आवर बिराटनगर डटकम को शुभारम्भ

<span class='c1'>आवर बिराटनगर डटकम</span> <span class='c2'>को शुभारम्भ</span>

विराटनगर १५ असार । विराटनगर क्षेत्र र विराटनगरलाइ विश्वभर छरिएर रहेका नेपालीहरुलाइ चिनाउने उद्देश्यले आवर विराटनगर डट कम नामक अनलाइन पत्रीकाको शुभारम्भ बुधवार गरिएको छ ।
पुनरावेदन अदालत विराटनगरका मुख्य न्याधिस गोपाल पराजुलीले उक्त्त अनलाइन पत्रीकाको शुभारम्भ गर्नुभएको हो ।  उदघाटनपछि शुभकामना दिदै मुख्य न्याधिस गोपाल पराजुलीले  राम्रो कम भएको र यसलाइ नीरन्तरता दिनुपर्ने बताउनुभएको छ । उहाले नेपाल ग्रामीया क्षेत्रले भरिएको तथा संघियतामा जान लागेको अवश्थामा न्याय क्षेत्र केन्द्रिकृत गरिदै लगेको बताउनुभयो । उहाले न्याय जनताको पहुचमा पुर्याउने प्रयास भइरहेको भएपनि काठमाण्डौ नै नेपाल हो भन्नेहरुले केन्द्रिकृत गर्न लागेको बताउनुभयो । विराटनगरबाट गएर मुलुक र मुलुक बाहिर बसेका कयौ दाजुभाइ दिदी बहिनीहरुलाइ पनि विराटनगर बारे कती कुराहरु हर बखत हर पल विराटनगर र विराटनगरको बारेमा थाहा पाउन चाहिरहेका हुन्छन त्यसका लागि उनिहरुले आफन्तको भर पर्नु पर्ने अबश्थाको अन्त्य गर्ने उद्देश्य अनलाइनको रहेको बताइएको छ । विराटनगरको बारेमा विश्वभर रहेका विराटनगरबासी तथा नेपालीहरु र विराटनगरको बारेमा जान्न चाहने सबैलाइ उपयोगी सावित हुन्छ भन्ने आशाले  इन्टरनेटको पहुच तीब्र गतीमा बढदै गएका बखत यो नै विराटनगरलाइ विश्वभरका नेपालीहरुमाझ चीनाउने भरपर्दो माध्यम बन्न विश्वास लिएका आवर विराटनगरका सम्पादक सुरेश कार्कीले बताउनुभएको छ  । यसले विराटनगरका हरेक गतीविधी सँगै शिक्षा, स्वास्थ्य, भाषा, साहित्य, इतीहास लगायतका विषयमा जानकारी गराउने कार्कीले बताउनुभयो। शुभारम्भ कार्यक्रममा बरिष्ठ पत्रकार यज्ञ शर्मा,कान्तिपुर दैनिकका पत्रकार भिम घिमीरे, क्रान्तीकारी पत्रकार सघका केन्द्रिय सदस्य विवेक गौतम, नेपाल पत्रकार महासघका मोरङका अध्यक्ष विक्रम निरौला बरिष्ठ अधिबक्त्ता राम प्रशा सिटौला लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्