स्वयम् सेविकाहरु आन्दोलित

स्वयम् सेविकाहरु आन्दोलित

विराटनगर असार १६ गते ।  विभिन्न १२ सुत्रिय माग राख्दै आन्दोलनमा उत्रिएका महिला स्वास्थ्य स्वयम् सेवीकाहरुले बिहीबार विराटनगरमा प्रदर्शन गरेका छन् । विराटनगर स्थित जनआन्दोलनचोकमा भेला भएका  जिल्ला भरीका स्वास्थ्य स्वयसेवी महिलाहरुले बजारका विभिन्न भागको परिक्रमा गरी, जिल्ला प्रशासन कार्यलय हुदै जिल्ला जनस्वास्थ्य कार्यलयमा पुगी कोणसभा गरेका छन । उनिहरुले अन्य आय आर्जन नगरी यसैमा लागेका लाई १०० दिनको रोजगारी बराबरको रकम दिनुपर्ने, कार्य थलोमा काम गर्दा दुर्घटना भएमा वा मृत्यु भएमा २ लाख उपलब्ध गराउनुपर्ने, बिमाको ब्यवस्था गरीनुपर्ने, काम गरेको अवधीदेखिको नियुक्ती पत्र दिनुपर्ने, स्वयमसेवीका सम्बन्धी निती बनाउँदा अनिवार्य सहभागिता गराउनुपर्ने, दँशै खर्च सात हजारका दरले दिनुपर्ने लगायतका मागहरु राखेर प्रदर्शन गरेका हुन् ।यसैगरी तालिमको ब्यवस्था गर्नुपर्ने, योजना तथा गोष्ठिहरुमा दिइदै आएको २ सय बाट बढाएर ६ सय पुर्याउनुपर्ने, सञ्चार खर्च उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर देशब्यापीहरुमा आन्दोलन गर्दै आएको मोरङ अध्यक्ष शुशीला आचार्यले बताउनुभयो । महिला स्वास्थ्य स्वयम् सेवीकाहरुले  गत जेठ १६ गतेदेखि देश ब्यापीहरुमा आन्दोलनमा उत्रिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्