विराटनगरमा मारुति भ्यानमा आगजनी

विराटनगरमा मारुति भ्यानमा आगजनी

विराटनगर / ३ असार । विराटनगरमा शुक्रबार दिउसो साढे बाह्र बजे अज्ञात समुहले विराटनगर १५ मा बा ५ च ७५६७ नम्बरको मारुति भ्यानमा आगजनी गरेको छ । मारुतिलाई विराटनगर नापतौल विभाग छेउमा पाँच जना युवाले रोकेर चालक लक्ष्मण शर्मालाई भ्यान भित्रै थनि पेट्रोल छर्केर आगो लगाएका थिए । आगो लगाउनेले प्रत्यक्षदर्सीलाई चुपलागेर बस्न धम्क्याएका थिए । भ्यानमा आगो लगाउने बित्तिकै आक्रमणकारी मोटरसाइकल चढि भागेको त्रसित प्रत्यक्षदर्शिहरु बताउछन् ।
उक्त मारुति विराटनगरका व्यवसायी के एल दुगडको रहेको छ । घटना पछि आफुहरु आक्रमणकारीको खोजीमा लागेको प्रहरीले बताएकोछ । आइतबार पनि विराटनगरमा युथफोर्स कार्यकर्ताहरुले स्कुल बस सहित दुई सवारीमा आगजनी गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्