दाम्बे, आरती पोखरेल, रोमा निरौला, विवश बलिभद्र कोइराला, दीपक सुवेदी, सुमित्रा वाङ्देल चेली, टीका आत्रेयलाई कार्यक्रममा ‘जुही गजल नवरत्न’ सम्मानबाट सम्मानित गरिएको थियो । सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ बुँद राना, वरिष्ठ कवि कृष्णभूषण बल, भाषाशास्त्री बालकृष्ण पोखरेल, प्राज्ञ अनिरुद्ध तिम्सिना, जुही पत्रिकाका सम्पादक चूडामणि रेग्मीलगायतले संयुक्त रुपमा सम्मान गरेका थिए ।

त्यस्तै जुही गजल शिरोमणि सम्मानबाट वरिष्ठ गजलकार बुँद रानालाई सम्मानित गरिएको थियो । कार्यक्रममा जुही गजलकार मधु पोखरेल विशेषाङ्कको समेत लोकार्पण गरिएको थियो । विशेषाङ्कमा गजलकार मधु पोखरेलका विषयमा विभिन्न स्रष्टाहरुले लेखेका रचना तथा लेखहरु समावेश गरिएको छ ।

कार्यक्रममा वरिष्ठ पत्रकार कोशराज रेग्मी, बुँद राना, प्रा.डा. टंक न्यौपाने, प्राज्ञ कृष्णभूषण बल, मधु पोखरेल, ज्योति जंगल, गण्डकीपुत्र, मिश्र वैजयन्ती, केदार आचार्यलगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्