भारत पढ्ने इच्छा

भारत पढ्ने इच्छा

विराटनगर/३ असार । यहि साता एसएलसी परिक्षाको परिणाम सार्वजनिक हुने खबर बाहिरीएपछि उच्च शिक्षाका लागि अन्यौलमा परेका विद्यार्थीहरुको लागि च्यानल एजुकेशन इन्स्टीच्युटले शुक्रबार विराटनगरमा एजुकेशन सेमीनार आयोजना गरेको छ । रत्ना होटलमा गरिएको उक्त सेमिनारमा विद्यार्थीहरुलाई भारतमा अध्ययनका लागि आवश्यक पर्ने जानकारीहरुका साथ साथै भारत तमिलनाडुको सारडा कलेजले आफ्नो कलेजका बारेमा विस्तृत जानकारी दिएको थियो । साइन्स तथा टेक्नोलोजी पढाइ हुने सारडा इन्स्टीच्युटले नेपालमा ६०प्रतिशत भन्दा बढि परिक्षाफल ल्याउने विद्यार्थीलाई विशेष छात्रवृतिको व्यवस्था गरेको बताएको छ । सेमिनारमा च्यानल एजुकेशनका एक्जुकेटिभ डाइरेक्टर वाङ्गडि ग्याल्पो , सारडा एजुकेसन फाउन्डेसनका के.एस नेवोगीले बोलेका थिए । उक्त सेमिनारमा विराटनगर तथा यसका आसपासका झण्डै एसएलसी र प्लस टुका ३सय पचास विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्